गोरखा दरबार पुनःनिर्माणमा ढिलाइ

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन ५, २०७५
|
|
६० पटक हेरिएको
Shares
गोरखा दरबार पुनःनिर्माणमा ढिलाइ

सारांश

  • गोरखा, ५ फागुन, भूकम्पले क्षति पु¥याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएको छ ।
  • पुनःनिर्माणको काम शुरु भएको करीब १५ महीना बितिसक्दा पनि दरबारको जग निर्माणबाहेकको काम अघि बढ्न सकेको छैन् ।
  • पुरातत्व विभागले २०७४ कात्तिकमा पचली सिवाको जेभी कन्सट्रक्सनसँग गोरखा दरबार पुनःनिर्माण गर्न ठेक्का सम्झौता गरी काम अघि बढाएको थियो ।

गोरखा, ५ फागुन, भूकम्पले क्षति पु¥याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएको छ । पुनःनिर्माणको काम शुरु भएको करीब १५ महीना बितिसक्दा पनि दरबारको जग निर्माणबाहेकको काम अघि बढ्न सकेको छैन् । पुरातत्व विभागले २०७४ कात्तिकमा पचली सिवाको जेभी कन्सट्रक्सनसँग गोरखा दरबार पुनःनिर्माण गर्न ठेक्का सम्झौता गरी काम अघि बढाएको थियो ।

पुनःनिर्माणको काम शुरु भएदेखि अहिलेसम्म पटक–पटक कहिले कामदारको अभाव त कहिले सामान दुवानीको समस्यालगायतका कारण देखाउँदै काम रोकिने गरेको छ । “अहिलेसम्म दरबारको जगबाहेक अरु काम अघि बढेको छैन”, गोरखा दरबार हेरचाह अड्डाका निमित्त प्रमुख रामेश्वर कट्टेलले भन्नुभयो, “अब केही दिनमा काठको थाम राख्ने काम शुरु हुन्छ भनेका छन् ।”

अहिले दरबारका लागि नापअनुसारको काठ अभाव भएको जानकारी आफूलाई ठेकेदार कम्पनीका प्रतिनिधिले दिएको उहाँले जानकारी दिनुभयो ।

पुनःनिर्माणका लागि दरबार भत्काउने बेलादेखि नै कामदार आउने र काम छाडेर जाने गरेकाले पनि निर्माणमा ढिलाइ भएको उहाँको भनाइ छ । निमित्त प्रमुख कट्टेलले प्राविधिक अनुगमन प्रभावकारी हुन नसक्दा ठेकेदारले काममा ढिलासुस्ती गरेको बताउनुभयो ।
ठाउँ अभावका कारण निर्माण सामग्री ल्याएर राख्नसमेत समस्या भएको र निर्माण सामग्री कमी हँुदा एकैपटक सबै कामदारलाई काम लगाउन नसकिएकाले ढिलाइ भएको जानकारी ठेकेदार कम्पनीका प्रतिनिधिले दिएको उहाँले बताउनुभयो ।

जग निर्माणकै क्रममा दरबारको पूर्वी इसान भागमा राजगद्दीभन्दा केही पछि रहेको ढुङ्गामा लकासी राख्न मिल्ने या नमिल्ने भन्ने अन्योलता रहेको उहाँले बताउनुभयो ।
पुरातत्व विभागले २०७६ पुसभित्रमा दरबार पुनःनिर्माण सम्पन्न गर्ने गरी सिवाको जेभी कन्सट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । तत्कालीन राजा राम शाहको पालामा विसं १६६६ ताका बनेको अनुमान गरिएको गोरखा दरबार करीब रु चार करोड ३७ लाख लागतमा पुनःनिर्माण शुरु गरिएको हो ।

नेपाल एकीकरणमा महत्वपूर्ण योगदान पु¥याउनुभएका तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मस्थल रहेको यो दरबार नेपालको महत्वपूर्ण ऐतिहासिकस्थल मानिन्छ । गोरखा सदरमुकामभन्दा माथि पहाडको टुप्पामा रहेको यस दरबारको पश्चिम दिशामा देवी गोरखकालीको मन्दिर रहेको छ भने गोरखकाली मन्दिरको मुनितिर गुफामा गोरखनाथको मन्दिरसमेत रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद्लाई प्रभावकारी बनाउन तीन दलका शीर्ष नेता र सचेतकबीच छलफल
संसद्लाई प्रभावकारी बनाउन तीन दलका शीर्ष नेता र सचेतकबीच छलफल
नेपाली कामदार जापान लैजान जापानको सक्रियता, राजदूतले श्रममन्त्रीलाई भेटे
नेपाली कामदार जापान लैजान जापानको सक्रियता, राजदूतले श्रममन्त्रीलाई भेटे
इराकमा नेपाली–ग्रिन जोन भित्र असुरक्षा
इराकमा नेपाली–ग्रिन जोन भित्र असुरक्षा
यो वर्षको मनसुनमा पूर्व सुख्खा, पश्चिममा वर्षा
यो वर्षको मनसुनमा पूर्व सुख्खा, पश्चिममा वर्षा
इन्डोनेसियामा ६.५ म्याग्नीच्यूडको भूकम्प
इन्डोनेसियामा ६.५ म्याग्नीच्यूडको भूकम्प
शक्ति कपुरकले छोरीलाई यो काम गर्न किन दिएनन् अनुमति ?
शक्ति कपुरकले छोरीलाई यो काम गर्न किन दिएनन् अनुमति ?
अब बन्दीलाई प्रजननका लागि ‘यौन अधिकार’
अब बन्दीलाई प्रजननका लागि ‘यौन अधिकार’
नापी कार्यालयकै भवन नै मापदण्ड विपरीत भएपछि के भन्नु
नापी कार्यालयकै भवन नै मापदण्ड विपरीत भएपछि के भन्नु
‘फास्ट ट्र्याक’ छिटो बनाउनेसम्बन्धी कार्यविधि मन्त्रिपरिषद्‍बाट पारित
‘फास्ट ट्र्याक’ छिटो बनाउनेसम्बन्धी कार्यविधि मन्त्रिपरिषद्‍बाट पारित
ओलीलाई यस्तो आरोप लगाएपछि केशब बडालले यसरी हात हाले मिन विश्वकर्मामाथि (भिडियोसहित)
ओलीलाई यस्तो आरोप लगाएपछि केशब बडालले यसरी हात हाले मिन विश्वकर्मामाथि (भिडियोसहित)

तपाईंले छुटाउनुभयो कि?