फस्टाउँदाे अरिङ्गाल व्यवसाय !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन १६, २०७५
|
|
५५ पटक हेरिएको
Shares
फस्टाउँदाे अरिङ्गाल व्यवसाय !

सारांश

  • बेनी, १६ असोज ।
  • अरिङ्गाल व्यवसाय गर्दै आउनुभएकी बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिङ्गालवाली’ को पहिचान बनाउनुभएको छ ।
  • लामो समयदेखि होटल व्यवसायमा आबद्ध उहाँ पछिल्लो समय अरिङ्गालवाली भनेर चिनिनुको कारण हो, अरिङ्गालको व्यापार ।

बेनी, १६ असोज । अरिङ्गाल व्यवसाय गर्दै आउनुभएकी बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिङ्गालवाली’ को पहिचान बनाउनुभएको छ । लामो समयदेखि होटल व्यवसायमा आबद्ध उहाँ पछिल्लो समय अरिङ्गालवाली भनेर चिनिनुको कारण हो, अरिङ्गालको व्यापार । बेनीको वीरेन्द्रचोकस्थित होटल रोजिनाकी सञ्चालिका सिर्जनाको अरिङ्गालको व्यापार फष्टाउँदै गएकाले ग्राहकले उहाँलाई ‘अरिगाङ्लवाली’ भन्न थालेका हुन् । कतिले त अरिङ्गाल खाएर सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै आएका छन् ।

दुई वर्ष अघि गलेश्वरको चमेरेमा अरिङ्गालको व्यापार गरेको देखेपछि उहाँले पछिल्लो तीन महीनादेखि आफैँले अरिङ्गालको व्यापार गर्दै आउनुभएको हो । उहाँलाई यो व्यवसायमा सल्लाह दिने महिला उद्यमी पुष्पा पुन हुनुहुन्छ । म्याग्दी विमका रिमबहादुर र खिमबहादुर गौतम भाइले पोेलेर ल्याउने अरिङ्गाल सिर्जनाले मानाको रु एक हजार ५०० मा खरीद गर्दै आउनुभएको छ । शुरुमा त रु दुई हजारसम्म तिरेर अरिङ्गाल खरीद गरिएकामा अनुकूल याममा भने रु एक हजार ५०० सय मानामा पाउने गरेको उहाँ बताउनुहुन्छ । सिर्जनाले ग्राहकलाई अरिङ्गाल तारेर लसुन प्याज राखी प्रतिप्लेट रू ५०० बेच्नुहुन्छ । अहिले यसैको व्यापारमा भ्याइनभ्याइ भएको उहाँकोे भनाइ छ ।

होटलमा अरिङ्गाल खाने कसरी आइपुगे त ग्राहक ? भनी सोध्दा उहाँ भन्नुहुन्छ । “यो सब फेसबुकको कमाल हो । मैले फेसबुकमार्फत नै यसको प्रचार गरे । त्यहीबाट यसको व्यापार बढ्न थाल्यो ।” सिर्जना भन्नुहुन्छ, शुरुमा मैले ‘अरिङ्गाल राखेर खाने हो?’ भन्ने स्टाटस राखे, त्यसपछि ‘अरिङ्गालको नयाँ व्यावसाय’ भन्दै पोष्ट गरेँ त्यसलगत्तै ‘फष्टाउँदै छ अरिङ्गाल व्यवसाय’ भन्दै अरिङ्गालको फोटो राखेकीले यसैबाट व्यवसायले गति लिन थाल्यो ।

“अहिले त काठमाडौँ र पोखराबाट समेत अरिङ्गालको माग बढिरहेको छ तर मागअनुसार पु¥याउने सकेकी छैन ।”उहाँ भन्नुहुन्छ । सिर्जनाले दैनिक १० देखि १५ हजारसम्मको अरिङ्गालको व्यापार गर्ने गरेको दाबी गर्नुहुन्छ । “विशेष गरी अरिङ्गाल खान आउने सौखिन, चिसो लागेका र रक्तचाप कम भयो भन्नेहरु छन् ।” उहाँ भन्नुहुन्छ, “अरिङ्गाल भन्ने बित्तिकै धेरै डराउँथे तर यही नै व्यवसायका रुपमा आजकाल फष्टाउँदो छ । यसलाई व्यावसायिकरूपमा पाल्न सके अझै राम्रो हुँदै जाने देखिन्छ ।”

