वाइड बडी बिमान खरिदमा सरकार दोषी छैन : मन्त्री ढकाल
सारांश
- काठमाडौं ।
- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा वर्तमान सरकार दोषी नरहेको बताएका छन् ।
- मोरङ बेलबारी नगरपालिका कार्यालयले आयोजना गरेको ‘जनतासँग मन्त्री भेटघाट कार्यक्रम’ मा कांग्रस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा वाइड बडी विमान खरीद गर्ने निर्णय भएको बताए ।
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा वर्तमान सरकार दोषी नरहेको बताएका छन् ।
मोरङ बेलबारी नगरपालिका कार्यालयले आयोजना गरेको ‘जनतासँग मन्त्री भेटघाट कार्यक्रम’ मा कांग्रस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा वाइड बडी विमान खरीद गर्ने निर्णय भएको बताए ।
मन्त्री ढकालले तत्कालिन प्रधानमन्त्री देउवा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेको समयमा नै वाइड बडी विमान खरीद गर्ने निर्णय भएको र त्यसपछि दुई जना पर्यटनमन्त्री परिवर्तन भएकाले यो सरकार दोषी नरहेको धारणा व्यक्त गरे । डा. गोविन्द केसीले संविधानभन्दा माथि गएर माग राखेको उल्लेख गरे ।
प्रतिक्रिया