सुमार्गीको पैसा फर्काउन नसकिने

Abhiyanpost Abhiyanpost
|
बुधबार, फाल्गुन १५, २०७५
|
|
५६ पटक हेरिएको
Shares
सुमार्गीको पैसा फर्काउन नसकिने

सारांश

  • काठमाडौं १५ फागुन ।
  • सर्वोच्च अदालतले विवादित व्यवसायी अजयराज सुमार्गीको विभिन्न बैंकमा रहेको रकम फिर्ता गर्न आदेश दिए पनि तत्काल सम्भव नहुने भएको छ ।
  • यो समाचार आजको नागरिक दैनिकमा छ ।

काठमाडौं १५ फागुन । सर्वोच्च अदालतले विवादित व्यवसायी अजयराज सुमार्गीको विभिन्न बैंकमा रहेको रकम फिर्ता गर्न आदेश दिए पनि तत्काल सम्भव नहुने भएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकको रकम स्थानान्तरण गरेका बैंकहरुले पैसा फर्काउन सक्ने अवस्था नभएको बताएका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि व्यवसायी सुमार्गीले इन्भेस्टमेन्ट बैंकमा रहेको आफ्नो ७५ लाख अमेरिकी डलर अन्य बैंकमा स्थानान्तरण गराएका थिए । न्यायाधीश दीपकराज जोशीको एकल इजलासले अल्पकालीन आदेश दिँदै रकम झिक्ने अनुमति दिएको थियो ।

सुमार्गी स्वामित्वको मुक्तिश्री सिमेन्ट उद्योगको नाममा बैंकमा जम्मा भएको रकम शंकास्पद देखिएको जनाउँदै पछिल्लो पटक सर्वोच्चले झिकेको रकम फिर्ता गर्न आदेश दिएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश आनन्दमोहन भट्टराईको संयुक्त इजलासले यसअघि भएको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत अनुसन्धान गर्नुपर्ने देखिएकाले बैंकबाट झिकिएको विवादित रकम फिर्ता लिन राष्ट्र बैंक र इन्भेस्टमेन्ट बैंकलाई आदेश दिएको थियो ।

सर्वोच्चको आदेशपछि राष्ट्र बैंकले सुमार्गीको पैसा फिर्ता गराउन बैंकहरुलाई निर्देशन दिएको थियो । तर, उक्त निर्देशन कार्यान्वयन गर्न सम्भव नदेखिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली नोट छाप्ने दुई गिरोह पक्राउ..
नक्कली नोट छाप्ने दुई गिरोह पक्राउ..
विश्वकप फुटबल २०१८: फ्रान्स र बेल्जियम मा कस्काे इतिहास बलियाे ?
विश्वकप फुटबल २०१८: फ्रान्स र बेल्जियम मा कस्काे इतिहास बलियाे ?
नेपाली कांग्रेसलाइ सांसद बस्नेतको गतिलो झापड (भिडियाे सहित)
नेपाली कांग्रेसलाइ सांसद बस्नेतको गतिलो झापड (भिडियाे सहित)
राप्रपाद्वारा केन्द्रीय निर्देशन समिति गठन
राप्रपाद्वारा केन्द्रीय निर्देशन समिति गठन
आज मेघगर्जनसहित पानी पर्ने संभावना, मौसम हेरेर बाहिर निस्कनुस
आज मेघगर्जनसहित पानी पर्ने संभावना, मौसम हेरेर बाहिर निस्कनुस
आठौँ राष्ट्रिय खेलकूद : तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत
आठौँ राष्ट्रिय खेलकूद : तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत
आज पनि घट्यो सुनको मूल्य
आज पनि घट्यो सुनको मूल्य
दुई पाइलटले हाँकेको जेट प्लेनजस्तो हुनुपर्ने तर सामान्य गाडी चलेजस्तो बजेट अायाे: बाबुराम भट्टराई
दुई पाइलटले हाँकेको जेट प्लेनजस्तो हुनुपर्ने तर सामान्य गाडी चलेजस्तो बजेट अायाे: बाबुराम भट्टराई
निर्मला हत्या प्रकरणः आठ प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
निर्मला हत्या प्रकरणः आठ प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
युएईले हङकङलाई दियो १७७ रनको चुनौती
युएईले हङकङलाई दियो १७७ रनको चुनौती

तपाईंले छुटाउनुभयो कि?