यार्सागुम्बा सङ्कलनलाई स्थायी ठेगाना खुल्नुपर्ने

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ ११, २०७६
|
|
४३ पटक हेरिएको
Shares
यार्सागुम्बा सङ्कलनलाई स्थायी ठेगाना खुल्नुपर्ने

सारांश

  • जेठ १३ मा यार्सागुम्बा सङ्कलनका लागि अनुमति खुला गरिने भएपछि शुक्रबारदेखि प्रवेश शुल्क लिएर प्रवेश दिन शुरु गरिएको छ ।
  • स्थायी ठेगाना खुल्ने प्रमाणपत्रका आधारमा मात्र प्रवेश शुल्क लिएर यार्सागुम्बा सङ्कलन गर्न प्रवेश दिइएको छ ।
  • शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले शुक्रबारबाट प्रवेश शुल्कबापत् मध्यवर्ती क्षेत्रभित्रका सर्वसाधारणका लागि रु ५००, मध्यवर्ती क्षेत्रबाहेक जिल्लाभित्रका सर्वसाधारणका लागि रु दुई हजार र जिल्ला बाहिरका सर्वसाधारणका लागि रु तीन हजार दस्तुर तोकिएको छ ।

जेठ १३ मा यार्सागुम्बा सङ्कलनका लागि अनुमति खुला गरिने भएपछि शुक्रबारदेखि प्रवेश शुल्क लिएर प्रवेश दिन शुरु गरिएको छ । स्थायी ठेगाना खुल्ने प्रमाणपत्रका आधारमा मात्र प्रवेश शुल्क लिएर यार्सागुम्बा सङ्कलन गर्न प्रवेश दिइएको छ ।

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले शुक्रबारबाट प्रवेश शुल्कबापत् मध्यवर्ती क्षेत्रभित्रका सर्वसाधारणका लागि रु ५००, मध्यवर्ती क्षेत्रबाहेक जिल्लाभित्रका सर्वसाधारणका लागि रु दुई हजार र जिल्ला बाहिरका सर्वसाधारणका लागि रु तीन हजार दस्तुर तोकिएको छ । त्यसबाहेक मध्यवर्ती क्षेत्रले सेवा शुल्कको रुपमा छुट्टै रु ५०० लिन पाउने व्यवस्था गरिएको छ । निकुञ्जले छोडपुर्जी दस्तुरबापत रु ३० हजार तोकेकोे छ । पुर्जीको म्याद जेठ १० गतेदेखि असार १० गतेसम्मको एक महीनाको अवधि रहने निकुञ्जले जनाएको छ ।

निकुञ्जले जेठ १३ गतेदेखि औपचारिक रुपमा जिल्लाका सम्पूर्ण यार्सापाटन खुलाउने निर्णय गरेको छ । राष्ट्रिय निकुञ्जभित्रका १५ नाकाबाट प्रवेश गर्नेलाई प्रवेश पुर्जी काटिएको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सूचना अधिकृत छत्र खड्काले राससलाई जानकारी दिनुभयो । निकुञ्ज क्षेत्रमा पर्ने सुलिगाड, सुम्दुवा, छेप्का, पलम, रिग्मो, साल्दाङ, धो, त्रिपुराकोट, खालीवन, नाउली, तोइजुमलगायतका १४ वटा स्थानबाट सङ्कलन पुर्जी वितरण भइरहेको छ ।

यार्सा सङ्कलनको लागि छिमेकी जिल्ला रुकुम, जाजरकोट, जुम्लालगायतका अन्य जिल्लाबाट सर्वसाधारण आएको उहाँले बताउनुभयो । यो मौसममा यार्सागुम्बा सङ्कलन गरेर वर्षभरि आफ्ना आधारभूत आवश्यकता पूरा गर्ने उनीहरुको भनाइ थियो । दैनिक आवश्यकता पूरा गर्नका लागि आफू यार्सागुम्बा सङ्कलन गर्न आएको रुकुम आठबीसकोट नगरपालिका–११ की हीरा शाहीले बताउनुभयो ।

अघिल्ला वर्षहरुमा भन्दा यो वर्षमा राष्ट्रिय निकुञ्जले चोरी निकासी गर्नेप्रति कडाइ गरिएको छ । यार्सा सङ्कलनकर्ताले अनिवार्य रुपमा आफ्नो साथमा स्थायी ठेगाना खुल्ने नागरिकता वा परिचयपत्र लिएर आउनेलाई मात्र पाटन प्रवेश गर्न दिइने छ । पाटनमा दैनिक खानका लागि खाद्यान्नलगायतका सामग्री लिनका लागि प्रयोग भएका घोडा खच्चरको रु १५० प्रवेश शुल्क लिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सञ्जालमा समेत निर्वाचन प्रचारप्रसार गर्न रोक: आजैदेखि मौन अवधि सुरु
सामाजिक सञ्जालमा समेत निर्वाचन प्रचारप्रसार गर्न रोक: आजैदेखि मौन अवधि सुरु
सुटिंग स्थलबाटै बाहिरियो नायिका बर्षा राउत र बर्षा सिवाकोटीको झगडाको भिडियो (हेर्नुहोस  भिडियो)
सुटिंग स्थलबाटै बाहिरियो नायिका बर्षा राउत र बर्षा सिवाकोटीको झगडाको भिडियो (हेर्नुहोस भिडियो)
माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)
माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)
१८औं एशियन कप फुटबल आजदेखि, २४ देशको भिडन्त
१८औं एशियन कप फुटबल आजदेखि, २४ देशको भिडन्त
आज विदेशी मुद्राको विनिमय दर कति ?
आज विदेशी मुद्राको विनिमय दर कति ?
मध्यरातमा प्रधानमन्त्री र प्रचण्डबीच विशेष छलफल
मध्यरातमा प्रधानमन्त्री र प्रचण्डबीच विशेष छलफल
व्यवस्थित हुँदै मन्त्रिपरिषद् निर्णय, हरेक बिहिबार लिखित सार्वजनिक
व्यवस्थित हुँदै मन्त्रिपरिषद् निर्णय, हरेक बिहिबार लिखित सार्वजनिक
कान्तिपुर क्याम्पसमा शिक्षकको अभाव, आन्दोलनमा उत्रिए विद्यार्थी
कान्तिपुर क्याम्पसमा शिक्षकको अभाव, आन्दोलनमा उत्रिए विद्यार्थी
रोमाञ्चक भिडन्तमा इन्टर मियामी रोकियो: एटलान्टा युनाइटेडद्वारा २-२ को बराबरी
रोमाञ्चक भिडन्तमा इन्टर मियामी रोकियो: एटलान्टा युनाइटेडद्वारा २-२ को बराबरी
पाकिस्तान नियन्त्रित काश्मिरमा ६२ को मृत्यु, २८ बेपत्ता ५३ घाइते
पाकिस्तान नियन्त्रित काश्मिरमा ६२ को मृत्यु, २८ बेपत्ता ५३ घाइते

तपाईंले छुटाउनुभयो कि?