प्रधानमन्त्रीसँग भुटानी शरणार्थीको अधिकार रक्षाका लागि आग्रह

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र १३, २०८०
|
|
४७ पटक हेरिएको
Shares
प्रधानमन्त्रीसँग भुटानी शरणार्थीको अधिकार रक्षाका लागि आग्रह

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भुटानबाट लखेटिएका नेपाली भाषी र पितृभूमि नेपालमा शरणार्थी बनाइएकाको समस्याको मानवीय समाधानका लागि आवश्यक पहल गरिदिन आग्रह गरिएको छ।
  • भुटानमा जन्मिएका नेपाली मूलका अमेरिकी युवा व्यवसायीको सम्मिलित संस्था इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले प्रधानमन्त्री दाहाललाई आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर भुटानी शरणार्थीको समस्याको समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो।

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भुटानबाट लखेटिएका नेपाली भाषी र पितृभूमि नेपालमा शरणार्थी बनाइएकाको समस्याको मानवीय समाधानका लागि आवश्यक पहल गरिदिन आग्रह गरिएको छ।

भुटानमा जन्मिएका नेपाली मूलका अमेरिकी युवा व्यवसायीको सम्मिलित संस्था इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले प्रधानमन्त्री दाहाललाई आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर भुटानी शरणार्थीको समस्याको समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो।

सो फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीको संयोजकत्वमा गएको समूहले भुटान फर्किन चाहने, नेपालमा बस्न चाहने वा तेस्रो देशमा पुनर्वासमा जान चाहने शरणार्थीको मानवअधिकारको रक्षा गरी उनीहरुको चाहनाबमोजिमको व्यवस्थापन गर्न नेपाल सरकारसँग अनुरोध गरेको हो।

सो ज्ञापनपत्रमा भनिएको छ, “भाषा रहे संस्कृति रहन्छ, संस्कृति रहे पहिचान रहन्छ र पहिचान रहे जातिको परिचय रहन्छ भन्ने मान्यता बोक्ने पितृभूमि नेपाल भएका र नेपालको सरकारसँग सम्झौता गरी भुटानमा गई बसोबास गर्दै आएका पितृभूमि नेपाल भएका नेपाली भाषी समुदायलाई नेपाली भाषा, संस्कार र संस्कृति अंगालेकै कारण भुटान सरकारले निर्मम दमन र सर्वस्वहरण गरी भुटानबाट लखेटेको र अझै नेपालमा आठ हजार शरणार्थी रोग र अभावबाट ग्रसित भई जेलसरहको कठोर जीवन बिताइरहेका छन्।”

अमानवीय तरिकाले ट्रकमा मेची नदीको पुलमा ल्याएर छोडिएका विस्थापित झण्डै ३४ वर्षदेखि शरणार्थीका रुपमा नेपाल सरकारलगायत कुनै पनि दातृ निकायको उचित र आवश्यक सहयोगबिना नै जीवन मरणको दोसाँधमा रहेकाले उनीहरुको उचित व्यवस्थापनको माग सो ज्ञापनपत्रमा गरिएको छ।

यसरी लाखौं शरणार्थीमध्ये अधिकांश तेस्रो देशमा पुनर्वास भएका र प्राविधिक कारणले यसरी जान नसकेका र नचाहेका एवं जबर्जस्ती आफ्नै पितृथलोमा अनागरिक बन्न बाध्य बनाइएकाको समस्या झन बढ्दै गएकाले उनीहरुको यो अवस्थाप्रति छिट्टै ध्यान दिन सो ज्ञापनपत्रमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराइएको हो।

तेस्रो मुलुकमा पुनःस्थापनामा जाने प्रक्रियामा रहेका र केही भुटान नै फर्किन वा नेपालमा नै बसोबास गर्न चाहेका शरणार्थीको समस्या समाधानका लागि नेपाल सरकारले कार्यदल बनाएकामा सो कार्यदलको प्रतिवेदनका आधारमा समस्या समाधान गर्ने कुरामा नेपाल सरकारले ध्यान दिनुपर्ने सो ज्ञापनपत्रमा जनाइएको छ।

वास्तविक नेपाली भाषी भुटानी शरणार्थीको यो अवस्था रहेको तर नक्कली भुटानी खडा गरी पहुँचको आधारमा वास्तविक शरणार्थीलाई ओझेलमा पार्ने गरी प्रयास भएको भन्दै सो ज्ञापनपत्रमा समस्या समाधानका लागि आग्रह गरिएको छ।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले उक्त फाउन्डेसनले संसारभरका नेपालीलाई सांस्कृतिक एकताको सूत्रमा जोड्न गरेको योगदानको प्रशंसा गरेका थिए।

सो फाउन्डेसनको आयोजनामा हालै नेपालमा सर्वाधिक पुरस्कार राशिका ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिता सम्पन्न भएका छन्। त्यस अवसरमा प्रधानमन्त्रीसँग फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीसहितको समूहले संसारभर रहेका नेपाली भाषी नागरिकलाई नेपाली राष्ट्रिय परिचयपत्र प्रदान गर्न आग्रह गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनप्रतिनिधिका एक वर्ष: देखाएर भन्न सक्ने कुनै उपलब्धि छैन !
जनप्रतिनिधिका एक वर्ष: देखाएर भन्न सक्ने कुनै उपलब्धि छैन !
भारतमा भएको सडक दुर्घटना बारे खुलासा…
भारतमा भएको सडक दुर्घटना बारे खुलासा…
प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै
प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै
योग्यता र पारदर्शिताको नयाँ मानक: सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा स्थापित प्राज्ञिक नेतृत्व चयन
योग्यता र पारदर्शिताको नयाँ मानक: सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा स्थापित प्राज्ञिक नेतृत्व चयन
कोरोना प्रकोपः ४० हजार नेपालीको भिषा प्रभावित हुने
कोरोना प्रकोपः ४० हजार नेपालीको भिषा प्रभावित हुने
पाकिस्तानमा भएको बम विस्फोटमा पाँचको मृत्यु, २५ घाइते
पाकिस्तानमा भएको बम विस्फोटमा पाँचको मृत्यु, २५ घाइते
आलिया भट्टले यो फोटो शेयर गर्दा फेरी बिरोध सुरु
आलिया भट्टले यो फोटो शेयर गर्दा फेरी बिरोध सुरु
अवैध सम्पत्ति आर्जन गरेको आरोपमा कोलम्बियाली राष्ट्रपतिका छोरा पक्राउ
अवैध सम्पत्ति आर्जन गरेको आरोपमा कोलम्बियाली राष्ट्रपतिका छोरा पक्राउ
साना तथा मझौला कम्पनीको शेयर निष्काशन नियमावली मस्यौदा तयार
साना तथा मझौला कम्पनीको शेयर निष्काशन नियमावली मस्यौदा तयार
प्रधानमन्त्री को चीन भ्रमणबारे (कसले के भने)

तपाईंले छुटाउनुभयो कि?