बस दुर्घटनामा १० घाइते, एकको अवस्था गम्भीर

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण २६, २०७६
|
|
५७ पटक हेरिएको
Shares
बस दुर्घटनामा १० घाइते, एकको अवस्था गम्भीर

सारांश

  • भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे१ख ३१६४ नंको बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने चम्पिरेखोला नजिकै दुर्घटना भएको छ ।
  • आज बिहान घुम्तीमा अनियन्त्रित भई बस सडकको नालीमा खस्दा १० घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
  • घाइतेमध्ये सात अस्पताल भर्ना भएको प्रहरीको भनाइ छ ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे१ख ३१६४ नंको बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने चम्पिरेखोला नजिकै दुर्घटना भएको छ ।आज बिहान घुम्तीमा अनियन्त्रित भई बस सडकको नालीमा खस्दा १० घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइतेमध्ये सात अस्पताल भर्ना भएको प्रहरीको भनाइ छ । जसमा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइतेको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ । गम्भीर घाइते हुनेमा झापाका सहचालक अर्जुन लिम्बू रहेको प्रहरीको भनाइ छ ।

लिम्बूको टाउकोलगायत विभिन्न ठाउँमा चोट लागेको छ । घाइतेहरुमा भोनपा–३ बस्ने २२ वर्षीया सङ्गीता प्रधान, २४ वर्षीया मनिषा श्रेष्ठ, १७ वर्षीया अस्मिता श्रेष्ठ, ३१ वर्षीय गोविन्द प्रधान र सोही वडाका ११ वर्षीय बालक विवेक श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।त्यस्तै इलाम घर भएका बसधनी ३५ वर्षीय अर्जुन लिम्बू, टेम्केमैयुङ गाउँपालिका–३ की ५५ वर्षीया गङ्गादेवी राई, मोरङ घर भएकी २१ वर्षीया सविना गौतम भट्टराई र चालक इलाम घर भएका सन्तकुमार फागो सामान्य घाइते भएका छन् । घटनापश्चात चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापामा ओलीसँग विश्वप्रकाशलाई उठाउने कांग्रेसको तयारी
झापामा ओलीसँग विश्वप्रकाशलाई उठाउने कांग्रेसको तयारी
जनमतको अपमान हुनुअघि मतदाताको राय बुझे राज्यमन्त्री बुढाले
जनमतको अपमान हुनुअघि मतदाताको राय बुझे राज्यमन्त्री बुढाले
इटलीमा यात्रा प्रतिबन्धका बीच पनि मृतकको सङ्ख्या बढेको बढ्यै
इटलीमा यात्रा प्रतिबन्धका बीच पनि मृतकको सङ्ख्या बढेको बढ्यै
लुसुलुसु जंगली हात्ती गाउँ पसेपछि …
लुसुलुसु जंगली हात्ती गाउँ पसेपछि …
कुन राशीको कस्तो यौन व्यवहार र रुची हुन्छ ? थाहा पाउनुस्
कुन राशीको कस्तो यौन व्यवहार र रुची हुन्छ ? थाहा पाउनुस्
विश्वकप फुटबल २०१८: नकअाउट चरणमा यि टिम खेल्दैछन अाज
गण्डकीको नीति तथा कार्यक्रम : तनहुँमा ट्रमा अस्पतालदेखि सुरुङमार्गसम्म
गण्डकीको नीति तथा कार्यक्रम : तनहुँमा ट्रमा अस्पतालदेखि सुरुङमार्गसम्म
गण्डकी प्रदेशका ११ हजारभन्दा बढी किसानलाई ५ करोड ५८ लाख दूध अनुदान, प्रतिलिटर ५ रुपैयाँ प्रोत्साहन
गण्डकी प्रदेशका ११ हजारभन्दा बढी किसानलाई ५ करोड ५८ लाख दूध अनुदान, प्रतिलिटर ५ रुपैयाँ प्रोत्साहन
बूढी गाई गिद्दलाई जिम्मा
बूढी गाई गिद्दलाई जिम्मा
विद्युतीय गाडीमा बढ्दो आकर्षण, आयोनीक–५ सोल्ड आउट
विद्युतीय गाडीमा बढ्दो आकर्षण, आयोनीक–५ सोल्ड आउट

तपाईंले छुटाउनुभयो कि?