बर्दियाबाट लागू औषधसहित दुई जना पक्राउ

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर १०, २०८०
|
|
३३ पटक हेरिएको
Shares
बर्दियाबाट लागू औषधसहित दुई जना पक्राउ

सारांश

  • काठमाडौँ ।
  • लागू औषध (ब्राउन सुगर) सहित बर्दियाबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
  • गुलरिया नगरपालिका वडा नम्बर ११ का ४२ वर्षीय कलिम अहमत मनिहार र ३५ वर्षीय अयोध्याप्रशाद धोवी पक्राउ परेका हुन् ।

काठमाडौँ । लागू औषध (ब्राउन सुगर) सहित बर्दियाबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । गुलरिया नगरपालिका वडा नम्बर ११ का ४२ वर्षीय कलिम अहमत मनिहार र ३५ वर्षीय अयोध्याप्रशाद धोवी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी तुल्सीराम अर्यालका अनुसार उनीहरुलाई शनिबार अपराह्न साढे ३ बजेतिर फक्राउ गरिएको हो । उनीहरुको साथबाट १४ ग्राम ९७० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले बताएको छ ।

भे ३ प ८३७१ नम्बरको मोटरसाइकलमा रहेका उनीहरूलाई प्रहरीले बढैयाताल गाउँपालिका वडा नम्बर ८ पशुपति बजारबाट नियन्त्रणमा लिएको हो ।

लागु औषध नियन्त्रण ब्युरो नेपालगञ्ज रर बर्दियाको प्रहरी चौकी जमुनीबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुविरुद्ध लागु औषध सम्बन्धी मुद्दा दायर गर्ने तयारी प्रहरीको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?