२३ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सकियो मगरात सम्मेलन

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन १८, २०७४
|
|
३९ पटक हेरिएको
Shares
२३ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सकियो मगरात सम्मेलन

सारांश

  • काठमाडौं, १८ फागुन ।
  • “पहिचानसहितको संघीयता र मगरात स्वायत्त प्रदेश स्थापनाका लागि संविधान संशोधनः सामाजिक न्याय तथा पूर्ण समानुपातिक प्रतिनिधित्वको पक्षमा २६ औं राष्ट्रिय सम्मेलन” भन्ने मूलनाराका साथ नेपाल मगर सङ्घले राजधानीमा आयोजना गरेको तीनदिने “२६ औं राष्ट्रिय सम्मेलन तथा मगरात सम्मेलन २०७४” २३ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।
  • राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी मगरात सम्मेलन सकिएको जानकारी गराइएको थियो ।

काठमाडौं, १८ फागुन । “पहिचानसहितको संघीयता र मगरात स्वायत्त प्रदेश स्थापनाका लागि संविधान संशोधनः सामाजिक न्याय तथा पूर्ण समानुपातिक प्रतिनिधित्वको पक्षमा २६ औं राष्ट्रिय सम्मेलन” भन्ने मूलनाराका साथ नेपाल मगर सङ्घले राजधानीमा आयोजना गरेको तीनदिने “२६ औं राष्ट्रिय सम्मेलन तथा मगरात सम्मेलन २०७४” २३ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी मगरात सम्मेलन सकिएको जानकारी गराइएको थियो ।

संघका अध्यक्ष नवीन रोकामगरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा महासचिव ज्ञानेन्द्र पुनमगरले घोषणापत्र पढेर सुनाएका थिए । पत्रकारहरुले सोधेका प्रश्नको जवाफ अध्यक्ष नवीन रोकामगरले दिएका थिए । घोषणापत्रको पूर्णपाठ :