अरिङ्गाल पोलेर आर्थिक जोहो गर्न सफल भएका म्याग्दी विम–७ भारबाङ मालिका गाउँपालिका २६ वर्षीय रिमबहादुर गौतम भन्नुहुन्छ । “एक दिन गाउँमा एक गुरुङ थरका व्यक्ति अरिङ्गाल खोज्दै आए, हामीले अरिङ्गाल पोलेर दिएपछि उनले खाँदै यसबाटै आफ्नो स्वास्थ्यमा सुधार आएको बताए । आफ्नो शरीरमा अरिङ्गाल खाएपछि मात्रै पसिना आउने थालेको उनले जानकारी दिए । त्यसपछि विभिन्न रोग भएकाले पनि अरिङ्गालको खाजी गर्दै आउन थालेकाले यसको माग बढ्न थाल्यो ।”

गौतमले आफूहरु दुईभाइ मिलेर अरिङ्गाल व्यापार गर्न थालेको बताउनुहुन्छ । “अहिले त एकदमै माग बढ्दो छ तर अरिङ्गाल पाउनै गाह्रो छ” अरिङ्गाल खोज्न एक दिनको बाटोसम्म हिँड्नु परेको उहाँको अनुभव छ । ठूलो घारबाट ३३ माना जति अरिङ्गाल निकालेको र रु ४० हजार जति कमाएको रिमबहादुरको भनाइ छ । उहाँ भन्नुहुन्छ “अरिङ्गाले टोक्ने भएकाले अलि गाह्रो हुन्छ होला यसलाई व्यावसायिक रूप दिन । पछिल्लो समय यसको माग बढ्दै गएको छ अब कृषि विज्ञले कुनै सल्लाह दिएभने गर्ने सकिन्छ कि !”

(जमुना वर्षा शर्मा)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुरबाट ईटालियन पेस्तोल र पाँच राउण्ड गोलीसहित चार जना पक्राउ
भक्तपुरबाट ईटालियन पेस्तोल र पाँच राउण्ड गोलीसहित चार जना पक्राउ
मन्त्री त्रिपाठीद्वारा पूर्वाधार साझेदारी बजेट विनियोजन
मन्त्री त्रिपाठीद्वारा पूर्वाधार साझेदारी बजेट विनियोजन
नेपालले प्रतिस्पर्धात्मक खेल्दै राम्रो नतिजा ल्याउँछ – मुख्य प्रशिक्षक केसी
नेपालले प्रतिस्पर्धात्मक खेल्दै राम्रो नतिजा ल्याउँछ – मुख्य प्रशिक्षक केसी
आर्थिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन सम्भव छः प्रचण्ड
आर्थिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन सम्भव छः प्रचण्ड
बाम गठबन्धनको सरकारको विकल्प छैन : कमल थापा
बाम गठबन्धनको सरकारको विकल्प छैन : कमल थापा
ओलीका सुनौला सपना बिथोल्न सञ्चारमन्त्री र झालाई बदनाम गर्ने षडयन्त्रको निशाना
ओलीका सुनौला सपना बिथोल्न सञ्चारमन्त्री र झालाई बदनाम गर्ने षडयन्त्रको निशाना
बुटवलमा सत्ता गठबन्धनकाे सुरुवाती अग्रता
बुटवलमा सत्ता गठबन्धनकाे सुरुवाती अग्रता
तुलसीपुरका २१ टोल विकासका कृषकहरुलाई औषधि ट्यांकी
तुलसीपुरका २१ टोल विकासका कृषकहरुलाई औषधि ट्यांकी
बालकृष्ण ढुंगेलले अदालतलार्इ भने : बिरालोलाई झैँ थुनेर पिट्ने चेस्टा गरे जमेर प्रतिवाद गर्छु
बालकृष्ण ढुंगेलले अदालतलार्इ भने : बिरालोलाई झैँ थुनेर पिट्ने चेस्टा गरे जमेर प्रतिवाद गर्छु
४५ अंक घट्यो नेप्से, कारोबार रकममा भने वृद्धि
४५ अंक घट्यो नेप्से, कारोबार रकममा भने वृद्धि

तपाईंले छुटाउनुभयो कि?