प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय फोटो पत्रकार समूहको ज्ञापनपत्र

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ ३, २०८०
|
|
५७ पटक हेरिएको
Shares
प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय फोटो पत्रकार समूहको ज्ञापनपत्र

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे)ले आज आफ्ना मागहरुसहितको ज्ञापनपत्र बुझाएको छ ।
  • समूहका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर सातबुँदे ज्ञापनपत्र बुझाएको हो ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे)ले आज आफ्ना मागहरुसहितको ज्ञापनपत्र बुझाएको छ । समूहका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर सातबुँदे ज्ञापनपत्र बुझाएको हो ।

सो ज्ञापनपत्रमा नेपालका विभिन्न सञ्चार गृहहरुमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरुको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोगका लागि आग्रह गरिएको छ । साथै फोटो सङ्ग्रहालयका लागि जग्गा भवन उपलब्ध गराउन पनि प्रधानमन्त्रीसमक्ष माग गरिएको छ ।

त्यस्तै, फोटो पत्रकारिताको माध्यमबाट जीविकोपार्जन गर्ने सम्पूर्ण पत्रकारहरुको बीमा सुरक्षा र हरेक वर्ष प्रदान गरिने राष्ट्रिय मानपदवीमा फोटो पत्रकार विधा समावेश गरी फोटो पत्रकारहरुलाई पनि योगदानका आधारमा सम्मान गर्नुपर्ने माग गरिएको छ ।

फोटो पत्रकारहरुलाई व्यावसायिक, मर्यादित बनाउनका लागि तालिम दिन, वार्षिक रुपमा बजेट उपलब्ध गराउन र फोटो पत्रकारहरुलाई आवश्यक क्यामेरा किन्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पनि सो ज्ञापनपत्रमा माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डलेले फोटो पत्रकारहरुका जायज मागहरु पूरा गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको सो समूहका अध्यक्ष वन्तले जानकारी दिए । प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै अध्यक्ष वन्तले भने “मागहरु जायज छन्, पूरा गर्न पहल गर्नेछु ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुगुमा चिसोले गाउँ छोड्दै स्थानीय
गोकर्ण विष्ट गुल्मी–२ बाट सर्वसम्मत,
गोकर्ण विष्ट गुल्मी–२ बाट सर्वसम्मत,
मैले ९ महिना गर्भमा राखेर जन्माएको छोरो हो बिन्ती साकारलाई नेपाल फर्काइदिनुस् (भिडियोसहित)
मैले ९ महिना गर्भमा राखेर जन्माएको छोरो हो बिन्ती साकारलाई नेपाल फर्काइदिनुस् (भिडियोसहित)
शनिबार चक्रपथको कोटेश्वर–कलंकी खण्ड विस्तारको काम सकिने
शनिबार चक्रपथको कोटेश्वर–कलंकी खण्ड विस्तारको काम सकिने
ओलीले भीम रावलतर्फ संकेत गर्दै भनेः मन्त्री बनाउन मानिनँ, उहाँलाई पीर पर्यो
कोरोना संक्रमणबाट एकै दिन अहिलेसम्मकै सर्वाधिक आठ जनाको मृत्यु पुष्टि
निर्माणाधीन विराटनगर–धरान सडक खण्डमा दुर्घटना बढे
निर्माणाधीन विराटनगर–धरान सडक खण्डमा दुर्घटना बढे
मधेश प्रदेशका स्वतन्त्र सांसद् जवाहरलाल कुशवाहा माओवादी प्रवेश
मधेश प्रदेशका स्वतन्त्र सांसद् जवाहरलाल कुशवाहा माओवादी प्रवेश
शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री
शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री
कानून निर्माण गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुँदैन : सभामुख घर्ती
कानून निर्माण गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुँदैन : सभामुख घर्ती

तपाईंले छुटाउनुभयो कि?