बंगलादेशी क्लवसँग पराजित भएपछि एएफसी कपबाट बाहिरियो मनाङ मर्स्याङ्दी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ ५, २०७६
|
|
३८ पटक हेरिएको
Shares
बंगलादेशी क्लवसँग पराजित भएपछि एएफसी कपबाट बाहिरियो मनाङ मर्स्याङ्दी

सारांश

  • काठमाडौं ।
  • एएफसी कप फुटबलमा नेपालको लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले बंगलादेशी क्लब ढाका अबहानी लिमिटेडसँग फराकिलो हार व्यहोरेको छ ।
  • ढाकास्थित बंगबन्धु स्टेडियममा बुधबार भएको अवे खेलमा मनाङ अबहानीसंग ५–० गोल अन्तरले पराजित भएको हो ।

काठमाडौं । एएफसी कप फुटबलमा नेपालको लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले बंगलादेशी क्लब ढाका अबहानी लिमिटेडसँग फराकिलो हार व्यहोरेको छ ।ढाकास्थित बंगबन्धु स्टेडियममा बुधबार भएको अवे खेलमा मनाङ अबहानीसंग ५–० गोल अन्तरले पराजित भएको हो । यो हारसंगै मनाङ एएफसी कपबाट बाहिरिएको छ ।अबहानीको जितमा नाबिब निवाज जीबोन, केर्भिन्स बेल्फोर्ड,जिवेल राना,सन्डे चिजोबा र होसेन बादसाहले एक एक गोल गरे ।घरेलु टोलीविरुद्ध पहिलो हाफमा २–० ले पछि परेको मनाङले दोस्रो हाफमा ३ गोल खाएको थियो ।मनाङविरुद्ध अबहनीले खेलको ११ औं मिनेटमा जीबोनको गोलबाट अग्रता बनाएको थियो । खेलको ४५ औं मिनेटमा बेल्फोर्डले गोल गर्दै अबहानीलाई २–० को अग्रता दिलाए ।

खेलको ६३ औं मिनेटमा जिवेल ले गोल गर्दै अबहानीलाई ३–० को अग्रता दिलाए । ७६ औं मिनेटमा सन्डेले गोल गर्दा अबहानी ४–० ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा होसेनले गोल गर्दै अबहानीलाई ५–० को फराकिलो जित दिलाए ।खेल अवधिभर बल पोजिसनमा पकड जमाएपनि मनाङले उकृष्ट आक्रमण बुन्न सकेन् ।यसअघि गत अप्रिलमा भएको होम खेलमा मनाङ अबहानीसँग १–० ले पराजित भएको थियो ।यो हारसंगै समूह ई मा रहेको मनाङले ५ खेलमा २ अंक जोडेको छ । मनाङ समूहको पुछारमा रहेको छ । अबहानी ५ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ ।यस समूहमा चेन्नायीन एफसी ८ अंक जोडेर दोस्रो र मिनर्वा पन्जाब ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई सोधियो स्पष्टीकरण
मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई सोधियो स्पष्टीकरण
टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १,९०० नाघ्यो
टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १,९०० नाघ्यो
भिटामिन ‘डी’को कमी हुनेलाई कोरोना संक्रमण र मृत्यु हुने बढि सम्भावना
भिटामिन ‘डी’को कमी हुनेलाई कोरोना संक्रमण र मृत्यु हुने बढि सम्भावना
‘दलहरू एक ठाउँमा नउभिएसम्म उपलब्धि संस्थागत हुनेछैन’
‘दलहरू एक ठाउँमा नउभिएसम्म उपलब्धि संस्थागत हुनेछैन’
माइतीघर मण्डलामा नागरिकताविहीनहरुकोे प्रदर्शन
माइतीघर मण्डलामा नागरिकताविहीनहरुकोे प्रदर्शन
सुदुरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी, दलका नेता रावल आन्तरिक मन्त्री
सुदुरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी, दलका नेता रावल आन्तरिक मन्त्री
दुई अमेरिकी वैज्ञानिकलाई चिकित्साको नोबेल पुरस्कार प्रदान
दुई अमेरिकी वैज्ञानिकलाई चिकित्साको नोबेल पुरस्कार प्रदान
मकै बारीमा महिला बलात्कृत
मकै बारीमा महिला बलात्कृत
भ्रष्टाचार गरेको आरोपमा अख्यियारद्वारा विभिन्न १३ विरुद्ध मुद्दा दायर
भ्रष्टाचार गरेको आरोपमा अख्यियारद्वारा विभिन्न १३ विरुद्ध मुद्दा दायर
नेपाल वायुसेवा निगमको महा-बेथिति, एयरपोर्टभरि जहाज तर आकाश खाली
नेपाल वायुसेवा निगमको महा-बेथिति, एयरपोर्टभरि जहाज तर आकाश खाली