प्रियंका र निककाे विवाह मण्डपमा हेलिप्याड, यसरी गर्दैछन् विवाह

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर १०, २०७५
|
|
५२ पटक हेरिएको
Shares
प्रियंका र निककाे विवाह मण्डपमा हेलिप्याड, यसरी गर्दैछन् विवाह

सारांश

  • अभिनेत्री प्रियंका चोपडा उनीभन्दा १० वर्ष कान्छा प्रेमी तथा अमेरिकन गायक निक जोनसका साथ यही डिसेम्बर २ र ३ मा विवाह गर्दैछिन् ।
  • यो जोडीको विवाह भारतको जोधपुरमा रहेको उम्मेद भवन प्यालेसमा हुनेछ ।
  • खबरहरुका अनुसार प्रियंका र उनका हुनेवाला दुलाहा निक हेलिकप्टरबाट विवाहस्थलमा जानेछन् ।

अभिनेत्री प्रियंका चोपडा उनीभन्दा १० वर्ष कान्छा प्रेमी तथा अमेरिकन गायक निक जोनसका साथ यही डिसेम्बर २ र ३ मा विवाह गर्दैछिन् । यो जोडीको विवाह भारतको जोधपुरमा रहेको उम्मेद भवन प्यालेसमा हुनेछ । खबरहरुका अनुसार प्रियंका र उनका हुनेवाला दुलाहा निक हेलिकप्टरबाट विवाहस्थलमा जानेछन् । यतिमात्रै होइन यो जोडीको विवाहमा सहभागी हुने पाहुनाहरुलाइसमेत जोधपुरको एयरपोर्टबाट हेलिकप्टरमार्फत विवाहस्थलमा लैजाने व्यवस्था गरिएको छ ।

अहिले प्यालेसमा एउटा हेलिप्याडको तयारी गरिँदैछ ।

प्रियंका र निकले २९ नोभेम्बर र ३ डिसेम्बरका लागि एउटा हेलिकप्टर बुक गरेका छन् । हेलिकप्टरले जोधपुर एयरपोर्टदेखि उम्मेद भवन प्यालेससम्मका पाहुनाहरुका लागि ५ देखि ६ राउण्ड लगाउनेछ । प्रियंका र निकको मेहन्दी र संगीतको कार्यक्रम २९ नोभेम्बरमा हुनेछ । संगीतको कोरियोग्राफ गणेश हेगडेले गरिरहेका छन् । संगीतमा प्रियंकाले उनी अभिनित हिन्दी फिल्मका गीतमा प्रस्तुति दिनेछिन् भने प्रियंकाको लागि दुलहा निकले आफ्नो ग्रुपकासाथ अंग्रेजी तथा हिन्दी गीत गाउनेछन् । यसैगरी ३० नोभेम्बरमा प्रियंका र निकले आफ्ना नजिकका साथी तथा परिवारजनका लागि ककटेल पार्टीको आयोजना गर्नेछन् । डिसेम्बर १ मा ‘हल्दी’ कार्यक्रम रहेको छ । प्रियंका र निकले २ वटा धर्मको रीतिरिवाज अनुसार विवाह गर्नेछन् ।

डिसेम्बर २ मा हिन्दु र डिसेम्बर ३ मा क्रिश्चियन रीतिरिवाजमा विवाह हुनेछ । प्रियंका उनको हिन्दु रीतिरिवाजमा हुने विवाहका दिन डिजाइनर अबुजानी र सन्दीप खोसलाले डिजाइन गरेको पहिरन लगाउन छिन् भने क्रिश्चियन विवाहमा राल्फ लरेनको ड्रेस लगाउनेछिन् । विवाहपछि प्रियंका चोपडा र निक जोनसले २ वटा रिसेप्शन दिनेछन् । एउटा रिसेप्शन दिल्लीमा आयोजना हुनेछ । जहाँ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राजनेताहरुलाई आमन्त्रण गरिनेछ । दोस्रो रिसेप्सन मुम्बईमा हुनेछ । जहाँ सलमान खान र उनको परिवार, आलिया भट्ट, रणवीर कपूर, कट्रिना केफ, फरहान अख्तरलगायत बलिउडका कलाकारहरु सहभागी हुनेछन् । तर रिसेप्सन पार्टीको मिति भने अहिले सार्वजनिक गरिएको छैन ।  हालै विवाह बन्धनमा बाँधिएका दीपिका र रणवीरको विवाहको तस्बिरका लागि मिडिया तथा फ्यानहरुले केही समयसम्म पर्खनु परेको थियो । यही कुरा प्रियंकाको विवाहमा पनि दोहोरिने छ । प्रियंका र निकका साथै विवाहमा सहभागी पाहुनाहरुसमेत हेलिकप्टरमार्फत विवाहस्थलमा जाने भएकाले प्रियंका र निकका विवाहको तस्बिर ढिलो सार्वजनिक हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किन परिवर्तन भयो रबिन्द्र मिश्रको पार्टीको नाम !
किन परिवर्तन भयो रबिन्द्र मिश्रको पार्टीको नाम !
राष्ट्रपति भण्डारी तथा युवराज अल नेह्यानबीच औपचारिक वार्ता
राष्ट्रपति भण्डारी तथा युवराज अल नेह्यानबीच औपचारिक वार्ता
यस्तो पो वडा कार्यालय, जसले बाँड्यो ८० नाघेका २० जना बाआमालाई न्यानो कपडा
यस्तो पो वडा कार्यालय, जसले बाँड्यो ८० नाघेका २० जना बाआमालाई न्यानो कपडा
राजधानीमा कहिले आउँछ मेलम्चीको पानी ?
राजधानीमा कहिले आउँछ मेलम्चीको पानी ?
तनहुँमा रोचक चुनावी भिडन्त: एक बहालवाला सहित तीन पुर्वमन्त्री मैदानमा
तनहुँमा रोचक चुनावी भिडन्त: एक बहालवाला सहित तीन पुर्वमन्त्री मैदानमा
२३ जना कोरोना सङ्क्रमितको अवस्था गम्भीर
पोखरामा नयाँ वर्षको स्वागतमा पर्यटक भरिभराउ
पोखरामा नयाँ वर्षको स्वागतमा पर्यटक भरिभराउ
चुनावी पराजयपछि कांग्रेस लाग्यो जुत्ता पालिसको राजनीतिमा
चुनावी पराजयपछि कांग्रेस लाग्यो जुत्ता पालिसको राजनीतिमा
ओलीले भने,  बाँधहरुको सम्वन्धमा सरकारले गम्भीरतापूर्वक भारत सरकारसँग कुरा गर्नुपर्छ ।
ओलीले भने, बाँधहरुको सम्वन्धमा सरकारले गम्भीरतापूर्वक भारत सरकारसँग कुरा गर्नुपर्छ ।
नवजात शिशुसहित सुत्केरीको मत्युपछि मनिपाल अस्पतालमा तनाब
नवजात शिशुसहित सुत्केरीको मत्युपछि मनिपाल अस्पतालमा तनाब

तपाईंले छुटाउनुभयो कि?