प्रेमिसंग मिलेर पतिकाे घाटी थिचेर हत्या
सारांश
- कैलाली, ८ साउन।
- कैलालीको भजनी नगरपालिका ९ भुरुवाकी एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेकी छन् ।
- निर्मला राजीले प्रेमी दिलिप राजीसँग मिलेर पति नन्दु राजीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय भजनीका प्रमुख, प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए ।
कैलाली, ८ साउन। कैलालीको भजनी नगरपालिका ९ भुरुवाकी एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेकी छन् । निर्मला राजीले प्रेमी दिलिप राजीसँग मिलेर पति नन्दु राजीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय भजनीका प्रमुख, प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए । घटनामा संलग्न दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक चन्दले बताए ।
मृतक राजी साउन ४ गते रातिदेखि हराएका थिए । उनको शव घरबाट करिब १ किलोमिरको दुरिमा रहेको प्रतिक्षा सामुदायिक वनमा बोरामा हालेर खाल्डोमा गाडेको अवस्थामा फेला परेको थियो ।
राजीको शव पोष्टमार्टमा लागि टीकापुर अस्पतालमा पुर्याइएको छ ।
यसरी भयो घटना‘
प्रहरीका अनुसार नन्दु सुर्खेतबाट केही दिन अघि मात्रै घरमा आएका थिए ।
श्रीमतीको सम्बन्ध अन्य केटासँग रहेको थाहा पाएपछि साउन ४ गते राति उनले श्रीमतीलाई कुटपिट गरे । अर्को कोठामा सुत्न गए ।नन्दु अर्को कोठामा गएपछि श्रीमतीले प्रेमी दिलिपलाई बोलाएर ठेगान लगाउने योजना बनाइन् ।सोही योजना अनुसार घाटी थिचेर हत्या गरेको र हातखुट्टा बाँधी बोरामा हालेर घर नजिकैको वनमा गाडेको दुबैजनाले स्वीकार गरेका छन् ।
नन्दु घरमा नभएको बेला दिलिपलाई निर्मलाको घरमा देखेपछि स्थानीयले यही साउन ६ गते नजिकैको प्रहरी चौकीमा पुगी सम्झाइदिन अनुरोधसमेत गरेका थिए ।
प्रहरीले दिलिपलाई बोलाएर श्रीमान नभएको बेला निर्मलाको घरमा किन गएको भनेर सोध्दा निर्मलाले बोलाएर गएको जवाफ दिएका थिए । आइन्दा नजाने बताएपछि प्रहरीले दिलिपलाई छोडेको थियो । तर, घरमा आएको नन्दु तीनरचार दिनदेखि हराएपछि स्थानीयले प्रहरी चौकीमा खबर गरेका थिए ।
प्रहरीले निर्मलालाईसमेत बोलाएर सोधपुछ गर्दा हाउभाउ र प्रतिक्रिया चित्त नबुझेको भन्दै दिलिपलाईसमेत नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि घटनाको रहस्य खुलेको प्रहरी निरीक्षक चन्दले बताए ।
प्रतिक्रिया