प्रहरीलाइ फाेन गरेर अाफै पक्राउ पर्ने यी महासय !

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक २५, २०७५
|
|
३८ पटक हेरिएको
Shares
प्रहरीलाइ फाेन गरेर अाफै पक्राउ पर्ने यी महासय !

सारांश

  • बाजुरा, २५ कात्तिक ।
  •    १०० नम्बरमा फोन गरेर गलत सूचना दिने बाजुरा मार्तडीका वीरेन्द्र रावललाई प्रहरीले पक्राउ गरेको छ ।
  • सुरुमा आफैँ फोन गरेर गलत सूचना दिने र प्रहरी नपुगेको भन्दै गाली गर्ने गरेको प्रमाणका आधारमा रावललाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।

बाजुरा, २५ कात्तिक ।   १०० नम्बरमा फोन गरेर गलत सूचना दिने बाजुरा मार्तडीका वीरेन्द्र रावललाई प्रहरीले पक्राउ गरेको छ । सुरुमा आफैँ फोन गरेर गलत सूचना दिने र प्रहरी नपुगेको भन्दै गाली गर्ने गरेको प्रमाणका आधारमा रावललाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।

प्रहरीले जनसेवाका लागि टोल फ्रि नम्बरका रूपमा १०० नम्बरलाई जारी गरेको छ ।
सुवेदी श्रेष्ठ बोलेको भन्दै प्रहरीलाई गाली गर्ने, झुटो खबर दिने र धम्की दिने गरेकाले बडिमालिका नगरपालिका–८ बस्ने २३ वर्षीय वीरेन्द्र रावललाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया सुरु गरिएको प्रहरी नायब उपरीक्षक भाटले बताए । गलत मानसिकता र नियत राखी सुरक्षा निकायमाथि नै अविश्वास गर्ने खालको गतिविधि, आचरण देखाएको र गाली गरेकाले रावलमाथि सार्वजनिक अपराधसम्बन्धी मुद्दामा कारबाही गर्ने तयारी गरिएको भाटले जानकारी दिए ।

जय मालिका यातायात प्रालिको जिप काउन्टरमा काम गर्दै आएका रावलले आफ्नो र अरुको मोबाइल प्रयोग गरेर विगत केही सातादेखि प्रहरीलाई गलत सूचना दिँदै आएको प्रहरीले बताएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रामेछाप सास्कृतिक कलाकार समाजको अध्यक्षमा प्रकाश कटुवाल सर्वसम्मत चयन
रामेछाप सास्कृतिक कलाकार समाजको अध्यक्षमा प्रकाश कटुवाल सर्वसम्मत चयन
‘मन्त्रिपरिषदको हेरफेर स्वेच्छाचारी’ भन्दै त्रिपाठीले दायर गरेको मुद्दा
‘मन्त्रिपरिषदको हेरफेर स्वेच्छाचारी’ भन्दै त्रिपाठीले दायर गरेको मुद्दा
जो बाइडन र सी जिन्पिङको क्यालिफोर्निया भेटबाट के अपेक्षा गर्न सकिन्छ?
जो बाइडन र सी जिन्पिङको क्यालिफोर्निया भेटबाट के अपेक्षा गर्न सकिन्छ?
मन्त्री सिंहको पार्थिव शरीर धनगढी रङ्गशालामा
मन्त्री सिंहको पार्थिव शरीर धनगढी रङ्गशालामा
पाँच पत्रकार घाइते, अभिव्यक्ति स्वतन्त्रताको ठाडो हस्तक्षेप : महासङ्घ
पाँच पत्रकार घाइते, अभिव्यक्ति स्वतन्त्रताको ठाडो हस्तक्षेप : महासङ्घ
बलात्कारपछि हत्या गर्नेलाई जन्मकैदको फैसला
बलात्कारपछि हत्या गर्नेलाई जन्मकैदको फैसला
२३ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सकियो मगरात सम्मेलन
२३ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सकियो मगरात सम्मेलन
आइसक्रिम चाटेर स्टोरमा राख्ने महिलालाई २० बर्षको जेल सजाए
आइसक्रिम चाटेर स्टोरमा राख्ने महिलालाई २० बर्षको जेल सजाए
१० वर्षपछि फर्कियो खोलोः नारायण वाग्ले फेरि कान्तिपुरमा
१० वर्षपछि फर्कियो खोलोः नारायण वाग्ले फेरि कान्तिपुरमा
स्वास्थ्य मन्त्रालयमा ब्रम्हलुटः कमिसन खान हचुवामा खरिद
स्वास्थ्य मन्त्रालयमा ब्रम्हलुटः कमिसन खान हचुवामा खरिद