बजेटले आर्थिक सङ्कट र मन्दीको समाधान दिन सक्दैन : सांसद विष्ट

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ २६, २०८०
|
|
५३ पटक हेरिएको
Shares
बजेटले आर्थिक सङ्कट र मन्दीको समाधान दिन सक्दैन : सांसद विष्ट

सारांश

  • काठमाडौं ।
  • सांसद गोर्कण विष्टले आर्थिक वर्ष २०८०/८१ को बजेटले आर्थिक सङ्कट र मन्दीको समाधान दिन नसक्ने बताएका छन् ।
  • प्रतिनिधिसभाको बैठक आगामी आ.

काठमाडौं । सांसद गोर्कण विष्टले आर्थिक वर्ष २०८०/८१ को बजेटले आर्थिक सङ्कट र मन्दीको समाधान दिन नसक्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठक आगामी आ.व २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उनले आगामी बजेटबाट आस गर्ने ठाउँ नभएको बताए ।

सांसद विष्टले भने, ‘जुनकिरीको पिँधले स्वर्ग उज्यालो हुँदैन भने झैँ, यो बजेटले समस्याको समाधान गर्न सक्दैन । विद्यमान आर्थिक सङ्कट र मन्दीबाट माथि उठाउन आगामी बजेटबाट आशा गर्ने ठाउँ छैन ।’

उनले अहिलेको बजेटबाट दिगो विकासको लक्ष्य हासिल गर्न नसकिने बताए । ‘दिगो विकासको लक्ष्यको वर्तमान अवस्था र मार्गचित्र सन् २०१६/२०३० ले १७ वटा मुख्य लक्ष्य प्राप्ति गर्न वार्षिक १७ खर्ब ७० अर्ब लगानी गर्नुपर्छ भनेको छ ।

वार्षिक सात प्रतिशत आर्थिक वृद्धि हुनुपर्ने बताएको छ’, सांसद विष्टले भने, ‘न्यून राजस्व सङ्कलन र घट्दो वैदेशिक सहायतामा १७ खर्ब ७० अर्ब लगानी गर्ने परिस्थिति निर्माण होला रु यसले दिगो विकासका लक्ष्य पूरा गर्ने सम्भावना देखिँदैन । यो बजेट कता हिँडिरहेको छ, स्वयंले नै बताइरहेको छ ।’ उनले आगामी बजेटले रोजगारी सिर्जना गर्न नसक्ने बताए ।

छलफलका क्रममा सांसद विष्टले अर्थतन्त्रमा देखिएको समस्याप्रति चर्चा गर्दै नेपालले ३१ वर्षदेखि अभ्यास गर्दै आएको बजारमुखी अर्थतन्त्रबारे समीक्षा एवं पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘बजार मुखी अर्थतन्त्रको अभ्यास गरेको ३१ वर्ष पुगिसकेको छ । तर जिडिपीमा ८१ प्रतिशत योगदान गर्ने निजी क्षेत्र र देशको आर्थिक अवस्थामा समस्या नै समस्या छन् ।’

सांसद विष्टले वैदेशिक सहायता कटौती हुँदै गर्दा प्राप्त सहायता प्रतिसमेत सरकारको ध्यानाकर्षण गराए । ‘हामीले प्राप्त गरिरहेका वैदेशिक सहायता आवश्यकता, प्राथमिकता र राष्ट्रिय स्वार्थ अनुकूल प्राप्त भइरहेका छन् कि दाताको चाहना र स्वार्थअनुसार परिचालन भइरहेका छन् ? ‘ उनले भने । सांसद विष्टले पुँजीगत खर्चभन्दा वित्तीय व्यवस्थापिका धेरै खर्चको व्यवस्था गरिएको भन्दै आगामी बजेटले आवश्यकतालाई सम्बोधन गर्न नसक्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइने, खानेपानी मन्त्रीले उद्घाटन गर्ने
मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइने, खानेपानी मन्त्रीले उद्घाटन गर्ने
गठबन्धनका दलले एक्लै बहुमत ल्याउँछु भनेर घमण्ड र अहङ्कार नदेखाउन अध्यक्ष नेपालको आग्रह
इमर्जिङ्ग नेपालको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति?
इमर्जिङ्ग नेपालको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति?
धुलिखेल अस्पतालको भेन्टिलेटरमा कोरोना संक्रमित महिलाको मृत्यु
Trump China visit: US leader strikes warmer tone with Xi Jinping
Trump China visit: US leader strikes warmer tone with Xi Jinping
कसरी बन्द गर्दैछ सरकारले अश्लील वेबसाइटहरू ! पोर्न उद्योगबारे के भन्छिन् सनी लियोनी ?
कसरी बन्द गर्दैछ सरकारले अश्लील वेबसाइटहरू ! पोर्न उद्योगबारे के भन्छिन् सनी लियोनी ?
पेट्राेल भर्दा माेटरसार्इकलमा अागाे लागेपछि…
पेट्राेल भर्दा माेटरसार्इकलमा अागाे लागेपछि…
ऊर्जामन्त्री पुनले ल्याए २२ वर्षे प्रसारण लाइन विकास गुरुयोजना
ऊर्जामन्त्री पुनले ल्याए २२ वर्षे प्रसारण लाइन विकास गुरुयोजना
एमाले सांसद एकाएक जर्याकजुरुक उठेपछि संसदमा हंगामा, सभामुखको कुर्सी नै हल्लियो !
एमाले सांसद एकाएक जर्याकजुरुक उठेपछि संसदमा हंगामा, सभामुखको कुर्सी नै हल्लियो !
भारतमाथि ऐतिहासिक जित, नेपाल फाइनलमा
भारतमाथि ऐतिहासिक जित, नेपाल फाइनलमा

तपाईंले छुटाउनुभयो कि?