प्रहरीको कुटाइबाट पत्रकार कार्की गम्भीर घाइते

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ २२, २०७६
|
|
५९ पटक हेरिएको
Shares

सारांश

  • सिन्धुली।
  • नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका छन्।
  • जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले गए राति पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्ष कार्कीलाई कुटपिट गरेका हुन्।

सिन्धुली। नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले गए राति पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्ष कार्कीलाई कुटपिट गरेका हुन्।

प्रहरीको कुटाइबाट घाइतेभएका कार्कीको सिन्धुलीमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लगिएको छ। शनिबार राति सिन्धुलीको शिवनगरको एक होटलमा खाजा खाँदै गर्दा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत काभ्रे खावा–६ घर भएका ३० वर्षीय प्रहरी हबल्दार सनमसिं लामा र काभ्रे पनौती–७ बस्ने २८ वर्षीय प्रहरी जवान विकास स्याङतानले विनाकारण योजनाबद्ध तरिकाले कुटपिट गरेका हुन्। अध्यक्ष कार्कीको टाउकोमा गम्भीर चोट लागेको सिन्धुली अस्पतालले जनाएको छ।

पत्रकार महासङ्घ सिन्धुली शाखा पूर्वअध्यक्ष मीनकुमार दाहालसँग कुरा गरिरहेका बेला प्रहरी हबल्दार सनम लामाले मोबाइलमा भिडियो कैद गरेको र भिडियो किन खिचेको डिलिट गर्नुस् भन्दा दुई प्रहरीले मोटरसाइकलको हेल्मेटलगायतका अन्य वस्तुले टाउकोमा हिर्काइ भागेको मीनकुमार दाहालले बताए। पहिला फोटो खिचेर बाहिर कतै पठाएको अनि पछि भिडियो खिच्ने बहाना बनाएर कुटपिट भएको उनको भनाइ छ। प्रहरीको कुटाइबाट आफू पनि सामान्य घाइते भएको उनले बताए।

नेपाल पत्रकार महासङ्घले घटनाको विरोध गर्दै घाइतेको उपचार र दोषीलाई कानूनी कारवाही गर्न माग गरेको छ। पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्षलाई प्रहरीले नै कुटपिट गरेको तर प्रहरी प्रमुख तथा प्रमुख जिल्ला अधिकारीबाट घटनाको विषयमा सन्तोषजनक सम्बोधन नभएको पत्रकार महासङ्घ सिन्धुलीका उपाध्यक्ष विमला पाण्डेले बताइन्।

यता जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राति नै पत्रकारले कार्यालय घेराउ गरेपछि प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले दुवै प्रहरी नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान गरेर दोषी भए कारवाही गर्ने बताएका छन्। घाइतेको उपचार गर्ने व्यवस्था मिलाउने प्रतिबद्धतासमेत उनले गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन मनाउन ‘निर्मल निवास’मा तयारी तीब्र
पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन मनाउन ‘निर्मल निवास’मा तयारी तीब्र
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : हल्का हिमपातको सम्भावना
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : हल्का हिमपातको सम्भावना
सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ : महासचिव गुटेरेस (पूर्णपाठ)
सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ : महासचिव गुटेरेस (पूर्णपाठ)
धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिको आह्वान
धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिको आह्वान
विपद्को जोखिममा रहेका बस्तीको नक्साङ्कन
विपद्को जोखिममा रहेका बस्तीको नक्साङ्कन
It’s not time to discuss about violence: Acting PM Pokharel
रुकुममा माओवादी केन्द्रका ५ वडा सदस्य निर्विरोध
रुकुममा माओवादी केन्द्रका ५ वडा सदस्य निर्विरोध
सीमा विवाद समाधानका लागि प्रधानमन्त्री तहबाट वार्ता थाल्न सुझाव
सीमा विवाद समाधानका लागि प्रधानमन्त्री तहबाट वार्ता थाल्न सुझाव
एनआईसी एशिया र युनाईटेड ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
एनआईसी एशिया र युनाईटेड ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
ओलम्पिक छनौटः आज नेपाल र म्यानमार भिड्ने
ओलम्पिक छनौटः आज नेपाल र म्यानमार भिड्ने

तपाईंले छुटाउनुभयो कि?