बढ्दो कम्मर स्वस्थ्यको लागि खतरनाक साबित हुनसक्छ !!!

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ २१, २०७३
|
|
५७९ पटक हेरिएको
Shares
बढ्दो कम्मर स्वस्थ्यको लागि खतरनाक साबित हुनसक्छ !!!

सारांश

  • तौल सामान्य तर कम्मर मोटो तथा उमेर कम छ भने त्यसलाई जोखिमपूर्ण मानिन्छ जसलाई हल्का रूपमा लिनु हुँदैन ।
  • यस्तो अवस्थामा आफू ओभर वेट नभएकाले कुनै प्रकारको शारीरिक श्रम वा व्यायामको आवश्यकता छैन भनेर सोच्नु गलत हुनसक्छ ।
  • एउटा अध्ययनअनुसार महिलाहरूमा तौलको तुलनामा कम्मर ठूलो हुनु खतरनाक साबित हुनसक्छ ।

तौल सामान्य तर कम्मर मोटो तथा उमेर कम छ भने त्यसलाई जोखिमपूर्ण मानिन्छ जसलाई हल्का रूपमा लिनु हुँदैन । यस्तो अवस्थामा आफू ओभर वेट नभएकाले कुनै प्रकारको शारीरिक श्रम वा व्यायामको आवश्यकता छैन भनेर सोच्नु गलत हुनसक्छ । एउटा अध्ययनअनुसार महिलाहरूमा तौलको तुलनामा कम्मर ठूलो हुनु खतरनाक साबित हुनसक्छ । एउटी मोटी महिलाको तुलनामा मोटो कम्मर भएकी महिलामा ह्दय रोग, क्यान्सर आदिको सिकार हुने सम्भावना सामान्य र पातलो कम्मर भएकी महिलाको तुलनामा बढी हुन्छ ।

केही समय पहिले अन्तर्राष्ट्रिय स्तरमा गरिएको एक अध्ययनका लागि ४४ हजार ६ सय महिला नर्सलाई छनोट गरिएको थियो, जसको उमेर ४० देखि ६० वर्षबीच थियो । उनीहरूको कम्मर र नितम्ब नापिएको थियो । हरेक दुई वर्षपछि यो नाप लिने कामलाई जारी राखियो । जुन समयमा ती नर्सको छनोट गरिएको थियो त्यतिबेला उनीहरूलाई कुनै प्रकारको गम्भीर रोग थिएन । साधारणतया स्वस्थ महिलाको कम्मर ३४ दशमलव ६ इन्चभन्दा कम हुनुपर्छ । कम्मर र नितम्बको अनुपात एक प्रतिशतभन्दा पनि कम हुनुपर्छ । यो अनुपात निकाल्न कम्मरको नापलाई नितम्बको नापबाट विभाजित गरिन्छ ।

अध्ययनका क्रममा हरेक दुई वर्षपछि यो नाप लिनुका साथै उनीहरूको जीवनशैली, धूम्रपान, मद्यपान एवं मासिक धर्मसम्बन्धी जानकारी पनि समावेश गरियो । यो अध्ययन १६ वर्षसम्म जारी रह्यो । यसबीच ३ हजार ५ सय ७ जना नर्सको मृत्यु भयो । तीमध्ये ७ सय ५१ जनाको मृत्यु ह्दय रोग तथा १ हजार ७ सय ४८ जनाको क्यान्सरका कारण भएको थियो । अध्ययनबाट जुन महिलाको कम्मर ३४ दशमलव ६ इन्च वा त्यसभन्दा बढी थियो र जसको कम्मर तथा नितम्बको अनुपात बढी थियो, ती महिलामा ह्दय रोगको सम्भावना तीन गुणा बढी पाइयो ।

विशेष कुरा के देख्न पाइयो भने कम्मर सामँन्य तर नितम्ब ठूलो भए कुनै प्रकारको खतरा हुँदैन तर कम्मर पातलो र नितम्ब ठूलो छ भने ह्दय रोगबाट ग्रस्त हुने सम्भावना वृद्धि हुन्छ । अमेरिकामा मोटो कम्मर भएका महिलाहरू बढी गम्भीर रोगको सिकार भएको पाइन्छ । मोटो कम्मर उनीहरूका लागि जीवन जोखिमको विषय बन्न पुग्छ । यहाँ बडी मास इन्डेक्स (बीएमआई) वा लम्बाइ तथा तौलको तुलनामा कम्मर तथा नितम्बको अनुपातले बढी महत्त्व राख्छ । त्यसैले कम्मरलाई कोठा बन्न नदिऔं ।

 

 

 

श्रोत: नारी मासिक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीको प्रस्ताव प्रचण्डले मानेनन्
प्रधानमन्त्री ओलीको प्रस्ताव प्रचण्डले मानेनन्
आज विदेशी मुद्राको विनिमय रेट कति ?
आज विदेशी मुद्राको विनिमय रेट कति ?
जिग्री र रक्षाले फेसबुकमार्फत विवाह बन्धनमा बाँधिएको फोटो गरे सार्वजनिक !
जिग्री र रक्षाले फेसबुकमार्फत विवाह बन्धनमा बाँधिएको फोटो गरे सार्वजनिक !
सरकारले बेच्ने खसीको मूल्य प्रतिकिलो ५५०
सरकारले बेच्ने खसीको मूल्य प्रतिकिलो ५५०
राप्रपा र राप्रपा (प्रजातान्त्रिक)लाई ४-४ स्थान मात्रै, कुन कुन क्षेत्र पाए?
राप्रपा र राप्रपा (प्रजातान्त्रिक)लाई ४-४ स्थान मात्रै, कुन कुन क्षेत्र पाए?
विद्यार्थी द्वारा टिपर दुर्घटनामा ज्यान गुमाएकाकाे परिवारलाई राहत रकम प्रदान !
विद्यार्थी द्वारा टिपर दुर्घटनामा ज्यान गुमाएकाकाे परिवारलाई राहत रकम प्रदान !
एकतापछिको एकीकृत पार्टीमा १० तहका कमिटी बन्ने
एकतापछिको एकीकृत पार्टीमा १० तहका कमिटी बन्ने
कस्तो छ पशुपति प्रसाद २ भष्मे डन ? दर्शक भन्छन्- रुने पनि हाँस्ने पनि एकैपटक भयो
कस्तो छ पशुपति प्रसाद २ भष्मे डन ? दर्शक भन्छन्- रुने पनि हाँस्ने पनि एकैपटक भयो
त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदनमा के छ ?
त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदनमा के छ ?
पोखरीमा डुबेर तीन युवतीको मृत्यु
पोखरीमा डुबेर तीन युवतीको मृत्यु

तपाईंले छुटाउनुभयो कि?