फर्पिङबाट राजधानी भित्रिँदै लागुऔषध

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण १९, २०७६
|
|
४७ पटक हेरिएको
Shares
फर्पिङबाट राजधानी भित्रिँदै लागुऔषध

सारांश

  • काठमाडौँ ।
  • प्रहरीले काठमाडौँको थानकोट नाकाबाट दैनिकजसो लागुऔषध बरामद गरी कारोवारीलाई पक्राउ गर्दै आएको छ।
  • काठमाडौँ उपत्यकाका अन्य नाकाबाटसमेत लागुऔषध भित्रिने गरे पनि प्रहरीले अन्य क्षेत्रमा प्रभावकारीरुपमा जाँच गर्न सकेको छैन।

काठमाडौँ । प्रहरीले काठमाडौँको थानकोट नाकाबाट दैनिकजसो लागुऔषध बरामद गरी कारोवारीलाई पक्राउ गर्दै आएको छ।काठमाडौँ उपत्यकाका अन्य नाकाबाटसमेत लागुऔषध भित्रिने गरे पनि प्रहरीले अन्य क्षेत्रमा प्रभावकारीरुपमा जाँच गर्न सकेको छैन।हेटौँडाबाट काठमाडौँ भित्रिने नाका फरपिङबाट लागुऔषध भित्रिने गरेको पाइएको छ।

त्यसैले सो क्षेत्रमासमेत प्रहरीले कडाइ गर्न शुरु गरेको छ। इलाका प्रहरी कार्यालय फर्पिङले अस्थायी जाँचचौकी राखेर बिहीबार खोजी अभियान चलाउँदा वीरगञ्जबाट काठमाडाँै आउँदै गरेको ना १ ज ५८७५ नं को टाटासुमोमा सवार यात्रु लागु औषधसहित पक्राउ परेका छन्।उक्त टाटासुमोमा सवार सर्लाहीको

बलरा नगरपालिका–१ घर भई पर्साको वीरगञ्ज बस्दै आएका रमेश कापर लागुऔषधसहित पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।उनको साथबाट फेनारगन ६५ एम्पुल, डाइजेपाम ६५ एम्पुल र नुर्फिन फेला परेको छ।

यो पनि पढ्नुहोस

अब इनरुवामा सेल्फी ब्रिज, शनिबारदेखि संचालनमा

इनरुवा। सुनसरीको रामधुनी नगरपालिका झुम्काबजारमा निर्माण गरिएको (पुल)सेल्फी ब्रिजको शनिबार उद्घाटन गरिएको छ। पूर्वपश्चिम राजमार्ग जोडिएको चतरा नहरमा झुम्का सेल्फी ब्रिजको प्रदेश नं १ का प्रदेशसभा सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले सो सेल्फी ब्रिजको उद्घाटन गरेका हुन्। रु २९ लाख ७० हजारको लागतमा सेल्फी ब्रिज निर्माणकार्य सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष सतेन्द्र न्यौपानेले बताए। फलामे सो पुलमा स्थानीयवासीले सेल्फी खिच्ने हुँदा त्यसलाई सेल्फी ब्रिज भनेर नामकरण गरिएको हो।

कोइरालाको सांसद विकास कोषको रकमबाट रु २४ लाख ७५ हजार र जनसहभागिताबाट रु चार लाख ९५ हजार गरी जम्मा रु २९ लाख ७० हजारको लागतमा सेल्फी ब्रिजको निमार्णकार्य सम्पन्न हो। उद्घाटन कार्यक्रममा रामधुनी नगरप्रमुख जयप्रकाश चौधरी, सांसद ज्योति सुब्बा, रामधुनी काङ्ग्रेसका नगर सभापति सुदीप अधिकारीलगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?