उत्तम कृति विजेता खतिवडाको अनुकरणीय कार्य

Abhiyanpost Abhiyanpost
|
शनिबार, भाद्र ११, २०७९
|
|
३८ पटक हेरिएको
Shares
उत्तम कृति विजेता खतिवडाको अनुकरणीय कार्य

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौ । उत्तम कृति पुरस्कार विजेता ‘घामभन्दा पहिले’ नियात्रा कृतिकी सर्जक, कवि एवम् नियात्राकार भवानी खतिवडाले उत्तम कृति पुरस्कार वितरण समारोहमा अक्षर साधना गरेबापत प्राप्त आर्थिक राशिलाई सामाजिक काममा खर्चिने मन्तव्यका क्रममा व्यक्त गरेकी थिइन् ।

उक्त पुरस्कार प्राप्त गरेको एक साता नबित्दै खतिवडाले पुरस्कार बापतको पचास हजार रुपियाँमा रु ७५०००।–(पचहत्तर हजार) थप गरी आफूले शिशुकक्षादेखि सात कक्षासम्म अध्ययन गरेको (भलायडाँडा निम्न मा।वि। हाल श्री नमूना माध्यामिक विद्यालय उदयपुरगढी) विद्यालयमा एक लाख पच्चीस हजार राशिको “डिल्ली–अम्बिका कल्याणकारी कोष” स्थापना गरेकी छन् ।

साहित्यकार खतिवडाका पिता डिल्लीप्रसाद खतिवडा तथा आमा अम्बिकादेवी खतिवडाको संयुक्त नाममा स्थापना गरिएको उक्त कोषको मूलधन (एक लाख पच्चीस हजार) लाई यथावत् राखी त्यसबाट प्राप्त ब्याज रकमले श्री नमूना माध्यामिक विद्यालय, उदयपुरगढीबाट प्रत्येक शैक्षिक सत्रको एसइई परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने एक जना विद्यार्थीलाई रु दस हजार नगदसहित ‘डिल्ली अम्बिका मेधावी प्रतिभा पुरस्कार’ अङ्कित प्रमाणपत्र दिइने पुरस्कार सञ्चालन तथा व्यवस्थापन गर्नेसम्बन्धी समझदारी पत्रमा उल्लेख गरिएको छ ।

साहित्यकार खतिवडाकी आमा अम्बिकादेवी खतिवडाले उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष जीतबहादुर खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोधकुमार घिमिरे, विद्यालयका शिक्षक शिक्षिका एवम् विद्यार्थीहरूको उपस्थितिमा आयोजित कार्यक्रममा प्रधानाध्यापक देवी राईलाई उक्त कोष रकम हस्तान्तरण गरिन ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक देवी राईले विद्यालय स्थापनाको इतिहासकै पहिलो पुरस्कार स्थापना गर्ने पूर्व विद्यार्थी खतिवडालाई बधाई तथा आभार प्रकट गरिन ।

“मेधावी युवाः समाज रुपान्तरणका मूल आधार” भन्ने मूल मर्मलाई आत्मसात गर्दै आफूले अध्ययन गरेको विद्यालयमा अध्ययनरत अनुज पुस्तालाई उत्प्रेरित गर्ने उद्देश्यले आफूलाई शिक्षाको उज्यालो देखाउने आस्थाको मन्दिरलाई सानो गुरुदक्षिणा अर्पिएको कुरा साहित्यकार खतिवडाले बताएकी छन् ।

(canadianpharmacy365.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?