सदरमुकाममै कच्ची सडक

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन ८, २०७५
|
|
५५ पटक हेरिएको
Shares
सदरमुकाममै कच्ची सडक

सारांश

  • पर्वत, ८ असोज ।
  • निर्माण भएको दुई दशकभन्दा बढी समयसम्म पनि सदरमुकाम कुश्माबजारभित्रका विभिन्न सडक मर्मत हुन सकेका छैनन् ।
  • यहाँ सडकको अवस्था ग्रामीण क्षेत्रका कच्ची सडकभन्दा फरक देखिँदैन ।

पर्वत, ८ असोज । निर्माण भएको दुई दशकभन्दा बढी समयसम्म पनि सदरमुकाम कुश्माबजारभित्रका विभिन्न सडक मर्मत हुन सकेका छैनन् । यहाँ सडकको अवस्था ग्रामीण क्षेत्रका कच्ची सडकभन्दा फरक देखिँदैन ।मर्मत नहुँदा सडकमा जताततै खाल्डाखुल्डी मात्रै छन् । कुश्मामा सडक मर्मतमा सम्बद्ध निकायको ध्यान नपुग्दा स्थानीयवासीले हिलो र धूलोको सास्ती खेप्नुपरेको छ । कुश्माको जिरो किलोमिटरदेखि पुरानो बजार हुँदै बडागाउँसम्म करीब एक हजार दुई सय मिटर मुख्य सडक छ । यस बाहेक अन्य शाखा सडकको लम्बाइ करीब चार किलोमिटर छ । सबै शाखा सडकमा अहिले पुरानो कालोपत्र एक चौथाइ पनि छैन ।

कुश्माको शिवालयचोक, बान्द्रेबीडी, लोकतन्त्रचोक, खत्रीचोक, मेलमिलापचोक र न्यूरोड सबैतिर कालोपत्र उप्किएको छ । बिच्छाइएका गिट्टी बजारमा छरिएका छन । सडकका गिट्टी बाहिर निस्किएर कालोपत्र उप्किएका ठाउँमा खाडल परेका छन् । सडक लथालिङ्ग भएको वर्षौं बित्दा पनि सरोकारवाला निकायले चासो नदिएको स्थानीयवासीको आरोप छ । “हिउँद–बर्खा जहिल्यै समस्या छ”, प्रगतिचोकका भगवती पौडेलले भन्नुभयो । सडकको हिलो घरभित्रै पस्ने गरेको उहाँको गुनासो छ ।कुश्माका गोविन्द अधिकारी भन्नुहुन्छ, “पैदल हिँड्दा नजीकैबाट गुड्ने सवारीसाधनले हिलो छ्यापेर जान्छन ।” सडकका खाल्डाखुल्डीका कारण सवारीसाधन हाँक्नै मुस्किल भएको चालक दीपक परियारको भनाइ छ । सडक मर्मत तथा कालोपत्र गर्न तत्कालीन जिल्ला विकास समितिले तीन वर्षअघि योजना बनाएको थियो । स्थानीय बजेटले नपुग्ने भएका कारण केन्द्रलाई गुहार्नु पर्ने बाध्यता छ । नगरप्रमुख रामचन्द्र जोशी बजारको सडक मर्मत र कालोपत्रका लागि रु नौ करोड विनियोजन गरिएको बताउनुहुन्छ ।

डोजर प्रयोग निषेध

डाँडा डाँडाका छरिएका घरघरमा सडक पु¥याउन डोजरको प्रयोग गरिँदा पहिरोको जोखिम बढ्दै गएको छ । पैयुँ गाउँपालिका–१ टकलाकले डोजर प्रयोगमा रोक लगाएको छ । विसं २०७४ साउनयता गाउँमा डोजर निषेध गरिएको छ । गत आवदेखि सडक मर्मत, नाली निर्माण, सिँचाइ कुलो, खानेपानी, सरकारी र सामुदायिक भवन निर्माणमा स्थानीय बासिन्दाले काम गर्दै आएका छन् ।

“युवाको सीप निर्धारण गरेर सोहीअनुसारको काममा लगाउने गरिएको छ,” वडाध्यक्ष पीताम्बर भुसालले भन्नुभयो । अघिल्लो वर्ष सो वडामा विकासतर्फ रु ५० लाख बराबरको रकम विनियोजन गरिएको थियो । दुई सय ८२ घरधुरी भएको उक्त वडाबाट ५५ युवा वैदेशिक रोजगारीमा गएका छन् । चालु आवमा गाउँसभाले टकलाकका लागि रु ४० लाख बजेट छुट्याएको छ । टकलाकमा करीब १७ किलोमिटर सडक छ । गाउँ कार्यपालिकाले नयाँ ट्रयाक खोल्न निषेध गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिन दुखिकाे सहयोग गर्नु नै भगवान पुज्नु सरह हो: युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष लामा
दिन दुखिकाे सहयोग गर्नु नै भगवान पुज्नु सरह हो: युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष लामा
सत्तापक्ष र विपक्ष तीन विद्यार्थी संगठनको यस्तो आयो संघर्षका कार्यक्रम
सत्तापक्ष र विपक्ष तीन विद्यार्थी संगठनको यस्तो आयो संघर्षका कार्यक्रम
सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेङ्गुको सङ्क्रमण, एकको मृत्यु
सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेङ्गुको सङ्क्रमण, एकको मृत्यु
Играть в бесплатные игры онлайн-казино без регистрации Демо-игры казин
पार्टी एकताको आश्चर्यजनक नतिजा आउने : प्रवक्ता भुसाल
पार्टी एकताको आश्चर्यजनक नतिजा आउने : प्रवक्ता भुसाल
प्रदेश मुकामसँग जनताको साइनो न सम्बन्ध
रुपन्देहीमा पहिलो पटक आर्थिक गणना हुँदै
रुपन्देहीमा पहिलो पटक आर्थिक गणना हुँदै
भानु स्मृति पार्कको डिपिआर तयार
भानु स्मृति पार्कको डिपिआर तयार
केपी ओलीको गोजीबाट फुत्त निक्लेको हैन नयाँ संहिता, यस्तो छ नालीबेली
सरकार गठनको गृहकार्यमा ओली र प्रचण्ड, प्रचण्डलाई राष्ट्रपति बनाएर थन्क्याउनेसम्मका प्रयास एमालेभित्र चल्दै
सरकार गठनको गृहकार्यमा ओली र प्रचण्ड, प्रचण्डलाई राष्ट्रपति बनाएर थन्क्याउनेसम्मका प्रयास एमालेभित्र चल्दै

तपाईंले छुटाउनुभयो कि?