बर्दिबासमा गएराति बम विष्फोट

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र २१, २०७४
|
|
५३ पटक हेरिएको
Shares
बर्दिबासमा गएराति बम विष्फोट

सारांश

  • गौशाला, २१ भदौ ।
  • महोत्तरी जिल्लाको बर्दिबासमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ ।
  • जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कठायतका अनुसार गएराति ८ बजेतिर बर्दिबास नगरपालिका कार्यालय अगाडि एउटा बम विष्फोट भएको हो ।

गौशाला, २१ भदौ । महोत्तरी जिल्लाको बर्दिबासमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कठायतका अनुसार गएराति ८ बजेतिर बर्दिबास नगरपालिका कार्यालय अगाडि एउटा बम विष्फोट भएको हो ।

नगरपालिका कार्यालय अगाडि रहेको बालुवाको ढेरमाथि स्टीलको खाजा खाने बक्सामा बारुद भरेर बनाइएको बम विष्फोट गराएको प्रहरी उपरीक्षक कठायतले बताउनुभयो ।

बम विष्फोटबाट कुनै पनि मानवीय वा भौतिक क्षति नभएको तथा नेपाली सेनाको फस्ट राइफल गणका डिस्पोजल टोलीले सो स्थानमा गएर थप बमको खोजतलाश गरेकोमा केही पनि फेला नपरेको र अहिले सो स्थानको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यता आज स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता कार्यक्रम रहेकाले बर्दिबासमा व्यापकरुपमा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नै पहिरनका कारण घर नपाएको उर्फीको भनाइ
आफ्नै पहिरनका कारण घर नपाएको उर्फीको भनाइ
८० वर्षे बाजेबज्यैको फर्कियो जोवन, जीवन शर्मासँगै मञ्चमा उक्लिएर नाचे यसरी (हेर्नुस् तस्वीरमा)
८० वर्षे बाजेबज्यैको फर्कियो जोवन, जीवन शर्मासँगै मञ्चमा उक्लिएर नाचे यसरी (हेर्नुस् तस्वीरमा)
धनुषा, सिन्धुली र धादिङका प्रहरी प्रमुख फेरिए
धनुषा, सिन्धुली र धादिङका प्रहरी प्रमुख फेरिए
अर्कै युवा संग प्रेममा गासिएको भन्दै मीना यादवलाई कुट्ने उनकै बुबा इन्नरलाई प्रक्राउ  गरी सार्वजनिक मुद्धा चलाउने
अर्कै युवा संग प्रेममा गासिएको भन्दै मीना यादवलाई कुट्ने उनकै बुबा इन्नरलाई प्रक्राउ गरी सार्वजनिक मुद्धा चलाउने
गिरिजाप्रसाद कोइराला कम्युनिस्ट थिए…
गिरिजाप्रसाद कोइराला कम्युनिस्ट थिए…
काठमाडौँ उपत्यकामा निषेधाज्ञा २९ गतेसम्म थपियो
काठमाडौँ उपत्यकामा निषेधाज्ञा २९ गतेसम्म थपियो
अब खुल्ने भो इजरायल !!! सुरुमा १५ सय नेपाली कामदार लगिने…
अब खुल्ने भो इजरायल !!! सुरुमा १५ सय नेपाली कामदार लगिने…
स्वेच्छिक अवकाश रोजेका ४ सय ६७ जनाको निवेदन फिर्ता
स्वेच्छिक अवकाश रोजेका ४ सय ६७ जनाको निवेदन फिर्ता
मुग्लिन पोखरा सडक : पश्चिम खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र सुरु
मुग्लिन पोखरा सडक : पश्चिम खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र सुरु
जुडशितल पर्वको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक विदा । (विज्ञप्ती सहित)
जुडशितल पर्वको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक विदा । (विज्ञप्ती सहित)

तपाईंले छुटाउनुभयो कि?