प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण आज

Abhiyanpost Abhiyanpost
|
बुधबार, फाल्गुन २१, २०७६
|
|
३८ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण आज

सारांश

  • काठमाडौँ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण बुधबार बिहान गर्ने गरी सम्पूर्ण तयारी पूरा गरिएको छ।
  • प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका थिए।

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण बुधबार बिहान गर्ने गरी सम्पूर्ण तयारी पूरा गरिएको छ। प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका थिए।

शिक्षण अस्पतालका निर्देशक डा. प्रेम खड्गाले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको सम्पूर्ण तयारी पूरा गरिएको जानकारी दिए। युरोलोजिस्ट डा. उत्तम शर्मा, डा. प्रेम ज्ञवाली, डा. पवन चालिसे, मिर्गौला प्रत्यारोपणविद् तथा प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहलगायतको टोलीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्नेछ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा भारतको म्याक्स अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन डा. अनन्तकुमार पनि सहभागी हुनेछन्। भारतीय चिकित्सक डा. अनन्तकुमारले नेपाल मेडिकल काउन्सिलबाट मङ्गलबार एक साताका लागि विदेशी नागरिक चिकित्सक दर्ता स्वीकृति लिइसकेका छन्।

निर्देशक डा. खड्गाले प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुने जानकारी दिँदै समय भने सर्जनहरूको टोलीले निश्चित गर्ने बताए। मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधि चलाउन थालिसकेको बताउँदै उनले मिर्गौला प्रत्यारोपण गर्नुअघि गरिने नियमित डाइलासिस भइसकेको जानकारी दिए। डा. खड्गाका अनुसार प्रधानमन्त्री ओलीको क्रसम्याच, नियमित परीक्षण, विशेषज्ञहरूबाट हुने परीक्षण पनि भइसकेको छ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा सङ्ग्रौला पनि मङ्गलबार अस्पताल भर्ना भएकी छन्। उनको पनि स्वास्थ्य परीक्षण गरिएको डा. खड्गाले जानकारी दिए। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै उहाँले प्रत्यारोपण शल्यक्रिया सम्पन्न गर्न चार घण्टासम्म लाग्ने बताए।
अस्पतालको एनेक्स वार्डमा रहेको भीभीआइपी क्याबिनको ६०१ नम्बरमा प्रधानमन्त्री ओलीलाई राखिएको छ। निर्देशक डा. खड्गाले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि चिकित्सक, नर्स र स्वास्थ्यकर्मी गरी २० जना खटिने जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?