प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ १०, २०७९
|
|
४५ पटक हेरिएको
Shares
प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ ।
  • प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता भएको हो ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता भएको हो ।

उहाँहरुबीच गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ। अधिकारी सत्ता साझेदार दलहरूको समर्थनमा नेकपा एमालेबाट मुख्यमन्त्री हुनुभएको थियो ।

तर, गण्डकीमा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा रहेका १२ वटा मन्त्रालयबाट ७ वटामा झार्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?