थाइल्याण्डकी पूर्व प्रधानमन्त्री शिनावात्रा देश छोडेर भागिन्

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र ९, २०७४
|
|
५१ पटक हेरिएको
Shares
थाइल्याण्डकी पूर्व प्रधानमन्त्री शिनावात्रा देश छोडेर भागिन्

सारांश

  • थाइल्याण्ड ।
  • थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक शिनावात्रा देश छोडेर भागेकी छिन् ।
  • भ्रष्टाचार सम्बन्धीको  एउटा मुद्दाको फैसलाका लागि अस्वस्थ भन्दै अदालतमा उपस्थित नभएपछि थाइल्याण्डको सर्वोच्च अदालतका न्यायाधीशले उनलाई पक्राउ आदेश जारी गरेका थिए ।

थाइल्याण्ड । थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक शिनावात्रा देश छोडेर भागेकी छिन् । भ्रष्टाचार सम्बन्धीको  एउटा मुद्दाको फैसलाका लागि अस्वस्थ भन्दै अदालतमा उपस्थित नभएपछि थाइल्याण्डको सर्वोच्च अदालतका न्यायाधीशले उनलाई पक्राउ आदेश जारी गरेका थिए ।

उनी थाइल्याण्डमा नरहेको तर भागेर कहाँ गइन् भन्ने नखुलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यममले जनाएका छन् । शिनावात्रा निकट व्यक्तिहरुका अनुसार अदालतको आदेश आउनु अवागै उनले देश छोड्ने निर्णय गरेकी थिइन् ।

थाइल्याण्डको प्रधानमन्त्री प्रयुथ चान ओचाले भने देशका सबै नाका बन्द गरी निगरानी गर्न आफूले आदेश दिएको बताएका छन् । अदालतमा सिनावात्रालाई नदेखेपछि आफूले सबै नाकामा कडा निगरानी गर्न आदेश दिएकाले उनी तत्काल देश बाहिर जान सक्ने सम्भावना नरहेको बताएका छन् ।

अदालतले उनी अस्वस्थ भएको कुनै प्रमाण नभेटिएको भन्दै मुद्दाको फैसला अर्को महिनाका लागि सारेको छ । चामल खरिदका लागि अनुदान दिँदा उनले भ्रष्टाचार गरेको आरोपमा अदालतमा मुद्दा परेको थियो ।

एक पूर्व मन्त्रीलाई भने यो मुद्दामा दोषि ठहर गर्दै अदालतले ४२ वर्ष जेल सुनाएको छ । सिनावात्राले आफूले कुनै पनि अनियमितता नगरेको तर सैनिक सरकारले रिसइबी साँध्न झुठो मुद्दा लगाएको बताउँदै आएकी थिइन् । दोषी ठहर भएमा शिनावात्रले १० वर्षका लागि जेल सजाय भोग्नुपर्ने हुनसक्छ ।

(https://www.theseedpharm.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसकारण कर्मचारीकाे दशैँ तिहार खल्लाे हुने
यसकारण कर्मचारीकाे दशैँ तिहार खल्लाे हुने
दिगो विकास लक्ष्य हासिल गर्न अविकसित मुलुकलाई ठूलो चुनौती हाे : अर्थमन्त्री डा महत
दिगो विकास लक्ष्य हासिल गर्न अविकसित मुलुकलाई ठूलो चुनौती हाे : अर्थमन्त्री डा महत
ट्रम्पका छोराद्वारा रुसी अधिकारीसँगको इमेल सार्वजनिक ः अमेरिकामा नयाँ विषयमा बहस सुरु
ट्रम्पका छोराद्वारा रुसी अधिकारीसँगको इमेल सार्वजनिक ः अमेरिकामा नयाँ विषयमा बहस सुरु
मलेसियाबाट एक नेपाली चेलिको उद्वार, म्यनपावरले माग्याे हवाइभाडा
मलेसियाबाट एक नेपाली चेलिको उद्वार, म्यनपावरले माग्याे हवाइभाडा
मुख्यमन्त्री बन्ने दौडधुप,  को कहाँ कहाँ बाट बन्दै छन ?
मुख्यमन्त्री बन्ने दौडधुप, को कहाँ कहाँ बाट बन्दै छन ?
एमाले–माओवादी केन्द्रको कार्यदलले यस्तो गर्यो सहमति, टुङ्गो माघ ३ गते
एमाले–माओवादी केन्द्रको कार्यदलले यस्तो गर्यो सहमति, टुङ्गो माघ ३ गते
अन्तर्राष्ट्रिय बौद्ध धर्म (दोर्जे शुग्देन) सम्मेलन काठमाडौंमा सुरु
अन्तर्राष्ट्रिय बौद्ध धर्म (दोर्जे शुग्देन) सम्मेलन काठमाडौंमा सुरु
जसपाको विधान अधिवेशन सुरु
जसपाको विधान अधिवेशन सुरु
सत्ता गठबन्धनलाई बहुमत आउने प्रचण्डको दाबी
सत्ता गठबन्धनलाई बहुमत आउने प्रचण्डको दाबी
पुटिनको घोषणा : रुस बन्यो कोरोना भ्याक्सिन विकास गरी दर्ता गर्ने पहिलो मुलुक

तपाईंले छुटाउनुभयो कि?