प्रस्तावित चलचित्र नगरीको डीपीआर तयार

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र १३, २०७६
|
|
५७ पटक हेरिएको
Shares
प्रस्तावित चलचित्र नगरीको डीपीआर तयार

सारांश

  • – राम केसी सिन्धुपाल्चोकको सिमानामा पर्ने दोलखाको डाङडुङेमा निर्माण गरिने चलचित्र नगरीको परियोजना स्वीकृत भएको आठ वर्षपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।
  • अत्याधुनिक स्टुडियोसहितको संरचना निर्माण गर्न रु १५ अर्बको डिपिआर तयार भएपछि त्यसलाई अघि बढाउन चाँडै नै लगानी सम्मेलन गरिने चलचित्र निर्माण सहयोग समितिका अध्यक्ष एवं वरिष्ठ कलाकार मदनदास श्रेष्ठले जानकारी दिनुभयो ।
  • सिन्धुपाल्चोकका त्रिपुरासुन्दरी गाउँपालिका–४ र दोलखाको भीमेश्वर नगरपालिका–९ को बीचमा बन्न लागेको उक्त नगरीका लागि आफ्नो पालिकाबाट पनि चालू आर्थिक वर्षमा केही बजेट व्यवस्था गरिने त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताउनुभयो ।

– राम केसी

सिन्धुपाल्चोकको सिमानामा पर्ने दोलखाको डाङडुङेमा निर्माण गरिने चलचित्र नगरीको परियोजना स्वीकृत भएको आठ वर्षपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।

अत्याधुनिक स्टुडियोसहितको संरचना निर्माण गर्न रु १५ अर्बको डिपिआर तयार भएपछि त्यसलाई अघि बढाउन चाँडै नै लगानी सम्मेलन गरिने चलचित्र निर्माण सहयोग समितिका अध्यक्ष एवं वरिष्ठ कलाकार मदनदास श्रेष्ठले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकका त्रिपुरासुन्दरी गाउँपालिका–४ र दोलखाको भीमेश्वर नगरपालिका–९ को बीचमा बन्न लागेको उक्त नगरीका लागि आफ्नो पालिकाबाट पनि चालू आर्थिक वर्षमा केही बजेट व्यवस्था गरिने त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताउनुभयो ।

नेपाल सरकारले विसं २०६८ मा दोलखाको डाङडुङेमा ‘फिल्मसिटी’ बनाउने निर्णय गरेको थियो । सोही वर्षदेखि निकासा हँुदै आएको बजेटबाट गुरुयोजनाअनुसार छ किमी कच्ची सडकसहित भौतिक पूर्वाधारको काम हँुदै आएको छ ।

शुरुमा दोलखा फिल्मसिटी नाम राखिएकामा हालैको निर्णयअनुसार त्यसलाई संशोधन गरी चलचित्र नगरी डाङडुङे नामाकरण गरिएको हो । बहुवर्षीय परियोजनाको रुपमा निर्माण गरिने उक्त नगरीका लागि चालू आर्थिक वर्षमा प्रदेश नं ३ सरकारबाट रु ५० लाख बजेट विनियोजन भएको छ ।

राष्ट्रियस्तरको बृहत परियोजना भएकाले लगानी जुटाउने उद्देश्यले सांसदहरुको तर्फबाट पनि सहयोग जुटाउन आगामी आइतबार राजधानीमा दुवै जिल्लाका सांसदहरु सहभागी संयुक्त बैठक बोलाइएको पालिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

समुद्री सहतबाट झण्डै तीन हजार ३०० उचाइमा अवस्थित उक्त रमणीय स्थानबाट दोलखाको गौरीशङ्कर, सैलुङ, कालिञ्चोक तथा सिन्धुपाल्चोकको जुगल हिमशृङ्खलालगायत अधिकांश भू–भागको दृश्यावलोकन हुनेछ । कूल ७६ रोपनी क्षेत्रमा बन्ने सो नगरीमा अत्याधुनिक स्टुडियो सुविधासम्पन्न विभिन्न भवनहरु कार्यालय भवन, पानी पोखरी, पार्किङस्थल होटललगायत फिल्म सुटिङका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक सुविधा उपलब्ध हुनेछ ।

