१८औं एशियन कप फुटबल आजदेखि, २४ देशको भिडन्त

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष २७, २०८०
|
|
४० पटक हेरिएको
Shares
१८औं एशियन कप फुटबल आजदेखि, २४ देशको भिडन्त

सारांश

  • काठमाडौं।
  • एशियन फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता एशियन कप फुटबल प्रतियोगिता आजदेखि कतारमा शुरु हुँदै छ।
  • एशियन कपको १८औं संस्करणमा कुल २४ देशले भाग लिँदै छन्।

काठमाडौं। एशियन फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता एशियन कप फुटबल प्रतियोगिता आजदेखि कतारमा शुरु हुँदै छ। एशियन कपको १८औं संस्करणमा कुल २४ देशले भाग लिँदै छन्।

अघिल्लो बर्ष १६ जुन देखि १६ जुलाईसम्म चीनमा आयोजना हुने भनिएको यो प्रतियोगिता कोरोना महामारीका कारण चीनले आयोजना नगर्ने भनेपछि कतारले आयोजना गर्ने भएको हो। अब आजदेखि शुरु हुने एशियन फुटबलको यस महाकुम्भका खेलहरु २०२२ को विश्वकप फुटबल खेलिएका सात स्टेडियममा हुने छन्।

यस प्रतियोगितामा ताजकिस्तानले पहिलो पल्ट भाग लिदै छ भने हङकङ ५६ बर्षपछि एशियन कपमा कमब्याक गरेको छ । त्यस्तै इन्डोनेसिया र मलेसियाले २००७ पछि पहिलो पल्ट एशियन कप खेल्दै छन्। त्यस्तै यस प्रतियोगितामा सार्क देशबाट भारत मात्र सहभगी रहेको छ।

सहभागी २४ देशलाई ६ समुहमा बिभाजन गरिएको छ। जसबाट हरेक समुहका विजेता र उपविजेता राउण्ड १६ मा प्रवेश गर्ने छन् भने तेस्रो स्थानमा रहेका शिर्ष ४ देशले राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गर्ने छन्।

एशियन कपको समुह ए मा आयोजक कतारसहित चीन, ताजकिस्तान र लेबनान रहेका छन् भने समुह बी मा अस्ट्रेलिया, उज्बेकिस्तान, भारत र सिरिया रहेका छन्। त्यस्तै समुह सी मा इरान, युएई, हङकङ र प्यालेस्टाइन रहेका छन् भने समुह डी मा जापान, इन्डोनेसिया, इराक र भियतनाम रहेका छन्।

त्यसैगरी समूह इ मा दक्षिण कोरिया, मलेसिया, जोर्डन र बहराइन रहेका छन् भने समूह एफ मा साउदी अरेबिया, थाइल्याण्ड, कीर्गिस्तान र ओमान रहेका छन्।

एशियन कपको उद्घाटन खेलमा आज एशियन कपको डिफेन्डिङ च्याम्पियन समेत रहेको आयोजक कतारले लेबनानको सामना गर्ने छ। यो खेल नेपाली समय अनुसार रति ९ : ४५ बजेदेखि शुरु हुने छ।

अहिलेसम्म एएफसी एशियन कपको उपाधि सबैभन्दा बढी जापानले ४ पटक जितेको छ । जापानले १९९२, २०००, २००४ र २०११ मा जितेको थियो। त्यस्तै साउदी अरेबियाले ३ (१९८४, १९८८ र १९९६) पटक यो उपाधि जितेको थियो भने इरानले पनि ३ (१९६८, १९७२ र १९७६) पटक यो उपाधि जितेको छ।

त्यस्तै दक्षिण कोरियाले १९५६ र १९६० मा गरि दुई पटक यो उपाधि जितेको छ भने इजरायलले १९६४ मा, कुवेतले १९८० मा, अस्ट्रेलियाले २०१५ मा, इराकले २००७ मा र कतारले २०१९ मा एसियन कपको उपाधि जितेका थिए।

अहिलेसम्म युएई १९८४ र २००४ मा फाइनलमा पुगेर पनि उपाधि जित्न सकेको छैन भने भारत १९६४ र म्यान्मार १९६८ मा फाइनलमा पुगेर उपाधि जित्न चुकेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक वर्षअघि बलात्कारको सिकार भएकी समिताको रहत्यमय मृत्यु (भिडियोसहित)
एक वर्षअघि बलात्कारको सिकार भएकी समिताको रहत्यमय मृत्यु (भिडियोसहित)
१८ बुंदे घोषणा पत्र जारी गर्दै बिमस्टेक शिखर सम्मेलन सम्पन्न
१८ बुंदे घोषणा पत्र जारी गर्दै बिमस्टेक शिखर सम्मेलन सम्पन्न
सडक विस्तारका नाममा उपत्यका विनास – गणेश शाक्य
सडक विस्तारका नाममा उपत्यका विनास – गणेश शाक्य
एमाले-माओवादी एकता: ४ सय सदस्यीय केन्द्रीय समिति बनाउने कसरत
एमाले-माओवादी एकता: ४ सय सदस्यीय केन्द्रीय समिति बनाउने कसरत
बेलायत नेपाल प्रज्ञा परिषद्मा डा अधिकारी
बेलायत नेपाल प्रज्ञा परिषद्मा डा अधिकारी
सप्तरीको कञ्चनरुपपछि सप्तकोशीमा पनि देखियो डेङ्गु
सप्तरीको कञ्चनरुपपछि सप्तकोशीमा पनि देखियो डेङ्गु
अन्तरिक्षमा पहिलो मानव उडानको स्मरणमा कसमोनट दिवस
अन्तरिक्षमा पहिलो मानव उडानको स्मरणमा कसमोनट दिवस
सानेपा मृत्यु प्रकरण स् मृतकका परिवारबाट प्रहरीमा जाहेरी
सानेपा मृत्यु प्रकरण स् मृतकका परिवारबाट प्रहरीमा जाहेरी
ताप्लेजुङ, अछाम,डोटी,रोल्पा,दाङ,इलामको ताजा मत पारीणाम
ताप्लेजुङ, अछाम,डोटी,रोल्पा,दाङ,इलामको ताजा मत पारीणाम
गठबन्धनले प्रदेश सरकार चार वर्ष सञ्चालन गर्छ : नवनियुक्त मुख्यमन्त्री थापा
गठबन्धनले प्रदेश सरकार चार वर्ष सञ्चालन गर्छ : नवनियुक्त मुख्यमन्त्री थापा

तपाईंले छुटाउनुभयो कि?