प्रधानमन्त्री दाहाल ल्हासा जाँदै

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन १०, २०८०
|
|
६४ पटक हेरिएको
Shares
प्रधानमन्त्री दाहाल ल्हासा जाँदै

सारांश

  • छिङछोङ (चीन)।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान गर्दै छन्।
  • गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल आज बिहान चीनको छिङछोङ सहरबाट ल्हासाका लागि त्यसतर्फ प्रस्थान गर्दै छन्।

छिङछोङ (चीन)। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान गर्दै छन्।

गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल आज बिहान चीनको छिङछोङ सहरबाट ल्हासाका लागि त्यसतर्फ प्रस्थान गर्दै छन्। स्थानीय समयअनुसार आज दिउँसो १२ः०५ मा ल्हासाको गोन्गार विमानस्थल पुग्ने कार्यक्रम छ।

प्रधानमन्त्री दाहाल ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आज दिउँसो आयोजना हुने अन्तक्र्रिया कार्यक्रममा सहभागी हुनेछन्। प्रधानमन्त्री दाहालले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

उनले आजै यहाँको चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। प्रधानमन्त्री दाहाल आज ल्हासामा नै बस्ने कार्यक्रम छ। उनका साथमा उनको भ्रमण दलका सदस्यहरू परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वालासहित भ्रमण दलका सदस्यहरू छन्।

यसअघि प्रधानमन्त्री दाहाल हिजो बेइजिङबाट छिङछोङ सहर आइपुगेका थिए। यहाँ उनले चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ताका साथै कृषिका क्षेत्रमा यस छिङछोङ महानगरले गरेका कार्यहरुको जानकारी लिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीपेच प्रदर्शनी २९ गते बाट सुरु,पहिलो अवलोकन प्रधानमन्त्रीबाट
श्रीपेच प्रदर्शनी २९ गते बाट सुरु,पहिलो अवलोकन प्रधानमन्त्रीबाट
वाइसीएलको एक महिने खबरदारी अभियानः जनप्रतिनिधिलाई झकझकाउने, जनतासँगै बस्ने
वाइसीएलको एक महिने खबरदारी अभियानः जनप्रतिनिधिलाई झकझकाउने, जनतासँगै बस्ने
संसारकै अग्लो भवनमा झलमलाइयो नेपाली झण्डा
संसारकै अग्लो भवनमा झलमलाइयो नेपाली झण्डा
पर्यटनमन्त्री रविन्द्र अधिकारी आकस्मिक पत्रकार सम्मेलन गर्दै
पर्यटनमन्त्री रविन्द्र अधिकारी आकस्मिक पत्रकार सम्मेलन गर्दै
पूर्वराष्ट्रपति डा यादव भन्छन् : गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार जरुरी छ
पूर्वराष्ट्रपति डा यादव भन्छन् : गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार जरुरी छ
सात संस्थाद्वारा सङ्गीतकार अधिकारीविरुद्ध लगाएको प्रतिबन्ध फिर्ता लिन आग्रह
सात संस्थाद्वारा सङ्गीतकार अधिकारीविरुद्ध लगाएको प्रतिबन्ध फिर्ता लिन आग्रह
घट्यो सुनचाँदीको मूल्य
घट्यो सुनचाँदीको मूल्य
The For Meet Asian Women of all ages Revealed
काठमाडौ क्षेत्र नं. ६ मा आफ्नो विजय सुनिश्चित भएको प्रधानको दावी
काठमाडौ क्षेत्र नं. ६ मा आफ्नो विजय सुनिश्चित भएको प्रधानको दावी
‘चेन अफ कमान्ड’भन्दा बाहिर सुरक्षा प्रणाली चल्न सक्दैन : गृहमन्त्री श्रेष्ठ
‘चेन अफ कमान्ड’भन्दा बाहिर सुरक्षा प्रणाली चल्न सक्दैन : गृहमन्त्री श्रेष्ठ

तपाईंले छुटाउनुभयो कि?