प्रधानमन्त्री कप क्रिकेट : एपिएफको तेस्रो जित

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष ८, २०८०
|
|
५६ पटक हेरिएको
Shares
प्रधानमन्त्री कप क्रिकेट : एपिएफको तेस्रो जित

सारांश

  • काठमाडौँ ।
  • सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टि–ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको छ ।
  • नेपाली महिला क्रिकेट टोलीकी कप्तानसमेत रहेकी इन्दु वर्माको उत्कृष्ट प्रदर्शनमा एपिएफले लुम्बिनी प्रदेशलाई ९० रनले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको हो ।

काठमाडौँ । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टि–ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको छ । नेपाली महिला क्रिकेट टोलीकी कप्तानसमेत रहेकी इन्दु वर्माको उत्कृष्ट प्रदर्शनमा एपिएफले लुम्बिनी प्रदेशलाई ९० रनले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको हो ।

एपिएफले यसअघि मधेस प्रदेशलाई १० विकेटले हराएको थियो भने सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको थियो । एपिएफ ३ खेलमा ६ अङ्क जोड्दै अङ्क तालिकाको शीर्षस्थानमा छ । कोशी प्रदेशको समान ६ अङ्क भए पनि नेटरनरेटका आधारमा दोस्रो स्थानमा छ ।

जितका लागि १ सय ५२ रनको विशाल विजयी लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाउँदै ६१ रनको योगफल बनायो । लुम्बिनीको लागि लक्ष्मी चौधरीले सर्वाधिक २८ रन बनाइन् । उनले ४९ बलमा २ चौकासहित २८ रन बनाइन् । त्यसबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

एपिएफकी इन्दु वर्माले ३ विकेट लिइन् । त्यस्तै विनु बुढाले २ विकेट लिइन् भने रेखा रावल, करुणा भण्डारी र सीता रानामगरले समान १÷१ विकेट लिए । त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५१ रनको योगफल बनाएको थियो । एपिएफको जितमा इन्दु वर्माले सर्वाधिक ७० रनको योगदान दिइन् । उनले ५१ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७० रनको योगदान दिएकी हुन् । त्यस्तै ममता चौधरीले ५८ बलमा ५ चौकासहित ५९ रन बनाइन् ।

त्यसैगरी कप्तान सीता रानामगरले ९, रोमा थापाले ३ तथा राजमति ऐरीले २ रन बनाइन् । लुम्बिनीका लागि सरस्वती पुन र शर्मिला रोकाले समान एक÷एक विकेट लिइए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शनिबारदेखि मङ्गलबार सम्म नेपालगञ्ज सिल
शनिबारदेखि मङ्गलबार सम्म नेपालगञ्ज सिल
आज पनि नेप्सेमा पहिरो, २ अर्बमा कारोबार सिमित
आज पनि नेप्सेमा पहिरो, २ अर्बमा कारोबार सिमित
अमेरिकी तल्लो सदनको सभामुखमा न्यान्सी पेलोसी नियुक्त
अमेरिकी तल्लो सदनको सभामुखमा न्यान्सी पेलोसी नियुक्त
प्रतिक्षाको घडी  समाप्त, ऐतिहासिक एकदिवसिय खेल आज
प्रतिक्षाको घडी समाप्त, ऐतिहासिक एकदिवसिय खेल आज
सांसद श्रेष्ठलाई स्वतन्त्र पार्टीले सोध्यो स्पष्टीकरण
सांसद श्रेष्ठलाई स्वतन्त्र पार्टीले सोध्यो स्पष्टीकरण
पकरी–भारदह सडकखण्ड मर्मत नहुँदा आवतजावतमा समस्या
पकरी–भारदह सडकखण्ड मर्मत नहुँदा आवतजावतमा समस्या
राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड
राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड
काठमाडौँमा थपिए २६७२ जना कोरोना संक्रमित
काठमाडौँमा थपिए २६७२ जना कोरोना संक्रमित
३० वर्ष अगाडि ‘निधन’ भएकी छोरी अचानक अगाडि आएपछि….
३० वर्ष अगाडि ‘निधन’ भएकी छोरी अचानक अगाडि आएपछि….
सुरुङमार्गका लागि तयार भइसकेको डेढ करोडको डीपीआर थन्क्याएर नयाँ प्रक्रिया थालियो
सुरुङमार्गका लागि तयार भइसकेको डेढ करोडको डीपीआर थन्क्याएर नयाँ प्रक्रिया थालियो

तपाईंले छुटाउनुभयो कि?