ब्लाङ्केट र ज्याकेट लिएर सप्तरी पुग्यो अखिल क्रान्तिकारी

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ ३, २०७४
|
|
३७ पटक हेरिएको
Shares
ब्लाङ्केट र ज्याकेट लिएर सप्तरी पुग्यो अखिल क्रान्तिकारी

सारांश

  • सप्तरी,माघ ३ ।
  • नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकाे केन्द्रीय टिम सरकारी टाेली नपुग्दै चिसो र शितलहर पीडित ३ सय परिवारलाई न्यानो कपडा लिएर सप्तरी पुगेका छन् ।
  • अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रञ्जित तामाङकाे नेतृत्वमा पुगेकाे टिम सरकार नपुग्दै सप्तरी पुगी चिसाे र शीतलहर पीडितलार्इ ब्यल्याङकेट र ज्याकेट बाँडेका हुन् ।

सप्तरी,माघ ३ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकाे केन्द्रीय टिम सरकारी टाेली नपुग्दै चिसो र शितलहर पीडित ३ सय परिवारलाई न्यानो कपडा लिएर सप्तरी पुगेका छन् ।

अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रञ्जित तामाङकाे नेतृत्वमा पुगेकाे टिम सरकार नपुग्दै सप्तरी पुगी चिसाे र शीतलहर पीडितलार्इ ब्यल्याङकेट र ज्याकेट बाँडेका हुन् । राजविराज नगरपालिका वडा नम्बर १३ को विषहरिया टोलमा १ सय ५० परिवारलाई र तिरहुत गाउँपालिकाको लोहजारा टोलका थप १ सय ५० परिवारलाई राहत स्वरुप एक-एक वटा ब्लाङ्केट र एक-एक वटा ज्याकेट दिइएको क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए।

कार्यक्रममा क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङले भने, ‘हामी शितलहरले आक्रान्त परिवारको दु:ख साट्न र सरकारलाई घच्घच्याउन यहाँ आएका हौं ।’ तामाङले काठमाडौं फर्किएर सरकारको ध्यानाकर्षण गराउने बताए।

पीडितलाई दिइएको राहत काठमाडौंका विभिन्न सहयोगीबाट संकलन गरिएको न्यानो संकलन तथा वितरण समितिका संयोजक एवम् अखिल क्रान्तिकारीका उपाध्यक्ष इन्द्र भुषालले जानकारी दिए।

न्यानो वितरण कार्यक्रममा क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ल, क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ, उपाध्यक्षत्रय सुरेन्द्र बस्नेत, विजय गौतम, इन्द्र भुषाल तथा माओवादी केन्द्रका जिल्ला संयोजक अशोककुमार मण्डललगायतको उपस्थिति थियोे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सनराइज बैंकले साढे ११ प्रतिशत लाभांश दिने
सनराइज बैंकले साढे ११ प्रतिशत लाभांश दिने
पूर्वप्रधानमन्त्री चन्दको गाउँमा राप्रपाले खाता खोल्यो
पूर्वप्रधानमन्त्री चन्दको गाउँमा राप्रपाले खाता खोल्यो
अख्तियार प्रमुख लोकमानसिंह कार्कीको गतिविधि मर्यादा विपरित : मन्त्री थापा
धादिङमा गुण्डागर्दि मौलायो: खाजा खाँदै गरेका युवामाथि तरबार प्रहार गरी सांघातिक आक्रमण
धादिङमा गुण्डागर्दि मौलायो: खाजा खाँदै गरेका युवामाथि तरबार प्रहार गरी सांघातिक आक्रमण
बङ्गबन्धुमा नेपालको पहिलो भेट ताजाकिस्तानसँग
बङ्गबन्धुमा नेपालको पहिलो भेट ताजाकिस्तानसँग
प्रधानमन्त्री प्रचण्ड र साउदीका राजदूत बीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र साउदीका राजदूत बीच भेटवार्ता
आज मकर संक्रान्ति, आजबाट दिन लामो रात छोटो हुँदै जाने
आज मकर संक्रान्ति, आजबाट दिन लामो रात छोटो हुँदै जाने
काँग्रेस उम्मेदवार र नगर प्रमुखसहित चारजनाको घरजग्गा विप्लवको नियन्त्रणमा
काँग्रेस उम्मेदवार र नगर प्रमुखसहित चारजनाको घरजग्गा विप्लवको नियन्त्रणमा
प्रचण्ड र बाबुरामलाई पुर्बजनमुक्ति सेनाको प्रश्नै-प्रश्नहरुको चाङ
चुनावमा सुरक्षा चुनौती छैनः गृहमन्त्री शर्मा
चुनावमा सुरक्षा चुनौती छैनः गृहमन्त्री शर्मा

तपाईंले छुटाउनुभयो कि?