फिलिपिन्समा शक्तिशाली भूकम्प, ६ जनाको मृत्यु, ३ सयजना घाइते

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक १३, २०७६
|
|
५७ पटक हेरिएको
Shares
फिलिपिन्समा शक्तिशाली भूकम्प, ६ जनाको मृत्यु, ३ सयजना घाइते

सारांश

  • मनिला ।
  • दक्षिण फिलिपिन्समा मंगलबार गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा ६ जनाको मृत्यु भएको फिलिपिन्सका अधिकारीले बताएका छन् ।
  • भूकम्पका कारण ३०० भन्दा बढी व्यक्ति घाइते भएका बताइएको छ ।

मनिला ।दक्षिण फिलिपिन्समा मंगलबार गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा ६ जनाको मृत्यु भएको फिलिपिन्सका अधिकारीले बताएका छन् । भूकम्पका कारण ३०० भन्दा बढी व्यक्ति घाइते भएका बताइएको छ ।

भूकम्प धक्का कतिपय स्थानमा एक मिनेटसम्म अनुभव गरिएको थियो । भूकम्पबाट सर्वसाधारणका घरहरुका साथै ठुल्ठूला भवनहरु र स्कुलका कक्षाकोठाहरुमा क्षति पुगेको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्प ६।६ म्याग्निच्युडको थियो । यसलगत्तै अरु ५।८ म्याग्नीच्यूडको परकम्प जानुका साथै अरु ससाना परकम्पहरु पनि गएका थिए । पहिलो धक्का स्थानीय समयअनुसार विहान ९ः०४ मा तादुनान शहरको २५ किलोमिटर दक्षिणपूर्वमा सात किलोमिटरको गहिराइमा भूकम्पको केन्द्रविन्दु रहेको थियो ।

भूकम्पका कारण स्थानीय प्रशासनले स्कुलहरु बन्द गर्न सूचना जारी गरेको थियो । दुई साताअघि पनि फिलिपिन्समा ६।४ म्याग्नीच्यूडको भूकम्प गएको थियो । उक्त भूकम्पबाट कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै दर्जनौं भवनमा क्षति पुगेको थियो । सिन्ह्वा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप फुटबल २०१८: यी हुन फ्रान्सले जित्न सक्ने अाधारहरू
विश्वकप फुटबल २०१८: यी हुन फ्रान्सले जित्न सक्ने अाधारहरू
माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)
माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यातायात व्यवस्था विभागका शाखा अधिकृत घुस लिँदा-लिँदै पक्राउ
यातायात व्यवस्था विभागका शाखा अधिकृत घुस लिँदा-लिँदै पक्राउ
नेपालमै पहिलोपटक ब्राण्ड स्टोरीको सुरूवात ब्रेकएनलिङ्सबाट
नेपालमै पहिलोपटक ब्राण्ड स्टोरीको सुरूवात ब्रेकएनलिङ्सबाट
वाइड बडी बिमान खरिदमा सरकार दोषी छैन : मन्त्री ढकाल
वाइड बडी बिमान खरिदमा सरकार दोषी छैन : मन्त्री ढकाल
चीनसँगको करबृद्धि योजना अमेरिकाका लागि घातक !
चीनसँगको करबृद्धि योजना अमेरिकाका लागि घातक !
शुक्रबारको विनिमयदर : अमेरिकी डलर र युरो दुवैको भाउ घट्यो
शुक्रबारको विनिमयदर : अमेरिकी डलर र युरो दुवैको भाउ घट्यो
भरतपुरको विद्यालय क्षेत्रका पसलबाट सुर्तीजन्य पदार्थ बरामद
भरतपुरको विद्यालय क्षेत्रका पसलबाट सुर्तीजन्य पदार्थ बरामद
पोखरामा मतदानस्थल नजिक बम विष्फोट
पोखरामा मतदानस्थल नजिक बम विष्फोट

तपाईंले छुटाउनुभयो कि?