प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा को हुन्

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन १९, २०७६
|
|
४३ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा को हुन्

सारांश

  • काठमाडौं, १९ फागुन ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको यही बुधबार महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण हुँदैछ ।
  • दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री ओलीलाई यसपटक कसले मिर्गौला दिँदैछन् त ?

काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको यही बुधबार महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण हुँदैछ । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री ओलीलाई यसपटक कसले मिर्गौला दिँदैछन् त ? चासोको विषय बनेको छ ।

यसपटक प्रधानमन्त्री ओलीले झापाकी समीक्षा संग्रौलाले मिर्गौला दिँदैछिन्। आइतबार मात्र प्रधानमन्त्रीले सचिवालयका सदस्यहरूलाई मिर्गौला दाताका रूपमा समीक्षालाई चिनाएका थिए । तर, उनको नाम खुलाइएको थिएन । ३२ वर्षीया समीक्षा झापा, चारआलीकी हुन् । स्रोतका अनुसार समीक्षा प्रधानमन्त्री ओलीलाई पहिलोपटक मिर्गाैला दान दिने अञ्जान घिमिरेकी भान्जी हुन् । उनी प्रधानमन्त्री ओलीको पनि ‘भान्जी’ नाता पर्छिन् ।

केही समययता उनी प्रधानमन्त्री निवास बालुवाटारमा बाक्लै आउजाउ गरिरहेकी थिइन् । आइतबारको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई मिर्गौला दान दिने महिलाबारे जानकारी गराएका थिए । शिक्षण अस्पतालले आइतबार नै ओलीलाई मिर्गौला दिने महिलाको फाइल रेकर्डमा नाम दर्ता गरिएको छ । जसमा ‘श्रीमती समीक्षा संग्रौला ज्ञवाली (भान्जी), श्री केपी शर्मा ओली (मामा) लेखिएको छ । उक्त रेकर्ड फाइलमा समीक्षाका साथै उनका पतिको नाम र फोन नम्बर समेत लेखिएको छ । समीक्षाका दुई सन्तान रहेको स्रातको भनाइ छ । केही दिनअघि मात्र समीक्षााके पनि स्वास्थ्य जाँच गरिएको बताइएको छ ।

ओलीले यसअघि पनि महिलाकै मृगौला प्रत्यारोपण गरेका थिए । पहिलोपटक बुहारी नाता पर्ने अन्जना घिमिरेको मृगौला प्रत्यारोपण गरेका थिए ।

अन्जनाको मृगौलाले ओली झण्डै १४ वर्ष सक्रिय जीवन बिताउन सके । तर, पछिल्लो समय प्रत्यारोपण गरिएको मृगौलामा समस्या आएपछि उनी डायलासिस गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘उच्च जातका गरीब’का लागि कोटा निर्धारण गर्ने योजना सार्वजनिक !
भिनुमाले जितिन् छैंटौँ ‘मिस लिम्बू’को उपाधि
भिनुमाले जितिन् छैंटौँ ‘मिस लिम्बू’को उपाधि
मलेसियामा दिलबहादुर बचाउ आर्थिक संकलन अभियानको समापन, जम्मा साढे ६ लाख सहयोग
मलेसियामा दिलबहादुर बचाउ आर्थिक संकलन अभियानको समापन, जम्मा साढे ६ लाख सहयोग
कञ्चनपुर गोलिकाण्डः हिन्दी सिनेमा चल्न नदिने माओवादीको चेतावनी
कञ्चनपुर गोलिकाण्डः हिन्दी सिनेमा चल्न नदिने माओवादीको चेतावनी
अप्रिलियाको नयाँ ‘एसआर १७५’ स्कुटर नेपाली बजारमा सार्वजनिक, मूल्य ४ लाख ५६ हजार ५००
अप्रिलियाको नयाँ ‘एसआर १७५’ स्कुटर नेपाली बजारमा सार्वजनिक, मूल्य ४ लाख ५६ हजार ५००
क्यान इन्फोटेक ११ माघदेखि हुँदै
क्यान इन्फोटेक ११ माघदेखि हुँदै
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
छोरा मलेसियाको जेलमा : नेपाल ल्याइदिन आमा र परिवारको आग्रह
छोरा मलेसियाको जेलमा : नेपाल ल्याइदिन आमा र परिवारको आग्रह
ज्येष्ठ नागरिक हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज : राष्ट्रपति
पत्रपत्रीका : पूर्वउपप्रधानमन्त्री अधिकारीको स्वास्थ्यमा थप समस्या, सिसियूमा उपचार
पत्रपत्रीका : पूर्वउपप्रधानमन्त्री अधिकारीको स्वास्थ्यमा थप समस्या, सिसियूमा उपचार

तपाईंले छुटाउनुभयो कि?