प्रमाणीकरणसँगै नागरिकताको समस्या सधैँका लागि अन्त्य होस् : उपेन्द्र यादव

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ १७, २०८०
|
|
४३ पटक हेरिएको
Shares
प्रमाणीकरणसँगै नागरिकताको समस्या सधैँका लागि अन्त्य होस् : उपेन्द्र यादव

सारांश

  • राजविराज ।
  • जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै मुलुकका नागरिकलाई नागरिकता दिनका लागि लड्नुपर्ने अवस्था सधैँका लागि समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
  • सप्तरीको राजविराजमा नवनिर्मित नर्सिङ कलेज भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई विशेष धन्यवाद दिँदै मुलुकबाट नागरिकतासम्बन्धी समस्या हल हुने बताए ।

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै मुलुकका नागरिकलाई नागरिकता दिनका लागि लड्नुपर्ने अवस्था सधैँका लागि समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

सप्तरीको राजविराजमा नवनिर्मित नर्सिङ कलेज भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई विशेष धन्यवाद दिँदै मुलुकबाट नागरिकतासम्बन्धी समस्या हल हुने बताए ।

विगतमा पनि लामो सङ्घर्षपछि मात्रै यहाँका नागरिकले नागरिकता पाएको उल्लेख गर्दै नागरिकता विधेयकमा पनि ठूलै सङ्घर्ष गर्नुपरेको उनले बताए । “मधेसमा देखिएका नागरिकतासम्बन्धी समस्या समाधानका निम्ति हामीले सडकदेखि सदनसम्म लामो समय सङ्घर्ष गर्दा पहिलो चरणमा २२ लाख र दोस्रो चरणमा नौ लाख नागरिकलाई नागरिकता दिलायौँ”, अध्यक्ष यादवले भने, “तर पनि थुप्रै नागरिकका सन्तान गैरनागरिक नै छन्, त्यसका लागि पनि ठूलै सङ्घर्ष गर्नुप¥यो ।

छ करोड ९२ लाखमा नर्सिङ भवन

अघिल्लो कार्यकालमा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका अध्यक्ष यादवको संसदीय कोषको बजेटबाट निर्माण भएको नर्सिङ भवन उद्घाटन गरिएको छ । कूल रु छ करोड ९२ लाखको लागतमा निर्माण भएको दुई तले भवनको उद्घाटन गरिएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको परिसरमा निर्माण भएको उक्त भवनमा आगामी वर्षदेखि नर्सिङको कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पौडेल पक्षमा पहिरो: देउवालाइ शशांकको साथ, पौडेलको पुर्पुरोमा हात !
पौडेल पक्षमा पहिरो: देउवालाइ शशांकको साथ, पौडेलको पुर्पुरोमा हात !
राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगितामा पुर्वाञ्चलको जित
राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगितामा पुर्वाञ्चलको जित
“घर मेरो ओखलढुङ्गा” म्यूजिक भिडियो सार्वजनिक
“घर मेरो ओखलढुङ्गा” म्यूजिक भिडियो सार्वजनिक
जापानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १६१ पुग्यो, राहत वितरणलाई अझै सहज बनाउन सकिएन
जापानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १६१ पुग्यो, राहत वितरणलाई अझै सहज बनाउन सकिएन
जसपाको प्रतिबद्धता पत्र सार्वजनिक, १० प्रदेश प्रस्ताव (पूर्णपाठ)
जसपाको प्रतिबद्धता पत्र सार्वजनिक, १० प्रदेश प्रस्ताव (पूर्णपाठ)
कास्कीमा थापाले जाेगाए कांग्रेसकाे साख
मलेसियाका गृहमन्त्रीले गरे चन्द्रागिरिकाे भ्रमण
मलेसियाका गृहमन्त्रीले गरे चन्द्रागिरिकाे भ्रमण
कोरोना संक्रमणबाट एकै दिन अहिलेसम्मकै सर्वाधिक आठ जनाको मृत्यु पुष्टि
प्रचण्डले एमसीसी रोक्न लागेपछि देउवा कठोर निर्णयको तयारीमा
प्रचण्डले एमसीसी रोक्न लागेपछि देउवा कठोर निर्णयको तयारीमा
बजेट लगत्तै मन्त्रीहरु हेरफेर, लिष्ट रेडी
बजेट लगत्तै मन्त्रीहरु हेरफेर, लिष्ट रेडी