प्रधानमन्त्री ओलीको एउटा निर्णयले जोगियो सरकार

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण ८, २०७७
|
|
५७ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको एउटा निर्णयले जोगियो सरकार

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै पार्टीभित्रैबाट आलोचना हुँदै आएको थियो ।
  • पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालल सहितका नेताहरुले सरकारले विकल्प खोज्न पर्ने निष्कर्ष समेत निकालिसकेका थिए ।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै पार्टीभित्रैबाट आलोचना हुँदै आएको थियो । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालल सहितका नेताहरुले सरकारले विकल्प खोज्न पर्ने निष्कर्ष समेत निकालिसकेका थिए ।
पार्टीको सचिवालय र स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको कार्यशैलीको चर्को आलोचना हुँदै आएको थियो । ओलीले पार्टीसँग समन्वय नगरी एकलौटी ढंगले सरकार सञ्चालन गरेको, राजनीतिक नियुक्तिहरुमा पनि कुनै परामर्श नगरेको भन्दै प्रचण्ड नेपाल रुष्ट रहदै आएका थिए । ओलीका विश्वास पात्र मानिएका तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटा सेक्युरिटी प्रेस खरिद प्रकरणमा विवादमा मुछिएपनि अन्ततः राजिनामा दिनु पर्यो ।
ओली नेतृत्वको सरकारमाथि यो निकै ठूलो प्रश्न थियो । पार्टीभित्रैबाट बाँस्कोटमाथि छानबिन गर्नुपर्ने दबाब बढेपनि उनीमाथि ओलीले कुनै छानबिनको प्रक्रिया अगाडि नबढाई सामसुम बनाइ दिए । त्यसपछि सरकारले ल्याएको दल विभाजन सम्बन्धि अध्यादेशको कारण भने प्रधानमन्त्री ओली रक्षात्मक अवस्थामा पुगे । अन्ततः अध्यादेश फिर्ता लिन ओली राजी भएका थिए ।
जसको कारण प्रचण्ड नेपाल पक्षको पार्टीमा बलियो देखिए । सरकार सञ्चालन भएपछि निर्णय फिर्ता लिएको अध्यादेश प्रकरण पहिलो घटना थियो । पार्टीभित्रबाटै राजिनामा दिनुपर्ने दबाब प्रचण्ड नेपालले बढाउदै लगेपछि अन्ततः ओली आफ्नो सरकारलाई जति नै विस्थापित गर्ने नीतिलाई विफल बनाउने राष्ट्रियताको मुद्दालाई अगाडि सारे ।
बर्षौदेखि भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरेर नयाँ नक्सा जारी गर्ने विषय सरकारको नीति तथा कार्यक्रम घोषणामै समावेश गराए । लगत्तै नेपाली भूमि समावेश भएको नयाँ नक्सा सरकारले जारी गर्यो । जसको कारण ओलीको राष्ट्रियतामाथि चौथर्फी प्रशंसा भयो । जनस्तरमा प्रधानमन्त्री ओलीले स्यावसी पाए ।
पार्टीभित्रबाट ओलीको राजिनामाको विषय विषयान्तर हुन पुग्यो । नयाँ नक्सा जारी गरेपछि भारतले आफ्नो नेतृत्वको सरकारलाई हटाउन लागेको भन्ने अभिव्यक्ति दिएपछि विवादमा तानिएका ओलीको पार्टीभित्रबाटै आकास्मिक रुपमा राजिनामा मागिएको थियो ।
तर जनस्तरमा पनि ओली नेतृत्वको विस्थापित गर्न नहुने जनमत देखिएपछि अन्ततः प्रचण्ड र नेपाल राजिनामा दिनुपर्ने अडानबाट पछि हटदै मध्यमार्गी बाटो खोज्दै जारी समाधान गर्नतर्फ अग्रसर भएका छन् । [image: thumb.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शालिकराम पुडासैनी प्रकरणमा रबि लामिछानेलाई ५ दिन थुनामा राख्न म्याद थप
शालिकराम पुडासैनी प्रकरणमा रबि लामिछानेलाई ५ दिन थुनामा राख्न म्याद थप
नेपाल र यूएई भिड्दै : ब्याटिङ सुधारको अपेक्षा
नेपाल र यूएई भिड्दै : ब्याटिङ सुधारको अपेक्षा
हतियार संकलन गर्ने अनौठो शौख, कुनै देशको भन्दा बढि हतियार एउटा घरमै
हतियार संकलन गर्ने अनौठो शौख, कुनै देशको भन्दा बढि हतियार एउटा घरमै
अर्थ समितिको निर्देशनपछि ब्रोकर लाइसेन्स प्रक्रिया फेरि रोकियो
अर्थ समितिको निर्देशनपछि ब्रोकर लाइसेन्स प्रक्रिया फेरि रोकियो
वैदेशिक रोजगारीमा जानेको घट्यो मृत्युदर
वैदेशिक रोजगारीमा जानेको घट्यो मृत्युदर
चमेलिया हाइड्रोपावरकाे विद्युत प्रसारण सुरु
चमेलिया हाइड्रोपावरकाे विद्युत प्रसारण सुरु
विद्युतीय रेलदेखि पानीजहाज चलाउनेसम्मका भारतसँग सम्झौता
कालीमाटी तरकारी बजारमा विचौलियाको दादागिरी : अनुगमन टोलीलाई चार घण्टा थुने , तनाव बढेपछि आपुर्ती मन्त्री कालीमाटी पुगे
कालीमाटी तरकारी बजारमा विचौलियाको दादागिरी : अनुगमन टोलीलाई चार घण्टा थुने , तनाव बढेपछि आपुर्ती मन्त्री कालीमाटी पुगे
बाबुको काजकिरिया गर्दै छोरी
बाबुको काजकिरिया गर्दै छोरी
आज १ सय १४ कोरोना संक्रमित थपिए
आज १ सय १४ कोरोना संक्रमित थपिए

तपाईंले छुटाउनुभयो कि?