‘प्रत्यक्षतर्फको नतिजा साताभित्रै’

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर १४, २०७४
|
|
३४ पटक हेरिएको
Shares

सारांश

  • निर्वाचन आयोगले दुवै चरणमा हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको परिणाम एक साताभित्रै सार्वजनिक गर्ने जनाएको छ ।
  • आयोग प्रवक्ता नवराज ढकालले प्रत्यक्षतर्फको परिणाम साताभित्रै सार्वजनिक गर्न आवश्यक गृहकार्य थालिएको जानकारी दिए ।
  • ‘त्यसका लागि जनशक्तिको व्यवस्था गरिसकेका छौं’, ढकालले अन्नपूर्णसँग भने ।

निर्वाचन आयोगले दुवै चरणमा हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको परिणाम एक साताभित्रै सार्वजनिक गर्ने जनाएको छ ।
आयोग प्रवक्ता नवराज ढकालले प्रत्यक्षतर्फको परिणाम साताभित्रै सार्वजनिक गर्न आवश्यक गृहकार्य थालिएको जानकारी दिए । ‘त्यसका लागि जनशक्तिको व्यवस्था गरिसकेका छौं’, ढकालले अन्नपूर्णसँग भने । यसैगरी, प्रदेशसभाको प्रत्यक्षतर्फको परिणाम पनि साताभित्रै ल्याउने आयोगको तयारी छ ।

स्थानीय निर्वाचनमा मतपरिणाम आउन हप्तौं लाग्दा सर्वसाधारणदेखि लिएर दलका नेता-कार्यकर्तासमेत आयोगप्रति रुष्ट बनेका थिए । आयोगले स्थानीय निर्वाचनबाट पाठ सिकेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम जतिसक्दो चाँडै ल्याउने गरी गृहकार्य थालेको हो ।

आयोग प्रवक्ता ढकालका अनुसार २१ गते दोस्रो चरण निर्वाचन सकिएलगत्तै पाँच बजेबाटै पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाको मतगणना एकैपटक सुरु गरिनेछ । २१ गते मतदान भएर मतपेटिका विभिन्न स्थानबाट प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा आएलगत्तै दोस्रो चरणको गणना पनि थालिने उनले बताए । एकैपटक गणना थालेर साताभित्रै नतिजा सार्वजनिक गर्नेछौं,’ उनले भने ।

दोस्रो चरणमा निर्वाचन हुने अधिकांश जिल्ला सुगम रहेकाले मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा आइपुग्न धेरै समय नलाग्ने आयोगको विश्लेषण छ । आयोगद्वारा जारी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका २०७४ अनुसार मतगणना गर्ने स्थानको व्यवस्था, मतगणनाका लागि आवश्यक पर्ने जनशक्तिको व्यवस्था तथा मतगणनाको आवश्यक सुरक्षा गर्ने काम निर्वाचन अधिकृतले गर्नेछ । निर्वाचन अधिकृतले नै प्रमुख मतगणना अधिकारीको भूमिका निर्वाह गर्नेछन् र उनकै नेतृत्वमा अधिकृतस्तरको सहायक मतगणना अधिकारी, सुब्बास्तरको मतगणना सहायक, कम्प्युटर अप्रेटरसहित गणक तीन जना र सहायक गरी सात जना कर्मचारी मतगणनाका लागि परिचालित हुनेछन् ।

निर्वाचन अधिकृतले आवश्यकताअनुसार थप कर्मचारी माग गर्न सक्ने व्यवस्था छ । प्रत्येक मतगणना टोलीले गणना सुरु भएपछि प्रत्यक्षतर्फ प्रतिसिफ्ट कम्तीमा तीन हजार र समानुपातिकतर्फ १५ सय मतपत्र गणना गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार सकेसम्म प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको गणना सँगै गर्ने व्यवस्था मिलाइनेछ । त्यसपछि दुवैतर्फको समानुपातिकतर्फको गणना थालिने आयोग प्रवक्ता ढकालले बताए । ढकालले समानुपातिकतर्फ पनि दुईदेखि तीन सातासम्ममा पूरै नतिजा ल्याउने गरी जनशक्ति व्यवस्थापन गरिएको जानकारी दिए ।

(newsroompost.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डकै वरिपरि नेपाली राजनीति, प्रचण्डले बनाएका छैटौं प्रधानमन्त्री ओली
प्रचण्डकै वरिपरि नेपाली राजनीति, प्रचण्डले बनाएका छैटौं प्रधानमन्त्री ओली
टाटा ब्रान्डका गाडी खरिद गर्न महालक्ष्मी विकास बैंकबाट ९.९९ प्रतिशतमै कर्जा पाइने
टाटा ब्रान्डका गाडी खरिद गर्न महालक्ष्मी विकास बैंकबाट ९.९९ प्रतिशतमै कर्जा पाइने
‘काेटेश्वर-कलंकी सडक जाम हटाउन विदेशी पाहुनालार्इ सवार गराउनु पर्ने हाे ?- महेश बस्नेत
‘काेटेश्वर-कलंकी सडक जाम हटाउन विदेशी पाहुनालार्इ सवार गराउनु पर्ने हाे ?- महेश बस्नेत
ओरेन्टल सहकारीका सञ्चालक सुधीर बस्नेत पक्राउ
ओरेन्टल सहकारीका सञ्चालक सुधीर बस्नेत पक्राउ
सनम हत्या मुद्दाका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’को सुनसँगको सम्बन्ध पुरानै’
सनम हत्या मुद्दाका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’को सुनसँगको सम्बन्ध पुरानै’
भारत पहिरो अपडेटः १२३ जनाको मृत्यु, सय जनाभन्दा बढी फसेको आशंका
भारत पहिरो अपडेटः १२३ जनाको मृत्यु, सय जनाभन्दा बढी फसेको आशंका
Ideal Hookup Websites
जाँदाजाँदै निवर्तमान व्यवस्थापिका सांसद सदस्यहरुले गरे अर्बौ रुपैयाँ बाँडफाँड
जाँदाजाँदै निवर्तमान व्यवस्थापिका सांसद सदस्यहरुले गरे अर्बौ रुपैयाँ बाँडफाँड
चर्चित कलाकारले रबि लामिछानेको रिहाईको माग गर्दै भने ‘निष्पक्ष छानविन गरियोस्’
चर्चित कलाकारले रबि लामिछानेको रिहाईको माग गर्दै भने ‘निष्पक्ष छानविन गरियोस्’
यस्तो छ तक्मे बुढाको गोप्य कुरा जुन दर्शकलाई थाहा छैन् !
यस्तो छ तक्मे बुढाको गोप्य कुरा जुन दर्शकलाई थाहा छैन् !