फोरममा विवाद उपाध्यक्ष रेणु बैठकमै रोइन्

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर १०, २०७५
|
|
५२ पटक हेरिएको
Shares
फोरममा विवाद उपाध्यक्ष रेणु बैठकमै रोइन्

सारांश

  • काठमाडौ, १० मंसिर  ।
  • राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको आन्तरिक विवाद अहिले चर्चामा छ ।
  • तर, संघीय समाजवादी फोरम नेपालभित्र देखिएको विवादले भने खासै चर्चा पाएको छैन ।

काठमाडौ, १० मंसिर  । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको आन्तरिक विवाद अहिले चर्चामा छ । तर, संघीय समाजवादी फोरम नेपालभित्र देखिएको विवादले भने खासै चर्चा पाएको छैन । मंसिर २ गतेदेखि ४ गतेसम्म फोरम नेपालको पदाधिकारीको बैठक बसेको थियो सो बैठकमा पार्टीका उपाध्यक्ष एवम् प्रदेश २ का इन्चार्ज रेणु यादवलाई कारवाही गर्ने प्रस्ताव आएको थियो ।

उपाध्यक्ष रेणु यादवले पार्टीको हितविपरित प्रदेश समितिबाट निर्णयहरु गराएको कारण उनीमाथि कारवाही हुनुपर्छ भन्दै पदाधिकारी बैठकमा प्रस्ताव आएपछि उनी आफ्नो पदबाट राजीनामा दिएकी थिइन् । उनले आफ्नो पदबाट राजीनामा दिए पनि त्यसमा हस्ताक्षर भने गरेकी थिइनन् ।

असोज ३ गते पार्टीले कालो दिवस नमनाउने निर्णय गरेपनि उनले प्रदेश २ समितिबाट विज्ञप्ति जारी गरी कालो दिवस मनाउने घोषणा गरेकी थिइन् । प्रदेशको विज्ञप्ति आएपछि पार्टीका सहमहासचिव प्रकाश अधिकारीले विज्ञप्ति जारी गरी त्यसको खण्डन गरेका थिए । तैपनि रेणु यादवले प्रदेश २ मा कालो दिवस मनाउने अडान लिएकी थिइन् ।

त्यति मात्र होइन, सहमहासचिव अधिकारीले विज्ञप्ति जारी गरेपछि उपाध्यक्ष रेणु यादवले उनलाई फोन गरी तथानाम गाली गरेकी थिइन् । अधिकारीले गाली गरेको फोन रेकर्ड बैठकमा पनि सार्वजनिक गरेका थिए । पार्टीका अध्यक्ष उपेन्द्र यादव देश बाहिर भएको मौका पारेर उपाध्यक्ष एवं प्रदेश इन्चार्ज रेणु यादवले प्रदेश २ अन्तगर्तका जिल्लाहरुमा इन्चार्ज तथा सहइन्चार्ज तोकेकी थिइन् । जुन पार्टी विधान विपरित थियो ।

आठवटै जिल्लामा आफ्ना निकटका व्यक्तिलाई इन्चार्ज तथा सहइन्चार्ज बनाएपछि पार्टीमा व्यापक असन्तुष्टि बढेको थियो । जिल्लाबाट अध्यक्ष उपेन्द्र यादव कहाँ डेलिगेशन नै आयो । सो डेलिगेशनका आधारमा अध्यक्ष यादवले पदाधिकारीको बैठक बोलाए । सो बैठकले प्रदेश इन्चार्ज रेणु यादवले गरेकी सम्पूर्ण निर्णयलाई बदर गर्ने निर्णय गरेको थियो । प्रदेश इन्चार्ज यादवले आफ्नो अनुकुल पार्टीको विधान विपरित गरेका निर्णयहरुलाई बैठकले बदर गरेको पार्टीका एक नेताले बताए ।

जिल्लामा गरेका निर्णयहरु बदर हुनु र अर्कोतिर कारवाहीको कुरा उठ्नुले रेणु यादव निकै अप्ठ्यारोमा परिन् । उनी बैठकमै रुन थालिन् । पार्टीका लागि गरेका योगदान तथा कार्यहरुको फेहरिस्त सुनाउँदै उनी रोएको बैठकमा सहभागी एक नेताले बताए ।

बैठकमै रुन थालेपछि तत्कालै उनको राजीनामाको बारेमा पार्टीले कुनै निर्णय नलिएको स्रोतले जनाएको छ । अब मंसिर २० गते बस्ने राजनीतिक समितिमा पनि यस विषयमा थप छलफल हुने बताइएको छ । राजनीतिक समितिको बैठकपछि मंसिर २२ र २३ गते केन्द्रीय समितिको पनि बैठक बोलाएको छ ।

यसैगरी, फोरम नेपालले महाधिवेशनको समय सारेको छ । माघका लागि तय गरेको महाधिवेशनलाई वैशाखमा लगेको छ । २०७६ बैशाख २७, २८ र २९ गते महाधिवेशन गर्ने निर्णय गरेको छ । प्रदेश, जिल्ला, नगर, गाउँपालिकाका अधिवेशनहरु सम्पन्न भइनसकेकाले महाधिवेशनको समय सारिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल दक्षिण एशियाको उदाउँदो तारा : मन्त्री ज्ञवाली
नेपाल दक्षिण एशियाको उदाउँदो तारा : मन्त्री ज्ञवाली
कर्णालीका पाँच जिल्ला राष्ट्रिय प्रसारण लाइनको पहुँच बाहिर
कर्णालीका पाँच जिल्ला राष्ट्रिय प्रसारण लाइनको पहुँच बाहिर
राजसंस्था, हिन्दुराष्ट्र पक्षधर बिच मोर्चा निर्माण आबश्यकः कमल थापा
हिन्दी भाषालाई सरकारी कामकाजको मान्यता दिन माग
हिन्दी भाषालाई सरकारी कामकाजको मान्यता दिन माग
चिनियाँ राष्ट्रपति सीलाई कोरोना भाइरसको संक्रमण भएको हल्ला फैलिएपछि
चिनियाँ राष्ट्रपति सीलाई कोरोना भाइरसको संक्रमण भएको हल्ला फैलिएपछि
आज १७ सय ९० संक्रमित थप, २७९१ जना डिस्चार्ज
आज १७ सय ९० संक्रमित थप, २७९१ जना डिस्चार्ज
क्यान्सर अस्पतालमा स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिन थाल्यो,आकस्मिक बाहेकका सेवा बन्द
क्यान्सर अस्पतालमा स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिन थाल्यो,आकस्मिक बाहेकका सेवा बन्द
सलमान र रणवीर को बीचमा यसरी फसे अक्षय
सलमान र रणवीर को बीचमा यसरी फसे अक्षय
मलेसियामा एक नेपाली चेली समस्यामा
मलेसियामा एक नेपाली चेली समस्यामा
प्रहरीका ‘इन्काउण्टर हिरोहरु’को जागीर धरापमा पर्दै
प्रहरीका ‘इन्काउण्टर हिरोहरु’को जागीर धरापमा पर्दै

तपाईंले छुटाउनुभयो कि?