फ्रान्स रोकियो, क्रोयसियाको जित

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ २८, २०७९
|
|
३७ पटक हेरिएको
Shares
फ्रान्स रोकियो, क्रोयसियाको जित

सारांश

  • काठमाडौं।
  • यूइएफए नेसन्स लिग फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा विश्व विजेता फ्रान्स १–१ को बराबरीमा रोकिँदा क्रोयसियाले भने पहिलो जित निकालेको छ ।
  • समूह ए १ को खेलमा दोस्रो बराबरी गर्ने क्रममा फ्रान्सले अष्ट्रियासँग अंक बाढ्न बाध्य भयो ।

काठमाडौं। यूइएफए नेसन्स लिग फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा विश्व विजेता फ्रान्स १–१ को बराबरीमा रोकिँदा क्रोयसियाले भने पहिलो जित निकालेको छ । समूह ए १ को खेलमा दोस्रो बराबरी गर्ने क्रममा फ्रान्सले अष्ट्रियासँग अंक बाढ्न बाध्य भयो । सात मिनेट बाँकी रहँदा युवा स्टार खेलाडी केलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सको हार टारे ।

यसअघि घरेलु टोली अष्ट्रियाको लागि आन्द्रेस वेमानले गोल गर्दै सुरुवाती अग्रता दिलाए थिए । यता, अष्ट्रियाको भने प्रतियोगितामा पहिलो हार हो ।

यस्तै, समूहको अर्को खेलमा क्रोयसियाले डेनमार्कलाई १–० अन्तरले पराजित गर्‍यो । प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा क्रोयसियाको लागि मारियो पासालिकले खेलको ६९औं मिनेटमा गोल गरे ।

यस खेलसँगै समूह ए १ मा पराजित डेनमार्क ३ खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा छ । समान खेलबाट समान ४ अंक भए पनि अष्ट्रिया दोस्रो र तेस्रो स्थानमा छ । यस्तै २ अंक बनाएको फ्रान्स पुछारमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?