काठमाडौं घोषणापत्र– २०७४

पत्रकार मित्रहरु
“पहिचान सहितको संघीयता र मगरात स्वायत्त प्रदेश स्थापनाका लागि संविधान संशोधनः सामाजिक न्याय तथा पूर्ण समानुपातिक प्रतिनिधित्वको पक्षमा २६ औं राष्ट्रिय सम्मेलन” भन्ने मूल नाराका साथ नेपाल मगर सङ्घको यही मिति २०७४ फाल्गुन १५, १६ र १७ गते काठमाडौमा सम्पन्न “२६ औं राष्ट्रिय सम्मेलन तथा मगरात सम्मेलन २०७४” सपलतापूर्वक सम्पन्न गरी जारी गरिएको २३ बुुँदे काठमाडौं घोषणा पत्र २०७४ सार्वजनिक गरिएको छ ।
१. तीन चिरा पारिएको मगरात आदिभूमिलाई एक ठाउँमा राखेर आठौं प्रदेश मुख्य लक्ष्य राख्दै मगरातको पक्षमा “एक घर एक मगर एक मगर एक रुपैयाँ” अभियान स्वदेश तथा विदेशमा व्यापक सञ्चालन गर्ने ।
२) नेपाल मगर संघको “जहाँ मगर त्यहाँ मगर संघ, जहाँ मगर पहिचान त्यहाँ मगरात स्वायत्त शासन” भन्ने सांगठनिक अभियानको नारासहित प्रत्येक मगर वस्ती वस्तीसम्म संघको सांगठनिक संरचना बनाउँदै मगरको साझा मुद्दाहरु जनस्तरसम्म प्रवाह गर्ने ।
३) आत्मनिर्णयको अधिकारसहितको मगरात स्वायत्त प्रदेश स्थापनाको लागि स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मगर समुदायलाई संघमा गोलबन्द गर्दै मगरातबासी सबै जनसमुदायलाई मगर सवालहरुमा सुसूचित गर्ने अभियान चलाउन यस सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ ।
४) वर्तमानको संघीय संरचनामा प्रस्तावित ४ नम्बर, ५ नम्बर र ६ नम्बर प्रदेशको नामाकरण गर्दा प्रदेश नं. ४ लाई मगरात–तमुवान, प्रदेश नं. ५ लाई मगरात थरुहट र प्रदेश नं. ६ लाई मगरात खसान नामाकरण गर्न माग गर्दछ ।
५) मगर भाषिक र साँस्कृतिक विकास अभियान व्यापक चलाउँदै स्थानीय तह, जिल्ला तह र प्रदेश तह जहाँ मगरहरुको सघन बसोबास रहेको क्षेत्रहरुको सरकारी निकायहरुमा मगर भाषालाई सरकारी कामकाजको भाषा बनाई कार्यान्वयन गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।
६) नेपाल मगर संघको साँगठनिक संरचनालाई चुष्तदुरुस्त बनाउन गाउँपालिका÷नगरपालिका र वडा तहसम्म विस्तार गर्दै उक्त समितिहरुको क्रियाशीलता र गतिशीलता बढाउन स्थानीय तह, प्रदेश तह हुँदै केन्द्रीय तहसम्म परिचालन गर्दै तीन प्रकारको सदस्यता (साधारण, क्रियाशील, आजीवन) वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
७) नेपालको संविधान २०७२ लाई संशोधन गरी आदिवासी जनजातिहरुको पक्षमा पहिचान र अधिकारसहितको ११ प्रदेश संघीय प्रदेश बनाउन पहलकदमी गर्ने ।
८) समानता समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र लगायतका मुद्दाहरु संस्थागत गर्न आन्दोलन जारी राख्ने ।
९) आदिवासी जनजाति आन्दोलनलाई सशक्त प्रभावकारी बनाउन हरेक जातीय संगठनहरुसँग सम्पर्क समन्वय गर्ने र राजनैतिक पार्टीहरुसँग पनि अप्mनो मुद्दाबारेमा लविङ गरी राख्ने ।
१०) मगर परम्परागत सामाजिक प्रथा संस्कार संस्कृति, भाषा र धर्मलाई संस्थागत गरी राज्यद्वारा संरक्षण, सम्वद्र्धन र मान्यता स्थापित गर्दै मगरहरुको प्रथाजनित कानुनलाई वैधता प्रदान गर्न राज्यसँग जोडदार माग गर्दछ ।
११) नेपाल मगर संघको केन्द्र्रीय कार्यालयमा प्रथम सहिद लखन थापामगर, सस्थापक अध्यक्ष हेमबहादुर पुनमगर र पूर्व अध्यक्ष गोरेबहादुर खपाङ्गीमगरको अर्धकदको शालिक बनाउँदै केन्द्रीय कार्यालयलाई व्यवस्थित र प्रभावकारी बनाउने ।
१२) साझा मगर विचार र सामाजिक भावनालाई समयसापेक्ष संयोजन गरी अधिकार प्राप्तिको नजिक पुर्याउन संयुक्त मगर मञ्च नेपाल र मगरात संघर्ष समितिद्वारा पहल गर्ने ।
१३) संयुक्त राष्ट्रसंघले घोषणा गरेको अन्तर्राष्ट्रिय श्रमसंगठन अभिसन्धि नम्वर १६९ लगायतका आदिवासी सम्वन्धी सम्झौताहरु लागू गराउन नेपाल सरकारलाई दवाव दिने ।
१४) प्रथम सहिद लखन थापामगरलाई नेपालको राष्ट्रिय विभूति बनाउँदै उनको जीवनी हरेक तहको पाठ्यपुस्तकमा राख्न लगाई उहाँले सहादत प्राप्त गरेको दिन फागुन २ गतेलाई सार्वजनिक विदा दिन र उहाँको तस्बीरलाई सबै सरकारी कार्यालयमा राख्न सरकारलाई दवाव दिन पहल गर्ने ।
१५) मगरहरुको मूर्त अमूर्त सँस्कृतिहरुको सम्पदा बचाउन वा भाषिक विश्वविद्यालय स्थापना गरी मातृभाषामा पठनपाटन गराउने । त्यसैगरी मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउन संबन्धित तहको सरकारहरुलाई दवाब दिन पहल गर्ने ।
१६) भू.पू. गोर्खाहरुको न्याय प्राप्तिको लागि संघले हरदम पहल र समर्थन गर्दै सम्पूर्ण न्यायपूर्ण आन्दोलनसँग सहकार्य गरी समर्थन गर्ने पनि हाम्रो कार्ययोजना र कार्यदिशाका अंश हुन् ।
१७) मगरात आन्दोलनको केन्द्र मगरात भूमिमा नै केन्द्रीत गरेर देशव्यापीरुपमा मगरात आन्दोलनको पक्षमा अभियान सञ्चालन गर्ने ।
१८) स्वदेश तथा विदेशमा मगरात साँस्कृतिक अभियान सञ्चालन गरेर जागरण ल्याउने ।
१९) मगर समुदायको आर्थिक समृद्धि र शैक्षिक जागरणका लागि अभियान चलाउने ।
२०) विश्वका स्थायी बासिन्दा मगर समुदायको साझा सञ्जाल निर्माण गर्न नेपाल मगर संघले पहल गर्ने ।
२१) राज्यको हरेक तहमा जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्वका लागि लडिराख्ने साथै निर्वाचन प्रणालीमा समानुपातिक समावेशीको नाममा भएको विकृतिलाई हटाउन पहल गर्ने ।
२२) आत्मसम्मान, अस्तित्व, समानता, अधिकार र समृद्धि मगर जाति तथा मगर समाज सहितको नेपाली समाज र देशको विकास तथा समृद्धिका लागि सदा लागि पर्ने साथै राष्ट्रिय स्वाधीनता र स्वाभिमानका लागि लडिराख्ने ।
२३) सम्मेलनमा स्वदेश तथा विदेशबाट सहभागी हुनुहुने प्रतिनिधिहरु, सल्लाहकारहरु, संरक्षकहरु, सहयोगीहरु, स्वयंसेवक, पत्रकार, कलाकार लगायतका सहयोगीहरुलाई धन्यवादसहित सम्मेलनले गरेका निर्णयहरुलाई कार्यान्वयन गर्नका लागि समेत सहयोगको अनुरोध गर्दछ ।
जय नेपाल मगर संघ । जय मगरात संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल ।।
धन्यवाद ।

