एनआईसी एशिया र युनाईटेड ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण १४, २०७५
|
|
६५ पटक हेरिएको
Shares
एनआईसी एशिया र युनाईटेड ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

सारांश

  •   काठमाडौ ।
  • एनआईसी एशिया बैंक र युनाईटेड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।
  • सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.

 

काठमाडौ । एनआईसी एशिया बैंक र युनाईटेड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु .प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्सको तर्फबाट का.मु प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका हुन् ।

 

अब बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएका बैंकको २३३ वटै शाखाहरुबाट सहज रुपमा युनाईटेड इन्स्योरेन्सको निर्जीवन बीमा पोलिसीहरु खरिद गर्न सकिने छ ।

 

बैंकको मुलुकभर २३३ शाखा कार्यालय, २२१ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

 

बैंकको वासलातको आकार १७५ अर्ब रुपैयाँ भन्दा बढि रहेको छ भने कुल निक्षेप करिब १५० अर्ब रुपैयाँ पुगेको छ । बैंकको कुलकर्जा करिब ११९ अर्ब रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?