प्रहरी कार्यालय भित्रै शव फेला, झुण्डिएको कि झुन्ड्याइएको?

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ ११, २०७५
|
|
५७ पटक हेरिएको
Shares
प्रहरी कार्यालय भित्रै  शव फेला, झुण्डिएको कि झुन्ड्याइएको?

सारांश

  • गुलरिया (बर्दिया) , ११ जेठ ।
  •  जिल्ला प्रहरी कार्यालय बर्दियाको क्यान्टिनमा शव भेटिएको छ ।
  • जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको हो ।

गुलरिया (बर्दिया) , ११ जेठ । जिल्ला प्रहरी कार्यालय बर्दियाको क्यान्टिनमा शव भेटिएको छ ।

जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय भित्रै झुण्डिएको अवस्थामा शव फेला परेकाले हत्या वा आत्महत्या के हो भन्ने बारेमा अनुसन्धान गरिरहेको प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

श्रेष्ठको शव परीक्षणका लागि जिल्ला अस्पताल गुलरियामा लगिएको छ । प्रहरी कार्यालयमै भएको झयस्तो घटना रहस्यमय भएको र शान्ति सुरक्षामा पनि आशंका उब्जन सक्ने देखिएको छ ।

उनी सोही क्यान्टिनमा काम गर्ने बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?