नबीन रोकामगर
अध्यक्ष

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उद्योग वाणिज्य संघद्वारा यू ट्युब च्यानल सञ्चालन
उद्योग वाणिज्य संघद्वारा यू ट्युब च्यानल सञ्चालन
बीस वर्षपछि महिलालाई मृत्युदण्ड
बीस वर्षपछि महिलालाई मृत्युदण्ड
जिसस प्रमुख, मेयर, अधिकृत स्कुलको बसमा जन्ती हिडेपछि …
जिसस प्रमुख, मेयर, अधिकृत स्कुलको बसमा जन्ती हिडेपछि …
विकास र पूर्वाधारको स्रोत पहिल्याउँदै प्रदेश नं ५ सरकार
विकास र पूर्वाधारको स्रोत पहिल्याउँदै प्रदेश नं ५ सरकार
Nepal to be made self-dependent on basic food grains within 2 years- Leftist Alliance’s Manifesto
Nepal to be made self-dependent on basic food grains within 2 years- Leftist Alliance’s Manifesto
प्रधानमन्त्रीको काम बजेट दिनेमात्रै हो,जलहरी प्रकरणमा मेरो सम्बन्ध : छैन्   ओली
प्रधानमन्त्रीको काम बजेट दिनेमात्रै हो,जलहरी प्रकरणमा मेरो सम्बन्ध : छैन् ओली
फास्ट ट्रयाक डिपिआरको काम शुरु !
क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरसको संक्रमणपछि दम्पत्ति क्वारेन्टाइनमा
क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरसको संक्रमणपछि दम्पत्ति क्वारेन्टाइनमा
माओवादी कार्यकर्ताहरु दिनभरि प्रचण्डसँग मिटिङ्गमा, रात परेपछि पाण्डेसँग सेटिङ्गमा !
माओवादी कार्यकर्ताहरु दिनभरि प्रचण्डसँग मिटिङ्गमा, रात परेपछि पाण्डेसँग सेटिङ्गमा !
ट्राफिक प्रहरी भन्छन्, तलबले लुगा धुने कि पेट पाल्ने
ट्राफिक प्रहरी भन्छन्, तलबले लुगा धुने कि पेट पाल्ने

तपाईंले छुटाउनुभयो कि?