बच्चालाई काखबाट छुटाई देवरहरुले किन गरे विन्दाको हत्या (भिडियोसहित)

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र ३, २०७६
|
|
५३ पटक हेरिएको
Shares
बच्चालाई काखबाट छुटाई देवरहरुले किन गरे विन्दाको हत्या (भिडियोसहित)

सारांश

  • अमृत बास्तोला, तेह्रथुम ।
  • तेह्रथुमको आठराई–४, ईवा तीनसल्लेमा बिहीबार विन्दा पुरीको हत्या देवरहरुबाट भएको खुलेको छ ।
  • २८ वर्षिया भाउजुको हत्यामा देवरहरु सुरेन्द्र पुरी र बालकृष्ण पुरीको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

अमृत बास्तोला, तेह्रथुम । तेह्रथुमको आठराई–४, ईवा तीनसल्लेमा बिहीबार विन्दा पुरीको हत्या देवरहरुबाट भएको खुलेको छ । २८ वर्षिया भाउजुको हत्यामा देवरहरु सुरेन्द्र पुरी र बालकृष्ण पुरीको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेशकराम थान्दारका अनुसार योजनावद्ध तरिकाले देवरहरुले भाउजुको हत्या गरेका थिए । हत्याका लागि उनीहरु झापाबाट बुधबार राती गाडी रिजर्भ गरी आठराई ईवा स्थित भाउजु विन्दाको घरमा पुगेका थिए । उनीहरुले १० वर्ष र १५ महिनाका दुई छोराहरु सँगै सुतेकी विन्दाको हत्या गरेका थिए । हत्याका क्रममा आमालाई छोराहरुबाट छुटाइएको थियो । हत्या गरी बिहिबार विहान गाडी रिजर्भ गरी देवरहरु पुनः झापानै फिर्किएको पत्ता लागेको छ ।

विन्दाका पति विदेशमा छन् । वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका विन्दाका श्रीमानले विन्दालाई मात्र पैसा पठाउने गरेको र आर्थिक चलखेल गर्न नपाएकाले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ । सुरेन्द्र पुरी र बालकृष्ण पुरीले प्रहरीलाई बयानमा हत्याको कारण आर्थिक नै रहेको खुलाएका छन् ।

यो घटनाले ईवा तीनसल्ले गाउँनै स्तब्ध भएको छ । बालकृष्ण तेह्रथुकमको फेदाप स्थित औसींडाडा बजरमा र सुरेन्द्र झापाको बुधबारेमा बस्दै आएका थिए ।

घटना पछि अनुसन्धानको लागि प्रहरीको स्थानीय ५ जना युवाहरुलाइ नियन्त्रणमा लिएको युवाहरुलाई शुक्रबारनै तारीखमा छाडिएको छ । १० वर्ष र १५ महिनाका दुई छोराहरु सहित आफ्नै घरमा बस्दै आएकि विन्दाको भान्साकोठामा विभत्स तरिकाले हत्या भएको थियो ।प्रदेश स्तरीय प्रहरी टोली डग स्न्याफिङ सहित घटनास्थलमा डिएसपि सुमन तिम्सिना, तेह्रथुम जिल्लाका डिएसपी नविन किश्वर प्रधान, अनुसन्धान प्रहरी निरीक्षक तेजबहादुर दाहाल, ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेशकराम थान्दार सहितको विशेष प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।(हाम्रो अभियानबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बीरगंजमा सशस्त्र प्रहरी बाट ठूलो परिमाणको प्रतिबन्धित लागू औषध बरामद
बीरगंजमा सशस्त्र प्रहरी बाट ठूलो परिमाणको प्रतिबन्धित लागू औषध बरामद
बहुप्रतिक्षित पेट्रोलियम पाइपलाइनको आज उद्घाटन हुँदै
बहुप्रतिक्षित पेट्रोलियम पाइपलाइनको आज उद्घाटन हुँदै
जेलबाट भागेका ‘टिके डाँका’ माथी गोली प्रहार: उपचारको लागि काठमाडौं ल्याइदैँ
जेलबाट भागेका ‘टिके डाँका’ माथी गोली प्रहार: उपचारको लागि काठमाडौं ल्याइदैँ
कार्यकक्षमा नभई निवासमा मदिरापान गरेको मुख्यमन्त्रीको दाबी
कार्यकक्षमा नभई निवासमा मदिरापान गरेको मुख्यमन्त्रीको दाबी
प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
वाम गठबन्धनको चुनावी घोषणापत्र, यस्ता छन् पाँच ग्यारेन्टी !
वाम गठबन्धनको चुनावी घोषणापत्र, यस्ता छन् पाँच ग्यारेन्टी !
विचाराधीन मुद्दामा समाचार नलेख्न प्रधानन्यायाधीश मिश्रकाे अाग्रह !
विचाराधीन मुद्दामा समाचार नलेख्न प्रधानन्यायाधीश मिश्रकाे अाग्रह !
लागुऔषध गाँजासहित भारतीय पक्राउ
लागुऔषध गाँजासहित भारतीय पक्राउ
अत्याधिक चिसोको कारण पुलामीको मृत्यु
अत्याधिक चिसोको कारण पुलामीको मृत्यु
देउवाले थापासँग माफी माग्दै भने, ‘मलाई सिटौलाले अप्ठेरोमा पारे’
देउवाले थापासँग माफी माग्दै भने, ‘मलाई सिटौलाले अप्ठेरोमा पारे’

तपाईंले छुटाउनुभयो कि?