प्रधानन्यायाधीश जबराले प्रधानसेनापति थापालाई सर्वोच्चमा बोलाएर किन भेटे

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन १०, २०७७
|
|
५५ पटक हेरिएको
Shares
प्रधानन्यायाधीश जबराले प्रधानसेनापति थापालाई सर्वोच्चमा बोलाएर किन भेटे

सारांश

  • प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानसेनापति पूर्णचन्द्र थापालाई सर्वोच्च अदालतमा डाके ।
  • जबराले बोलाएपछि दिउँसो थापा सर्वोच्च अदालतमा पुगेर जबरालाई भेटे ।
  • दुवैबीच एक घन्टाभन्दा बढी समय भेट भयो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानसेनापति पूर्णचन्द्र थापालाई सर्वोच्च अदालतमा डाके । जबराले बोलाएपछि दिउँसो थापा सर्वोच्च अदालतमा पुगेर जबरालाई भेटे । दुवैबीच एक घन्टाभन्दा बढी समय भेट भयो ।

विश्वस्त स्रोतका अनुसार जबरा र थापाबीच देशको पछिल्लो घटनाक्रमबारे विशेष कुराकानी भयो । तर, भेटको मुख्य विषय भने सर्वोच्च अदालतको ५ अर्ब लागतको भवन निर्माणसम्बन्धी विषय थियो ।

नेपाली सेनाको क्याप्लरी रहेको सिंहदरबारस्थित खाली जग्गामा सर्वोच्चले भवन बनाउन लागेको छ । यसबारे कुरा मिलाउन प्रधानन्यायधीश जबराले प्रधानसेनापति थापालाई बोलाएका थिए ।सर्वोच्च अदालतको भवन निर्माणसम्बन्धी प्राविधिक प्रस्तावबाट समानान्तर जेभी छनोट भई आर्थिक प्रस्ताव पेश गर्न भनिएको छ । अब १६ फागुनमा समानान्तरलाई ठेक्का दिने गरी खोलिदैछ ।

यसैगरी, सेनाले फाष्ट ट्रयाकको दुईवटा प्याकेजको ठेक्काको प्राविधिक प्रस्तावबाट दुईवटा चिनियाँ कम्पनी छनोट गरेको छ । आर्थिक प्रस्तावका लागि आव्हान गरिसकिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रक्षामन्त्री ईश्वर पोखरेलद्वारा धन्वन्तरी पार्कको उद्घाटन
रक्षामन्त्री ईश्वर पोखरेलद्वारा धन्वन्तरी पार्कको उद्घाटन
यस्ता छन् कम्युनिष्ट आन्दोलनबारे केपी र प्रचण्डका संयुक्त विचार
यस्ता छन् कम्युनिष्ट आन्दोलनबारे केपी र प्रचण्डका संयुक्त विचार
मिटरब्याज पीडितका माग समेट्न सरकारद्वारा फेरि अर्को वार्ता समिति गठन
मिटरब्याज पीडितका माग समेट्न सरकारद्वारा फेरि अर्को वार्ता समिति गठन
सुन तस्करीको अनुसन्धानलाई निष्कर्षमा पु-याउन सकारात्मक वातावरण बनाऔँ : उपप्रधानमन्त्री श्रेष्ठ
सुन तस्करीको अनुसन्धानलाई निष्कर्षमा पु-याउन सकारात्मक वातावरण बनाऔँ : उपप्रधानमन्त्री श्रेष्ठ
डडेल्धुरामा बस दुर्घटना, ७ जनाको मृत्यु
डडेल्धुरामा बस दुर्घटना, ७ जनाको मृत्यु
अलपत्र कालीगण्डकी करिडोरको निर्माण तीव्र
अलपत्र कालीगण्डकी करिडोरको निर्माण तीव्र
मन्त्रीहरुले पनि पार्टीको निर्णय मान्न भनेपछि प्रधानमन्त्री ओली थप दबाबमा..
मन्त्रीहरुले पनि पार्टीको निर्णय मान्न भनेपछि प्रधानमन्त्री ओली थप दबाबमा..
प्युठानमा बस दुर्घटना ५ को ज्यान गयो, २१ घाइते
प्युठानमा बस दुर्घटना ५ को ज्यान गयो, २१ घाइते
६० प्रतिशत स्थानमा अत्यधिक बहुमतले जित्ने एमालेको दाबी !!!
६० प्रतिशत स्थानमा अत्यधिक बहुमतले जित्ने एमालेको दाबी !!!
कात्तिक १२ गते मंगलबारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?