लामोसाँघु–जिरी सडकअन्तर्गत खरीढुङ्गा सडकमा पर्ने उक्त स्थान काठमाडौँबाट करीब १२० किलोमिटरको दूरीमा पर्दछ । चिसो हावापानी रहेको सो स्थान आसपास सेतो, रातो, पहँेलो, निलोसहित चार रङका लालीगुँरास फुल्ने हँुदा आकर्षित एवं रमणीयस्थलको रुपमा परिचित छ ।

नेपाली भाषाको पहिलो चलचित्र सत्य हरिशचन्द्रलाई मानिए पनि तत्कालीन सूचना तथा प्रचार–प्रसार मन्त्रालयले विसं २०२२ मा आमा फिल्मको निर्माण गरी नेपाली फिल्मको शुरुआत गरेको थियो । नेपाली भाषाको विकासका लागि चार दशकअघि तत्कालीन शाही नेपाल चलचित्र संस्थानको स्थापना भएको थियो । पछि चलचित्र विकास बोर्डमा रुपान्तरण भएपछि फिल्म सुटिङका लागि देशका विभिन्न स्थान तथा विदेशमा पनि पुग्नुपर्ने वर्तमान अवस्था छ । त्यसलाई दृष्टिगत गरी जिल्लावासी तथा कलाकारहरुको आग्रहलाई कदर गर्दै नेपाल सरकारले विसं २०६८ मा उक्त स्थानमा आधुनिक फिल्म नगरी निर्माण गर्ने निर्णय गरेको थियो ।

बहुवर्षीय परियोजनाको अवधारणामा निर्माण गरिने उक्त चलचित्र नगरीलाई भविष्यमा ‘पब्लिक पार्टनरसीप’ परियोजनामा परिणत हुने वरिष्ठ कलाकार श्रेष्ठले बताउनुभयो । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कस्तो छ आजको मौसम ?
कस्तो छ आजको मौसम ?
राप्रपा निकट विधार्थी संगठनद्वारा पेट्रोलियम पदार्थको मुल्य वृद्वि तत्काल फिर्ता गर्न माग
राप्रपा निकट विधार्थी संगठनद्वारा पेट्रोलियम पदार्थको मुल्य वृद्वि तत्काल फिर्ता गर्न माग
सर्वोच्चद्वारा अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न मेयर बालेन्द्रलाई  आदेश
सर्वोच्चद्वारा अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न मेयर बालेन्द्रलाई आदेश
रोकिएन संयुक्त सैन्य अभ्यास, रोक्न उत्तरको आग्रह
रोकिएन संयुक्त सैन्य अभ्यास, रोक्न उत्तरको आग्रह
प्रधानन्यायाधीश पराजुली ‘पदमुक्त’ भएपछि सर्वोच्चमा कामु जोशी, इजलास बहिष्कार गरेका न्यायाधीश फर्के
प्रधानन्यायाधीश पराजुली ‘पदमुक्त’ भएपछि सर्वोच्चमा कामु जोशी, इजलास बहिष्कार गरेका न्यायाधीश फर्के
रविन्द्र अधिकारीले सम्हाल्ने भए पर्यटनको कमाण्ड
रविन्द्र अधिकारीले सम्हाल्ने भए पर्यटनको कमाण्ड
Pin Up Yukle Azerbaycan Android üçün PinUp apk yükləyin 202
त्रिविको दीक्षान्त फाराम अनलाइनबाट
त्रिविको दीक्षान्त फाराम अनलाइनबाट
आन्दोलनलाई सफल पार्ने भन्दै लैनचौर स्थित भारतीय दुताबास अगाडि धर्ना
आन्दोलनलाई सफल पार्ने भन्दै लैनचौर स्थित भारतीय दुताबास अगाडि धर्ना
सुन तस्करी प्रकरण : छानबिनको दायरामा नेता र व्यापारी
सुन तस्करी प्रकरण : छानबिनको दायरामा नेता र व्यापारी

तपाईंले छुटाउनुभयो कि?