छोकडा बन्दरगाहमा रोक

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन ६, २०७७
|
|
३९ पटक हेरिएको
Shares
छोकडा बन्दरगाहमा रोक

सारांश

  • तेस्रो मुलुकबाट सुक्खा बन्दरगाह हुँदै नेपाल प्रवेश गर्ने छोकडामा प्रतिबन्ध लगाएपछि साढे सात करोड मूल्य बराबरको ५० कन्टेनर छोकडा वीरगञ्जमा रोकिएको छ ।
  • नेपाल सरकारले चैत १६ गतेपछि आएको छोकडा नछोड्ने निर्देशन दिएपछि सो छोकडा बन्दरगाहमै अड्किएको सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियाका निर्मित प्रमुख जगदिश पुर्वेले राससलाई जानकारी दिनुभयो ।
  • यहाँले सो छोकडा छोड्ने वा नछोड्ने भन्नेबारे सरकारको निर्देशन नआएकाले जाँच पास हुन नसकेको बताउनुभयो ।

तेस्रो मुलुकबाट सुक्खा बन्दरगाह हुँदै नेपाल प्रवेश गर्ने छोकडामा प्रतिबन्ध लगाएपछि साढे सात करोड मूल्य बराबरको ५० कन्टेनर छोकडा वीरगञ्जमा रोकिएको छ ।

नेपाल सरकारले चैत १६ गतेपछि आएको छोकडा नछोड्ने निर्देशन दिएपछि सो छोकडा बन्दरगाहमै अड्किएको सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियाका निर्मित प्रमुख जगदिश पुर्वेले राससलाई जानकारी दिनुभयो । यहाँले सो छोकडा छोड्ने वा नछोड्ने भन्नेबारे सरकारको निर्देशन नआएकाले जाँच पास हुन नसकेको बताउनुभयो ।

विदेशी मुद्रा सञ्चितमा दबाब बढेको भन्दै नेपाल सरकारले गत चैत १६ गतेयता यस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाएको बताइएको छ । नेपाल सरकारको निर्णयपछि मरिच, केराउ र सुपारी नेपाल भित्रिए पनि छोकडा भने विगत पाँच महिनाभन्दा लामो समयदेखि बन्दरगाहमा रोकिएको आयातकर्ता नगनित अग्रवालले बताउनुभयो । उहाँले बन्दरगाहमा आइसकेका छोकडाको जाँच पासमा रोक लगाएपछि कच्चा पदार्थको रुपमा रहेको छोकडा सडेर बिग्रिन थालेको गुनासो गर्नुभयो । व्यवसायीले सरकारले केराउ, मरिच र सुपारी जुन प्रक्रियाबाट सरकारले छोड्यो त्यही प्रक्रियाबाट छोकडा पनि छोड्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलात्कार प्रकरण- एसपी र इन्सपेक्टरलाई निलम्बन पत्र
बलात्कार प्रकरण- एसपी र इन्सपेक्टरलाई निलम्बन पत्र
सरकारको एक वर्षका सुनौला दिन व्यर्थ : काङ्ग्रेस
सरकारको एक वर्षका सुनौला दिन व्यर्थ : काङ्ग्रेस
अर्थमन्त्री र युएसएआईडीका प्रशासक बीच भेटवार्ता
अर्थमन्त्री र युएसएआईडीका प्रशासक बीच भेटवार्ता
शिखर सम्मेलन पाकिस्तानमा गराउन नेपालको समर्थन छः प्रधानमन्त्री ओली
शिखर सम्मेलन पाकिस्तानमा गराउन नेपालको समर्थन छः प्रधानमन्त्री ओली
Bangladesh to move 15,000 Rohingya from tribal district
Bangladesh to move 15,000 Rohingya from tribal district
सुडान द्वन्द्वग्रस्त क्षेत्रमा समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि पठाइँदै
सुडान द्वन्द्वग्रस्त क्षेत्रमा समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि पठाइँदै
अख्तियारमा स्थानीय तहका उजुरी धेरै
अख्तियारमा स्थानीय तहका उजुरी धेरै
चिनियाँ राष्ट्रपतिका लागि सोल्टी होटल शनिबार र आइतबार पुरै रिजर्भ
चिनियाँ राष्ट्रपतिका लागि सोल्टी होटल शनिबार र आइतबार पुरै रिजर्भ
फेसबुकमा ‘समाप्त’ लेखेर मध्यरातमा २१ वर्षीय युवकले गरे रहस्यमय ढंगले आत्महत्या !
फेसबुकमा ‘समाप्त’ लेखेर मध्यरातमा २१ वर्षीय युवकले गरे रहस्यमय ढंगले आत्महत्या !
शरणार्थीहरुलाई चाँडै स्वदेश फर्किने वातावरण बनाउन बङ्गलादेशका प्रधानमन्त्री आ ग्रह
शरणार्थीहरुलाई चाँडै स्वदेश फर्किने वातावरण बनाउन बङ्गलादेशका प्रधानमन्त्री आ ग्रह

तपाईंले छुटाउनुभयो कि?