बारी जोत्दै गरेकी मंगलीको करेन्ट लागेर ज्यान गयो

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन २६, २०७४
|
|
३३ पटक हेरिएको
Shares
बारी जोत्दै गरेकी मंगलीको करेन्ट लागेर ज्यान गयो

सारांश

  • करेन्ट लागेर सल्यानमा एक जनाको घटना स्थलमा नै ज्यान गएको छ ।
  • जिल्लाको शारदा ‘ज्ञान बहादुर वली गोरु लिएर वर्षेबाली रोपेको बाँझो बारी जोत्न बिहान बारीमा जानु भएको रहेछ, बारीको बिचमा बिजुलीको फलामको पोल गाडिएको रहिछ, बारी अलि ओसिलो रहिछ, जोत्दै जाँदा उहाँलाई करेन्टको झट्का लागेर बारीको डिलमा फालेछ’ प्रहरीले भने ।
  • श्रीमानलाई करेन्टको झट्का लागेको देखेर श्रीमानलाई के भयो भनेर श्रीमान कहाँ जान लागे कि उनकी श्रीमती मंगलीलाई करेन्ट लागेर बारीमा नै टाँसिएर मृत्यु भयो ।

करेन्ट लागेर सल्यानमा एक जनाको घटना स्थलमा नै ज्यान गएको छ । जिल्लाको शारदा

‘ज्ञान बहादुर वली गोरु लिएर वर्षेबाली रोपेको बाँझो बारी जोत्न बिहान बारीमा जानु भएको रहेछ, बारीको बिचमा बिजुलीको फलामको पोल गाडिएको रहिछ, बारी अलि ओसिलो रहिछ, जोत्दै जाँदा उहाँलाई करेन्टको झट्का लागेर बारीको डिलमा फालेछ’ प्रहरीले भने ।

श्रीमानलाई करेन्टको झट्का लागेको देखेर श्रीमानलाई के भयो भनेर श्रीमान कहाँ जान लागे कि उनकी श्रीमती मंगलीलाई करेन्ट लागेर बारीमा नै टाँसिएर मृत्यु भयो । बिजुलीको फलामको पोलमा राखिएको डि आइरन इन्सुलेटरबाट तार चँुडिएर पोलमा जोडिएको त्यो जमिन चिसो भएपछि पोलबाट करेन्ट बगेर जमिनमा छोएका कारण करेन्ट लागेको प्रहरी स्रोतको अनुमान छ ।

नगरपालिका वडा नम्बर ६ खातीगाँउमा बिहीबार बिहान बाँझो बारी जोत्दै गर्दा करेन्ट लागेर ५० वर्षीय मंगली कुमारी वलीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । करेन्ट लागेर उनका श्रीमान ज्ञान बहादुर वली घाइते भएका छन् । यस्तै जोत्दै गरेको एउटा गोरु समेत मरेको प्रहरीले जनाएको छ ।

मृतकका श्रीमानले चप्पल लगाएका कारण बाँच्न सफल भएको तर श्रीमती खाली खुट्टामा नै भएकाले करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते ज्ञानको बहादुरको अहिले जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