प्रदेश नम्बर ३ को राजधानी हेटौंडा राख्ने प्रस्ताव पारित

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष २७, २०७६
|
|
५४ पटक हेरिएको
Shares
प्रदेश नम्बर ३ को राजधानी हेटौंडा राख्ने प्रस्ताव पारित

सारांश

  • काठमाडौं।
  • प्रदेश नम्बर ३ को राजधानी हेटौंडा हुने निश्चित भएको छ ।
  • आज बसेको प्रदेश सभा बैठकले राजधानी हेटौंडा बनाउने प्रस्ताव पारित गरेको हो ।

काठमाडौं। प्रदेश नम्बर ३ को राजधानी हेटौंडा हुने निश्चित भएको छ । आज बसेको प्रदेश सभा बैठकले राजधानी हेटौंडा बनाउने प्रस्ताव पारित गरेको हो ।

आजको बैठकमा राजधानी हेटौंडा बनाउने प्रस्तावको पक्षमा १०५ मत परेको थियो । प्रदेशको राजधानी काभ्रेपलाञ्चोकको धुलिखेल बनाउने पक्षमा मात्रै ३ मत परेको थियो । धुलिखेलका पक्षमा विवेकशील र साझाका ३ सांसद मात्र थिए ।

हेटौंडा बनाउने पक्षमा सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी कांग्रेससहित दुवै राप्रपाका सांसद थिए । आजको बैठकमा २ सांसद अनुपस्थित थिए । २ सांसद भएको नेमकिपाले राजधानीको विषयमा केही बोलेको थिएन । सम्भवतः आज अनुपस्थित सांसद नेमकिपाकै भएको अनुमान गरिएको छ । अब केहीबेरमा प्रदेशको नामको विषयमा मत विभाजन गर्न फेरि बैठक बस्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राेचक समाचार : साउदी राजकुमारले किम कार्दशियनलाई एक रातकालागि ७ करोडकाे गरेका थिए अफर
राेचक समाचार : साउदी राजकुमारले किम कार्दशियनलाई एक रातकालागि ७ करोडकाे गरेका थिए अफर
यौनिक अल्पसंख्यकलाई फरक ढंगले हेरिदैनः केन्द्रीय साईवर व्यूरो
यौनिक अल्पसंख्यकलाई फरक ढंगले हेरिदैनः केन्द्रीय साईवर व्यूरो
क्याम्पसलाई १६ लाख मूल्यको पुस्तक हस्तान्तरण
क्याम्पसलाई १६ लाख मूल्यको पुस्तक हस्तान्तरण
शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
नेपाली कांग्रेसको चियापान स्थगित्
सभामुख चयन निर्णायक मोडमा
सभामुख चयन निर्णायक मोडमा
किन भाँडियो राप्रपा एकता ?
किन भाँडियो राप्रपा एकता ?
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित
प्रहरी महानिरीक्षक सर्वेन्द्रले चितवनमा भने किराहरु अब अट्दैनन् !
प्रहरी महानिरीक्षक सर्वेन्द्रले चितवनमा भने किराहरु अब अट्दैनन् !
कम्बोडियाका प्रधानमन्त्रीद्वारा पाटन दरबारको अवलोकन, सम्पदा पुननिर्माणबारे चासो
कम्बोडियाका प्रधानमन्त्रीद्वारा पाटन दरबारको अवलोकन, सम्पदा पुननिर्माणबारे चासो

तपाईंले छुटाउनुभयो कि?