प्रधानमन्त्री ओलीको उपचार सुरु, ‘प्लाज्मा फेरेसिस’ गर्नुपर्ने
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
काठमाडौं। उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया गत शुक्रबारबाट सुरु भएको छ। मिर्गौलामा समस्या आएपछि उपचार गर्न गएका प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ।प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलामा बढेको एन्टीबडी झार्न प्लाज्मा फेरेसिस गर्न लागिएको हो। उनलाई दिन बिराएर सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ।
प्रधानमन्त्री ओलीलाई शुक्रबारबाट प्लाज्मा फेरेसिस सुरु गरिएको हो। उनको पहिलोपटक प्लाज्मा फेरेसिस शुक्रबार गरिएको प्रधामन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालले ट्वीटरबाट जानकारी दिएका छन्। प्रधानमन्त्री ओलीको उपचार सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा उपचार सुरु भएको छ।
रिमालले ट्वीटरमा लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको उपचारको क्रममा प्लाज़्मा फेरेसिस प्रकृया गत शुक्रबारबाट सिंगापुरमा शुरू गरिएको छ। निजी चिकित्सक प्रोफ़ेसर डा दिव्यासिंह शाहका अनुसार यो उपचार प्रकृया अरू केही पटक गरिनेछ। उहॉको स्वास्थ्य स्थिति अहिले सामान्य अवस्थामा छ।’प्लाज्मा फेरेसिस थप केही दिन गर्नुपर्ने भएकाले प्रधानमन्त्रीको सिंगापुर बसाई लम्बिनसक्ने बताइएको छ।
प्रतिक्रिया