प्रधानमन्त्री ओली र चिनियाँ उच्च नेतृत्वबीच आज भेटवार्ता

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर १८, २०८१
|
|
४६ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली र चिनियाँ उच्च नेतृत्वबीच आज भेटवार्ता

सारांश

  • काठमाडौं।
  • चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ।
  • ‘ग्रेट हल अफ पिपल’ मा हुने भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम रहेको छ।

काठमाडौं। चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ। ‘ग्रेट हल अफ पिपल’ मा हुने भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम रहेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र प्रधानमन्त्री ली छ्याङ तथा चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। साथै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आजै शिष्टाचार भेटवार्ता गर्नेछन्।

चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ सहित प्रधानमन्त्री ओलीलाई चिनियाँ नेतृत्वले ग्रेट हल अफ द पिपुलमा स्वागत गर्नेछ। परराष्ट्र मन्त्रालयका प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लीबिच आज नै द्विपक्षीय वार्ता हुनेछ। त्यसपछि दुई देशबीच सहयोग आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ।

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी चीन भ्रमणमा गएका हुन्। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नेछन्।

त्यस्तै उनले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने नेपाल-चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

सबै कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मंसिर २० गते स्वदेश फर्कनेछ। चार दिवसीय चीन भ्रमणका क्रममा सोमबार उनी बेइजिङ पुगेका हुन्। उनलाई बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले स्वागत गरेका थिए।

प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य रहेकी छन्। प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका उच्च सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीलगायत छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लामो समयपछि दीपा नारायण झाले गाईन नेपाली गीत- देखु देखु लाग्छ
लामो समयपछि दीपा नारायण झाले गाईन नेपाली गीत- देखु देखु लाग्छ
अन्तर्राष्ट्रिय विमानस्थलको उप्किँदा २० मिनेट सेवा राेकियाे !
अन्तर्राष्ट्रिय विमानस्थलको उप्किँदा २० मिनेट सेवा राेकियाे !
महामन्त्री ढकालबारे उपसभापति अर्यालः पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ
महामन्त्री ढकालबारे उपसभापति अर्यालः पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ
पर्यटक लोभ्याउने रामपुरको वशिष्ठ गुफा
पर्यटक लोभ्याउने रामपुरको वशिष्ठ गुफा
कारागारको क्षमताभन्दा दोब्बर कैदीबन्दी
कारागारको क्षमताभन्दा दोब्बर कैदीबन्दी
सार्वजनिक महत्वका विषयमा बोल्दै प्रधानमन्त्री (LIVE)
सार्वजनिक महत्वका विषयमा बोल्दै प्रधानमन्त्री (LIVE)
भदौ ७ गतेदेखि राष्ट्रिय सम्मेलन गर्ने क्रान्तिकारीको निर्णय
भदौ ७ गतेदेखि राष्ट्रिय सम्मेलन गर्ने क्रान्तिकारीको निर्णय
पाकिस्तानमा सवारी दुर्घटनामा हुँदा अठारको मृत्यु
पाकिस्तानमा सवारी दुर्घटनामा हुँदा अठारको मृत्यु
यौन सम्पर्क अघि महिलाले पार्टनरबाट कस्तो अपेक्षा राख्छन् ?
यौन सम्पर्क अघि महिलाले पार्टनरबाट कस्तो अपेक्षा राख्छन् ?
आरजुलाई सांसद बनाउने देउवाको सपना चकनाचुर, अब के गर्लान् ?
आरजुलाई सांसद बनाउने देउवाको सपना चकनाचुर, अब के गर्लान् ?

तपाईंले छुटाउनुभयो कि?