फेरीपनि गुडिरहेको मोटरसाइकलमा एकाएक आगो लागेपछि…
सारांश
- काठमाडौं, पुस २१ ।
- कुदिरहेको मोटरसाइकलमा अचानक आगो लाग्न सक्छ ?
- शुक्रबार दिउँसो राजधानीको पुरानो वसपार्कस्थित सडकमा कुदिरहेकै अवस्थामा मोटरसाइकलमा आगो लागेको छ ।
काठमाडौं, पुस २१ । कुदिरहेको मोटरसाइकलमा अचानक आगो लाग्न सक्छ ? शुक्रबार दिउँसो राजधानीको पुरानो वसपार्कस्थित सडकमा कुदिरहेकै अवस्थामा मोटरसाइकलमा आगो लागेको छ ।
राजेन्द्र कंडेलले चलाइरहेको बा८३प ९२९८ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलबाट अचानक धुँवा आउन थालेपछि सडक किनारमा रोक्दा एक्कासी आगो दन्किएको हो ।
एकाएक मोटरसाइकलमा आगो लागेपछि तत्काल दमकल आएर निभाएको थियो । आगो के कारणले लागेको हो भन्ने खुल्न सकेको छैन् ।
प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकल कामै नलाग्ने गरी जलेको छ । उक्त घटनापछि मान्छेको भिडभाड जम्मा भएको थियो ।
घटनास्थलमा पुगेको प्रहरीले मोटरसाइकलमा आगो लाग्नुको कारण र चालकको अवस्थाबारे बुझिरहेको छ ।
गत सोमबार पनि सोलुखुम्बु घर भई हाल कपनमा बस्ने रमेश राईले चलाएको बा२०प ६८७ नम्बरको मोटरसाइकलमा आगलागी भएको थियो । राईले नजिकैको पेट्रोलपम्पमा तेल हालेर चावहिलतर्फ जाँदै गर्दा गोपीकृष्ण हल अगाडिको पुलको बीचमा एक्कासी आगलागी भएको थियो ।
प्रतिक्रिया