प्रधानमन्त्रीको शपथ सोमबार बिहान ११ बजे

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ ३०, २०८१
|
|
५० पटक हेरिएको
Shares
प्रधानमन्त्रीको शपथ सोमबार बिहान ११ बजे

सारांश

  • काठमाडौैं।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ सोमबार बिहान लिनुहुने भएको छ।
  • नव नियुक्त प्रधानमन्त्री ओलीले सोमबार बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिनु हुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

काठमाडौैं। प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ सोमबार बिहान लिनुहुने भएको छ। नव नियुक्त प्रधानमन्त्री ओलीले सोमबार बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिनु हुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथमा उपस्थित हुने सांसदलाई सोमबार बिहान साढे १० बजेभित्र शीतल निवास प्रवेश गरिसक्न अनुरोध गरेको छ।

राष्ट्रपति कार्यालयका सहसचिव शैलजा रेग्मी भट्टराईले असार ३१ गते बिहान ११ बजे हुने शपथ समारोहमा उपस्थित हुन सङ्घीय संसद्का सम्पूर्ण सदस्यलाई निमन्त्रणा गरेका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ प्रतिनिधि सभाका सदस्य ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त अघि नै राष्ट्रपति कार्यालयबाट सपथमा उपस्थित हुने सूचना प्राप्त भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?