प्रेमिकासँग बस्न डाक्टरले आफै गरे अपहरणको नाटक, अन्ततः प्रहरीको फन्दामा

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन १०, २०७५
|
|
४७ पटक हेरिएको
Shares
प्रेमिकासँग बस्न डाक्टरले आफै गरे अपहरणको नाटक, अन्ततः प्रहरीको फन्दामा

सारांश

  • काठमाडौं, १० असोज ।
  • मंगलबार साँझ सिरहाको लहानबाट अपहरण भएको भनिएका सप्तरी मल्हनिया– २ का डा.
  • सुभाष यादवलाई राति ११ बजे प्रहरीले फेला पारेको छ ।

काठमाडौं, १० असोज । मंगलबार साँझ सिरहाको लहानबाट अपहरण भएको भनिएका सप्तरी मल्हनिया– २ का डा. सुभाष यादवलाई राति ११ बजे प्रहरीले फेला पारेको छ । सर्लाहीको नवलपुरमा भेटिएका डाक्टरले आफ्नी प्रेमिकासँग बस्नका लागि अपहरण शैलीमा भाग्न खोजेको रहस्य खुलेको छ ।

अर्की युवतीसँग प्रेम विवाह गरेको थाहा पाएर उनकी श्रीमती र ससुरालीले त्यो सम्बन्ध छुट्याउनका लागि डाक्टर यादवलाई एक महिनादेखि लहानमै राखेका थिए । मंगलबार साँझ बजार घुम्न निस्किएका डाक्टर जीपमा चढेर एकाएक गायब भएका थिए ।

डाक्टरसँग सम्पर्क हुन छोडेपछि उनका आफन्तले अपहरणमा परेको हुनसक्ने भन्दै प्रहरीमा खबर गरेका थिए । प्रहरीले जानकारी पाएलगतै खोजी कार्य थालेको थियो । डाक्टर सवार जीप पश्चिमतर्फ गएको थाहा पाएर सबै प्रहरी चौकीमा उनको फोटो पठाइएको थियो ।

डाक्टर यादवले बीच बाटोमै जीप छोडेर मोटरसाइकलमा चढी हेटौडा जाँदै गरेको अवस्थामा सर्लाहीको नवलपुरमा चेकजाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । डाक्टर यादवलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ । उनी जिल्ला अस्पताल हेटौंडा र त्यहींको अर्को सहकारी अस्पतालमा कार्यरत छन् । यादवसँगै उनलाई भाग्न सहयोग गर्ने एक सहयोगीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनले हेटौडा–९ की सपना यादवसँग प्रेम विवाह गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी माधवराज खरेलले बताए । खरेलका अनुसार यादवलाई श्रीमतीले कान्छी श्रीमतीसँगको सम्बन्ध छुटाउनका लागि लहान ल्याएर राख्दा उनी अपहरण शैलीमा भाग्न खोजेका हुन् । उनीमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं उपत्यकाका विभिन्न आठ नगरपालिका मेयरमा कांग्रस एमालेको चार चार नगरपालिकामा अग्रता
काठमाडौं उपत्यकाका विभिन्न आठ नगरपालिका मेयरमा कांग्रस एमालेको चार चार नगरपालिकामा अग्रता
जनकपुरमा सार्वजनिक भएको अभिव्यक्ति अनुपयुक्त: प्रधानमन्त्री ओली
इजराइलमा मृत्यु हुनेको सङ्ख्या १२ सय पुग्यो : सेना
इजराइलमा मृत्यु हुनेको सङ्ख्या १२ सय पुग्यो : सेना
भारतले माल्दिभ्सलाई पनि अघोषित नाकाबन्दी
भारतले माल्दिभ्सलाई पनि अघोषित नाकाबन्दी
प्रधानमन्त्री निवास फिर्ता
प्रधानमन्त्री निवास फिर्ता
विश्व बाघ दिवस : बाघको सङ्ख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती
विश्व बाघ दिवस : बाघको सङ्ख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती
सरकारले ‘सिन्कोसम्म नभाँचेको’ राणाको आरोप
जनताले अनुभूति गर्ने काम गर्न सुझाव
एक वर्षमा दुई अर्बको इन्टरनेट खरिद, चीनबाट ल्याउने यस्तो तयारी
एक वर्षमा दुई अर्बको इन्टरनेट खरिद, चीनबाट ल्याउने यस्तो तयारी
घरदैलोमै नापी र मालपोत सेवा: थप चार स्थानीय तहमा सेवा विस्तार, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो
घरदैलोमै नापी र मालपोत सेवा: थप चार स्थानीय तहमा सेवा विस्तार, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

तपाईंले छुटाउनुभयो कि?