काँग्रेसले प्रतिपक्षको भूमीका खेल्नै सकेन : शेखर कोईराला
सारांश
- काठमाडौं, २४ जेठ ।
- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले कर्मचारीले गर्नुपर्ने काम गरेर मन्त्रीहरु चर्चा कमाउनमा केन्द्रीत भएको टिप्पणी गरेका छन ।
- त्यस्तै अहिलेको सरकारले निरंकुशताको गृहकार्य गरिरहेको आरोप लगाएका छन् ।
काठमाडौं, २४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले कर्मचारीले गर्नुपर्ने काम गरेर मन्त्रीहरु चर्चा कमाउनमा केन्द्रीत भएको टिप्पणी गरेका छन ।
त्यस्तै अहिलेको सरकारले निरंकुशताको गृहकार्य गरिरहेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुराकानी गर्दै नेता कोइरालाले सरकार निरंकुशता तर्फ जाँदै गरेको संकेतहरु देखिएपनि नागरिक अधिकारकर्मी र ठुला संचार माध्यमहरु सरकारको प्रशंसामै केन्द्रीत भएको टिप्पणी गरे।
उनले प्रधानमन्त्री, प्रधान न्यायाधिश र प्रधान सेनापतिबीचमा अस्वभाविक तरिकाले भेटघाटहरु भईरहेको आरोप लगाए । उनले भने,‘उहाँहरुको भेटघाट र गृहकार्य शंंकास्प्रद र खतरनाक रहेको छ।’ उनले प्रतिपक्षी कमजोर भएको, संचार माध्यमहरु सरकारको रणभुल्लमा परेको र अधिकारकर्मीहरु मुकदर्शक भएकाले निरंशुकताका लागि सजिलो भएको बताए ।
नेता कोइरालाले अदालतले सर्वस्वसहित जेल सजाँय तोकिएका बालकृष्ण ढुंगेलजस्ता दोषीलाई आममाफी दिँदा पनि मानवअधिकारवादी, विपक्षी र संचार माध्यम बोल्न नसकेको गुनासो छ ।
यसअघि खुवै कुरा उठाउने र आन्दोलन गर्ने मानवअधिकारवादीहरु ढुंगेललाई आममाफी दिएर दण्डहिनताको पराकाष्ट हुदा समेत सुतेको भन्दै उनले अधिकारकर्मीहरुको मौनताप्रति आक्रोस पोखे।
संसदमा काँग्रेसको भूमीका शुन्य भएको टिप्पणी गर्दै उनले काँग्रेस नेतृत्व अल्मलिएको र रचनात्मक प्रतिपक्षको भूमीका खेल्नै नसकेको बताए ।
अहिलेको बहुचर्चित सुन काण्डका दोषीहरुलाई कारबाही नहुने ठोकुवा गर्दै उनले भने, “लेखेर राख्नुस्, सनम शाक्य हत्याका दोषीलाई मात्रै कारबाही गरेर सुन तस्करीको मुद्धा ओझेल पारेर त्यसका सवै दोषीले अनेक बाहनामा उन्मुक्ति पाउछन्, अनि व्यापक प्रचार गरिन्छ ।”
Mukunda Silwal
बिचरा आफै बिचल्लीमा छन के गर्नु ??
Bhuwani Sk Raut
सधैभरी सत्तामा बस्ने बानी परेर होला, प्रतिपक्षीको भुमिका निभाउन नसकेको!
Obindra Thapa
भाइ फुटे गवार लुटे ? गुटबन्दी काङ्ग्रेस भित्रै भएपछि प्रतिपक्षी को भुमिका कस्ले निभाउने ?