प्रधानमन्त्री ओलीद्वारा बाजपेयीको योगदानको स्मरण गर्दै समवेदना व्यक्त

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १, २०७५
|
|
३९ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीद्वारा बाजपेयीको योगदानको स्मरण गर्दै समवेदना व्यक्त

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौँ १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको असामयिक निधनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

नेपाल सरकार र नेपालीको तर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक शोक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले समवेदना दिनुभएको हो ।

स्वर्गीय बाजपेयी निष्ठावान, दूरदृष्टियुक्त देशप्रति समर्पित राजनेता भएको शोक सन्देशमा उल्लेख छ । सन्देशमा प्रधानमन्त्री ओलीले स्वर्गीय बाजपेयीले भारतका जनताको निःस्वार्थ भावले गर्नुभएको उदाहरणीय सेवा र दूरदर्शिताको सधै स्मरण भइरहने उल्लेख गर्नुभएको छ ।

‘पूर्व प्रधानमन्त्री बाजपेयीको निधनले भारत र विश्वले नै एक उच्च राजनीतिक व्यक्तित्वलाई गुमाएको उल्लेख गर्दै प्रधानमन्त्रीले शोक सन्देशमा उहाँ नेपालको शुभचिन्तक र वास्तविक मित्र हुनुहुन्थ्यो’ सन्देशमा छ ।

प्रधानमन्त्री ओलीले नेपाल–भारत सम्बन्धलाई सुदृढ तुल्याउन स्वर्गीय बाजपेयीले गर्नुभएको योगदानको स्मरण पनि गर्नुभएको छ । स्वर्गीय बाजपेयीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकाकूल परिवारजनमा सहनुभूति एवं समवेदना प्रकट गर्नुभएको छ ।

असिम शोकको यो घडीमा भारत सरकार र त्यहाँका जनताका साथमा नेपाल सरकार रहेको प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षीलाई पठाउनु भएको सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?